प्रेरक र प्रतिभावान् सिलसिला

सम्पादक
मंसिर २०, २०८१

विश्व प्रसिद्ध प्रसारण संस्था बिबिसीले सन् २०२४ को १०० प्रेरक र प्रभावशाली महिलाहरुको सूचीमा नेपालकी पर्यावरणविद् सिलसिला आचार्य समावेश भएको कुरा सार्वजनिक गरेपछि उनको चर्चा ह्वात्तै बढेको छ । उनी को हुन् ? कहाँकि हुन् ? र, के गर्छिन् भन्ने जिज्ञाशा सबैमा जागेको छ । त्यसो त उनी वातावरण र पर्यावरणको क्षेत्रमा काम गर्दै आएकी पर्यावरणविद् हुन् । वातावरण र पर्यावरणको क्षेत्रमा काम गर्दै उनले आफ्नो क्षेत्र फराकिलो पार्दै लगेकी छिन् । उनले हिमाल सफा गर्ने अभियानमा समेत संलग्न भएर १ सय १९ टन फोहोर संकलन गरी त्यसबाट शृङ्गारका सामान, म्याट र डालो आदि बनाउने कार्यमा लगाएपछि त्यस क्षेत्रमा उनको नाम चर्चा भएको थियो । उनले त्यो फोहोर संकलन गरेको मात्र होइन, त्यो संकलनबाट विभिन्न वस्तु बनाउने काममा आदिवासी, जनजाति एवं विपन्न वर्गहरुलाई लगाएर उनीहरुको आय आम्दानी बढाउने काममा पनि सघाउ पुर्‍याएकी छिन् ।

उनी बागलुङ नगरपालिका शिवधारा चोकमा जन्मिएकी हुन् । उनी म्याग्दीको बेनीमा अवस्थित बेनी आवासीय विद्यालयमा एसएलसी दिएर उच्च अध्ययनका लागि काठमाडौं गएकी थिइन् । काठमाडौंमा पढेर उनले चिकित्साशास्त्रमा स्नातक तह (एमबिबिएस) अध्ययन गर्न पूर्ण छात्रवृत्तिमा नाम निकालेकी थिइन् । तर, उनी चिकित्साशास्त्र अध्ययनतिर लागिनन् । उनको वातावरण विज्ञानतिर रुचि भएको हुँदा नर्वेको बर्गन विश्वविद्यालयमा वातावरण विज्ञानमा स्नातकोत्तरको अध्ययन गरी नेपाल फर्किन् । विदेशमा अध्ययन गर्न जानेहरु अधिकांशले विशेषज्ञता प्राप्त गरेपछि सम्पन्न देशहरुमा नै बस्ने गर्दछन् भने सिलसिलाले नेपालमा नै केही गर्छु भनेर नेपालका आइन् । उनको त्यो काम पनि कतिपयका लागि उदाहरणीय भएको छ । उनी नर्वेमा नै बसेकी भए साउद बिबिसीको त्यो छनोटमा पर्ने थिएन । उनी नेपालमा आउनु र तत्सम्बन्धी क्षेत्रमा काम गर्नु ठूलो अवसर भयो । नेपालमा सम्भावना छन् भने त्यसै भनेका होइन ।

नेपालमा आएर उनले सडकमा फालेका फाहोर संकलन गरेर त्यसलाई प्रशोधन गरिन् र त्यसबाट अन्य कुराहरु बनाइन् । उनले सरकारलाई फोहोर संकलन गरेर डम्पिङ साइटमा लगेर फाल्नुमात्र समाधान होइन भन्दै त्यसभन्दा परेको कुरा सोच्न पनि आग्रह गरेकी छिन् । ‘फोहोरलाई मोहोर’ बनाउने कुरा जुन एउटा उखान जस्तै भएको छ, त्यसलाई उनले व्यवहारमा परिणत गरेर देखाएकी छन् । उनले वातावरण अनुकूल बनाउने, आयआर्जन गर्ने र रोजगारी बढाउने लगायतका उल्लेखनीय काम गरेकी छिन् । उनले कामबाट प्रेरित भएर बिबिसीले आफ्नो प्रेरक र प्रभावशाली महिलाहरुको १०० जनाको सूचीमा उनलाई समावेश गरेको हो । उनको त्यो महत्वपूर्ण कामका लागि हामी धेरै प्रशंसा गर्दछौं ।

Related News

सम्बन्धित समाचार

  • सरकारबाटै संविधानको अवहेलना

    सम्पादक भाद्र २०, २०८१
    देशमा २००७ सालमा ऐतिहासिक आन्दोलन भयो । त्यो आन्दोलनले १०४ वर्षसम्म रहेको एकतन्त्रीय जहानीयाँ राणा शासनको अन्त्य भयो प्रजातन्त्र आयो…
  • गण्डकी सरकारमा एमालेको सहभागिता

    सम्पादक भाद्र १९, २०८१
    लामो समय विवादमा अल्झिएको एमालेले गण्डकी प्रदेश सरकारमा ४ जना मन्त्रीहरु लिएर सहभागिता जनाएको छ । प्रदेशसभा सदस्य पद्मा जिसी…
  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…

hero news full width