१. सरकारले प्रहरी सेवामा ३० वर्ष सेवा अवधि पुगेपछि अनिवार्य अवकाश पाउने जुन व्यवस्था छ, त्यसलाई हटाउन लागेको कुरा बाहिर आएको छ। त्यो सेवा अवधि हटाउन लागेपछि त्यसबाट समाजमा धेरै तर· उत्पन्न भएको छ। सेवा अवधि भनेको महत्वपूर्ण आधारभूत कुरा हो। यसलाई बराबर परिवर्तन गरिराख्नु हुँदैन।
२. त्यसमा पनि यो सरकार एक हिसाबले काम चलाउ सरकार हो। सरकारको बहिर्गमनका लागि दिनगन्ती शुरु भइसकेको छ। राष्ट्रिय सभाको नतिजा निस्केपछि यसको औचित्य समाप्त हुनेछ। चुनावमा बहुमत ल्याएको एमाले र माओवादी केन्द्रको गठबन्धनले सत्ताको लागि खुट्टा उचालेको अवस्था छ।
३. यस्तो बेलामा हामीले प्रत्येक काम गर्दा प्रजातान्त्तिक मूल्य र मान्यतालाई सम्झेर अघि बढ्नु पर्दछ। हामीले नयाँ र राम्रो परम्पराको शुरु गर्ने र स्थापना गर्ने गर्नुपर्दछ ताकि त्यसले भोलिको सरकारलाई पथप्रदर्शन गरोस् र राम्रो काम गर्नका लागि एक नजीर बनोस्।
४. शुरुआती प्रयासलाई राम्रो गर्नेतिर हाम्रो ध्यान गएको देखिएन। राष्ट्रपतिले राष्ट्रिय सभाको गठन गर्ने सम्बन्धी अध्यादेश दुर्इ महिनासम्म रोकिराख्नु, राष्ट्रिय सभामा जनजीवनका महत्वपूर्ण व्यक्तिहरुलाई पठाउने सर्वमान्य मान्यतालाई उपेक्षा गर्नु, सरकारको बहिर्गमनको बेला तथानाम राजनीतिक नियुक्ति गर्नु आदि स्वच्छ प्रजातन्त्रका लागि राम्रो लक्षण होइन।
५. यसैबीच फेरि सरकारले सरकारको संवेदनशील अंग प्रहरी सेवाको सेवा अवधि परिवर्तन गर्न लागेको कुरा बाहिर आएको छ। सेवा अवधि भन्ने ठूलो कुरा हो, आधारभूत कुरा हो। यस्तो कुरालाई जतिखेर पायो, उतिखेर परिवर्तन गर्नु उचित हुँदैन। दुर्इ चारजनाको स्वार्थका लागि विगतमा त्यसो गरिएकाले अहिले पनि त्यस्ताहरुले सरकारलाई त्यसो गर्न प्रोत्साहित गरेको हुन सक्दछ।
६. प्रहरीमा मात्र होइन, निजामती सेवा लगायतमा पनि बराबर सेवा अवधि परिवर्तन गर्ने आवाज निस्किरहन्छ। त्यस्तो आवाजको पछि कसको के स्वार्थ छ, त्यो हेर्र्नुपर्दछ। निहित स्वार्थ राखेर यस्तो परिर्वन गर्दा २/४ जनालाई फाइदा हुन सक्छ भने अरु धेरैलाई नोक्सान हुन सक्छ। सरकारले निष्पक्ष भएर समष्टिगत रुपले हेर्र्नु पर्दछ।
७. त्यसमा पनि यो बहिर्गमनको बेला सरकारले दूरगामी प्रभाव पार्ने महत्वपूर्ण निर्णयहरु नगर्नु राम्रो हुन्छ। प्रहरी सेवा सरकारको महत्वपूर्ण अंग हो। महत्वपूर्ण अंगको सेवा अवधि भनेको महत्वपूर्ण हुन्छ। यस्तो सेवा अवधिलाई सामान्यतया परिवर्तन गरिँदैन। यो कुरा अन्य मुलुकतिर हेर्दा पनि प्रष्टसाथ देखिन्छ। त्यसकारण बाहिर कुरा चलेझैं सरकारले प्रहरी सेवा अवधि परिवर्तन गर्नु कदापि उचित होइन।
Related News
सम्बन्धित समाचार
सरकारबाटै संविधानको अवहेलना
गण्डकी सरकारमा एमालेको सहभागिता
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
hero news full width
मुख्य समाचार
पोखराको पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड हुने
पर्यटकीय याममा पोखराको तयारी
भाद्र २७, २०८१उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
भाद्र २६, २०८१सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित
भाद्र २६, २०८१पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन
भाद्र २६, २०८१पोखरामा हाप्किडो सेमिनार
भाद्र २५, २०८१