प्रयास धेरै प्रतिफल थोरै

सम्पादक
मंसिर २७, २०७५

१. सरकार आफूले निर्धारण गरेको समृद्धि र सुखीको लक्ष्य प्राप्तिका लागि वातावरण अनुकूल छ। सरकार दुर्इ तिहाई बहुमतको छ। दुर्इ तिहाइ बहुमतको सरकार हुनु सरकारलाई काम गर्न सजिलो हुनु हो। सरकारले कुनै पनि ऐन नियम लागु गर्न सक्छ र नयाँ कार्यक्रम ल्याउन सक्छ। त्यसमा संसदमा प्रतिपक्षमा रहेको नेपाली काँग्रेसले खास अवरोध गर्न सक्दैन। अवरोध गर्ने प्रयास पनि गरेको छैन।

२. त्यसैले यो अवधि सरकारको लागि अनुकूलको समय हो। सरकारले पनि यो अनुकूल समयको फाइदा उठाउन अनेक कुरा भन्दै छ। प्रधानमन्त्री के.पी. ओलीले आफ्ना मन्त्री र सचिवहरूलाई बराबर निर्देशन दिने गरेका छन्। उनीले विभागीय मन्त्रीहरूको कामको प्रगति समीक्षा गर्ने पनि बताएका छन्।

३. मन्त्री र सचिवहरूको कामको मूल्यांकन गर्न प्रधानमन्त्री निवास र कार्यालयमा आधुनिकतम प्रविधि जडान गरेर निवास र कार्यालयलाई प्रविधि मैत्री बनाएका छन्। प्रधानमन्त्री ओलीले आफ्नै निवास र कार्यालयमा बसेर पनि सबैको काम हेर्न सक्दछन्। मूल्यांकन गर्न सक्दछन्। त्यो सुविधा प्रधानमन्त्रीलाई प्राप्त छ।

४. फेरि प्रधानमन्त्रीले मन्त्री र सचिवहरूको कामको मूल्यांकन उनीहरूलाई हटाउन सक्ने र पुरस्कृत गर्न सक्ने पनि बताएका छन्। आवधिक मूल्यांकन धेरै पटक भएका छन्। तर प्रधानमन्त्री ओलीले कसैलाई हटाएका छैनन्। यसको मतलब अझसम्म सबै मन्त्री र सचिवहरूले राम्रो काम गरिरहेका छन्।

५. उता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले दशैं तिहार पछि सरकारको कामको “गेयर” चेञ्ज हुने बताएका थिए। उनको गेयर चेञ्जको भाषणले पनि सर्वसाधारण जनता आश्वस्त भएर बसिरहेका छन्। तर सर्वसाधारणले त्यस्तो गेयर चेञ्ज भएको कतै आभास पाएका छैनन्।

६. बरु यसबीच सरकारको काम कुराको धेरै आलोचना भएको छ। कतै प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति असन्तुष्ट भएका देखिएका छन्। बाहिरकाले असन्तुष्ट जनाउनु एउटा कुरा हो। तर सत्तारुढ पार्टीकै नेताहरूले प्रत्यक्ष असन्तुष्ट जनाउनु अर्को कुरा हो। त्यो गम्भीर कुरा हो।

७. बाहिर हल्ला फैलिए अनुसार ओली सरकारको आयु ३० महिनाको हो भने त्यसमध्ये १० महिना बित्न लागेको छ। यो १० महिनामा सरकारी स्तरबाट विकास र निर्माणका अर्थात् समृद्धि र सुखीको लक्ष्य हासिल गर्न प्रयास धेरै भएका सुनिन्छ, तर प्रतिफल ज्यादै थोरै देखिन्छ। दुर्इ तिहाई बहुमतको सरकारको हैसियतमा भन्ने हो भने यो सन्तुष्ट हुने अवस्था होइन। सरकारको काममा के अवरोध छ। त्यो बाहिर त्यत्ति देखिएको छैन तर कामले गति लिन भने सकेको छैन। यो निश्चय छ।

Related News

सम्बन्धित समाचार

  • सरकारबाटै संविधानको अवहेलना

    सम्पादक भाद्र २०, २०८१
    देशमा २००७ सालमा ऐतिहासिक आन्दोलन भयो । त्यो आन्दोलनले १०४ वर्षसम्म रहेको एकतन्त्रीय जहानीयाँ राणा शासनको अन्त्य भयो प्रजातन्त्र आयो…
  • गण्डकी सरकारमा एमालेको सहभागिता

    सम्पादक भाद्र १९, २०८१
    लामो समय विवादमा अल्झिएको एमालेले गण्डकी प्रदेश सरकारमा ४ जना मन्त्रीहरु लिएर सहभागिता जनाएको छ । प्रदेशसभा सदस्य पद्मा जिसी…
  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…

hero news full width