नेपालका प्रबुद्ध वर्गले उत्साहपूर्वक नियालिरहको प्राज्ञहरूको पोखरा भेला १० बुँदे प्रज्ञा पोखरा घोषणापत्र २०८० जारी गर्दै सकिएको छ । भेलामा भाषा, साहित्य, ललितकला, नाट्य, संगीत, दर्शन आदि सबै विधाका प्राज्ञहरूको सहभागिता थियो । भेलामा संस्थागतरुपमा हेर्दा नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल नाट्य तथा संगीत प्रज्ञा प्रतिष्ठानका कुलपति, उपकुलपति, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति लगायत धेरै कुलपति, उपकुलपति र प्राज्ञहरूको सहभागिता थियो । १० बुँदे घोषणापत्रमा सरकारले आफूहरूको मर्यादाक्रम बारम्बार घटबढ गराउँदा आफ्नो आत्मसम्मानमा चोट लागेको, हालसम्म पनि संस्कृति र भाषा, साहित्य, ललितकला, संगीत, नाट्य नीति स्पष्ट नभएकाले संस्कृति नीति बनाउनुपर्ने, स्रष्टाहरूको स्वास्थ्योपचारका लागि अक्षयकोषको निर्माण गर्नुपर्ने आदि समावेश छन् ।
देश अहिले भ्रष्टाचारमा डुबेको छ । नेताहरू आफ्नो स्वार्थ र आफ्नो पार्टीको स्वार्थबाहेक अरु हेर्दैनन् । नैतिकता भन्ने कुन चरीको नाम हो भन्ने भएको छ । सत्ता स्वार्थबाहेक अरु नहेर्ने भएकाले देशमा राजनीतिक अस्थिरता छ । यस्तो बेलामा नेताहरूलाई पथप्रदर्शन गर्नु, नैतिकताको शिक्षा सिकाउनु नितान्त आवश्यक छ । त्यो आवश्यकता कसले परिपूर्ति गर्ने भनेर चिन्तन मनन गर्दा त्यसो गर्न चाह्यो भने प्राज्ञहरूले गर्न सक्छन् भन्ने झिनो आशा रहेको देखिन्छ । प्राज्ञहरूप्रति अझ पनि भरोसा राख्नेहरू छन् । त्यसरी हेर्नेहरूले पोखरा भेलालाई उत्साहपूर्वक हेरिरहेका थिए ।
प्राज्ञहरूको महच्वपूर्ण पोखरा भेलाले आदिवासी, जनजाति, अल्पसंख्यक एवं लोपोन्मुख भाषाभाषी र संस्कृतिका सम्बन्धमा पनि केही रचनात्मक प्रस्ताव पास गर्ला भन्नेहरू पनि थिए । केही महिना अघि मात्र प्रकाशित जनगणनामा लोपोन्मुख भाषाभाषीको तथ्यांक उल्लेख गरिदिएको छ । २/४ सय जनाले मात्र बोल्ने भाषामा प्राज्ञहरूको ध्यानाकर्षण हुनुपर्ने हो, त्यो पनि देखिएन । देशमा साहित्यको प्रगति उत्साहजनक छैन । साहित्यकारहरूले सम्बन्धित संघ संस्थाहरूबाट उचित टेवा एवं प्रोत्साहन पाउन पनि सकेका छैनन् । प्राज्ञहरूको पोखरा भेलाले यस्ता विषयहरूमा औपचारिक प्रस्ताव पारित नगरे पनि केही महसुस गरिएको हुनुपर्छ । त्यसरी महसुस गरिएका कुरा अहिले नभए पनि पछि प्रकट हुने र तिनीहरूको सहयोगका लागि र श्रीवृद्धिका लागि केही हुने अपेक्षा गरिन्छ ।
Related News
सम्बन्धित समाचार
श्रीकृष्णको महिमा अपरम्पार
फरक फरक मापदण्ड नबनाऊ
सुनकाण्ड र संसद अवरुद्ध
ओलीको १०२ वर्ष नेतृत्व गर्ने विचार
भानुभक्तको योगदानको चर्चा
hero news full width
मुख्य समाचार
मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
असाेज १०, २०८०तिब्बती शरणार्थीसँग त्रसित चीन
असाेज ९, २०८०तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु
असाेज ९, २०८०पोखरामा खटिए नयाँ नगर प्रहरी
असाेज ८, २०८०वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
असाेज ८, २०८०