प्रमको युरोप भ्रमण

Avatar सम्पादक
असार २, २०७६

१. प्रधानमन्त्री के.पी. ओली नौ दिनको युरोप यात्रा पूरा गरी आइतबार स्वदेश फकेर्का छन्। उनी आफ्नो यात्राको क्रममा जेनेभा, फ्रान्स र बेलायत पुगेका थिए। उनको नौ दिने भ्रमण अति व्यस्त रहेको बताइएको छ। उनले बेलायतमा छँदा गोर्खा भूतपूर्वहरुको मागको कुरा पनि उठाएका थिए।

२. प्रधानमन्त्रीले जेनेभामा आइएल स्थापना भएको सय वर्ष पुगेको अवसरमा त्यहाँ आयोजित कार्यक्रममा सहभागी भएर सम्बोधन पनि गरेका थिए। त्यस्तै सम्बोधन उनले बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा पनि गरेका थिए। त्यहाँ उनलाई प्रचण्ड सँगको सत्ता आलोपालोको प्रश्न सोध्दा उनले त्यो कुरा पार्टीले निर्धारण गर्ने बताएका थिए।

३. नौ दिनको उनको व्यस्त कार्यक्रमका सम्बन्धमा लेख्दा नौपन्ना भन्दा बढी खर्च हुन सक्छ। एउटा सरकार प्रमुखको भ्रमणलाई कसैले पनि कम आकलन गर्नु हुदैन। तर यस पटकको प्रधानमन्त्री ओलीको भ्रमण जे जति उपलब्धिमूलक हुनुपर्ने हो, त्यो नभएको बताइएको छ।

४. ठूला बडाको भ्रमणको निश्चित उद्देश्य हुन्छ। प्रधानमन्त्रीको यो युरोप भ्रमणको उद्देश्य के के थियो भनेर प्रष्ट रुपमा कतैबाट केही आएको थियो। निश्चय नै फ्रान्स र बेलायतमा हाम्रा सरकार प्रमुखहरुको भ्रमण त्यत्ति हुने गर्दैन र प्रधानमन्त्रीको भ्रमणले ती देशहरु सँगको सम्बन्धको नविकरण गरेको छ, त्यो मान्नु पर्दछ।

५. यो भ्रमणमा हाम्रो कुटनैतिक तैयारी नपुगेको कुरा पनि बाहिर आएको छ। हाम्रो सरकारी प्रमुखको ती देशमा हुने, तर ती देशका राष्ट्रप्रमुखहरु सँग भेटघाट नहुनुलाई राम्रो मान्न सकिन्न। यसले हाम्रो प्रधान मन्त्रीको भ्रमणको आज (महत्व) लाई घटाएको चर्चा कुटनैतिक क्षेत्रले गरेको छ।

६. नेपालले कुटनैतिक क्षेत्रलाई महत्व नदिएको सम्बन्धमा हामीले पनि लेखेका थियौं। परराष्ट्र मन्त्रालयले पनि सायद त्यसैलाई मनन गरेर परराष्ट्र मन्त्रीले राजदूत नियुक्ति गर्दा तत्सम्बन्धी विषयका ज्ञाता, अनुभवी, योग्य व्यक्तिलाई छानेर राजदूत बनाउने नियमावली नै बनाएको थियो। बनाउनु पर्ने बेलामा बनाए, तर कार्यान्वयन गर्ने बेलामा त्यसलाई ख्याल गरिएन। जसको कारण हाम्रो कुटनीतिक व्यवहार धेरै कमजोर रह्यो।

७. फेरि यो कुटनीतिक व्यवहार सामान्यतया देखिदैन। खास काम पर्दा र आपदमा देखिन्छ। दुई देशबिच समस्या पर्दा त्यो समस्यालाई के कसरी समाधान गर्ने र के कस्तो कला कौशल र चातुर्यता प्रदर्शन गरी आफूमाथि पर्ने, त्यो गर्नु पर्दछ। त्यस्तो खुबी जोसँग पायो, त्यो सँगै हुँदैन। यो कुरा सरकारले पनि महशुस गर्नु पर्दछ। कुटनीतिक प्रतिनिधि नियुक्ति गर्नु भनेको खाची ठाउँमा मर्नु मात्र होइन। तर यस्तो चेत कहिले आउला?

तपाइको विचार व्यक्त गर्नुहोस्

प्रमुख समाचार

रानीमहलको जग्गा व्यक्तिका नाममा

थप प्रमुख समाचार