प्रधानमन्त्री पुष्पकमल दाहाल गतिशील नेतामा गनिन्छ । उनी त्यसै चुप लागेर बसिरहन सक्दैनन् । उनी कहिले के भनेर तथा कहिले के गरेर चर्चामा आइरहन्छन् । केही हप्ता पहिले मात्र उनी समाजवादी मोर्चा गठन गरेर चर्चामा आएका थिए । तर यस पटकको चर्चा पहिलेभन्दा फरक छ र आपत्तिजनक पनि छ । उनी काठमाडौंको एक कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह धेरै मिहिनेत गरेको र भारतको राजधानी दिल्लीसम्म धाएको बताएपछि उनको त्यो अभिव्यक्तिलाई आपत्तिजनक मानिएको छ । प्रितम सिंह एक जना यातायात व्यवसायी हुन् । उनले नेपालमा नै पहिलो पटक ट्रक भिœयाएको मानिन्छ । त्यसैले उनलाई ट्रान्सपोर्ट पायोनियर पनि भन्ने गर्दछन् । उनको त्यो योगदानको कदर गरेर किरणदीया सिंधु द्वारा लिखित रोड्स टु द भ्याली: द सिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल भन्ने पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्रीले उक्त आपत्तिजनक अभिव्यक्ति दिएका हुन् ।
नेपालका प्रधानमन्त्री बनाउने नेपालको सांसद् हो । संसदको बहुमत प्राप्त नेता सरकारको प्रधानमन्त्री हुने संसदीय परम्परा छ । तर प्रधानमन्त्री दाहालले प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन पटकपटक दिल्लीसमेत गएको अभिव्यक्ति दिएका छन । उनको त्यो अभिव्यक्तिले राष्ट्रको गरिमा खुम्चिएको छ । साथै त्यो अराजनीतिक छ, यो उनको अभिव्यक्ति फिर्ता गर्नुपर्छ । उनी पहिलोपल्ट पोखरा आउँदा पनि यस्तै अराजनीतिक अभिव्यक्ति दिएका थिए । उनले त्यसबेला आफूले विभिन्न ठाउँमा गएर भारतीय जाासुसलाई भेट्ने गरेको, ६ पटक भेट्दासमेत पत्रकारले थाहा नपाएको तर ७ औं पटकमा थाहा पाएको अभिव्यक्ति दिएका थिए । उनको त्यो अभिव्यक्ति पनि धेरै आलोच्य भएको थियो ।
उनले केही भन्न पनि सक्छन् र केही गर्न पनि सक्छन् । उनको भनाइले अप्ठेरो स्थितिको सिर्र्जना गरेमा उनले गल्ती महसुस पनि गर्दछन् र आत्मालोचना पनि गर्दछन् । उनले गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउने आफ्नो वचन पूरा नगरेकोमा धेरै पटक पश्चाताप गरेका छन् । तर फेरि–फेरि त्यस्तो गल्ती गरेका छन् । उनी केही सँग मिल्न पनि सक्छन् र छुट्टिन पनि सक्छन् । त्यस हिसाबले उनी अस्थिर प्रकृतिका देखिन्छन् । तर आफ्नो स्वार्थपूर्तिका लागि जे गर्नुपर्छ, त्यो गर्दछन् । उनी एमालेको समर्थनबाट प्रधानमन्त्री भए, तर तुरुन्त समीकरण फेरेर कांग्रेससँग मिले । उनको नेतृत्वमा सत्ता गठबन्धन छ । तर त्यही गठबन्धनभित्र पनि उनले समाजवादी मोर्चा गठन गरेका छन् । उनले के गर्दै छन् । कहाँ जाँदै छन्, त्यो कसैले भन्न सक्दैनन् । तर जसरी पनि आफू माथि पर्ने काम भने उनले गरी नै रहन्छन् । प्रस्तुत विषय पनि त्यसैको एक अंश भन्नु अन्यथा हुने छैन ।
Related News
सम्बन्धित समाचार
इन्डोप्यासिफिक नेपाललाई अस्वीकार्य
जनताको आँखामा छारो हाल्ने नेताहरू
तस्करीको सुन जाँचबुझका लागि आयोग गठन
अनियन्त्रित बजार भाउ
धार्मिक सद्भाव कायम गर
hero news full width
मुख्य समाचार
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
मंसिर १२, २०८०सामाजिक सुरक्षा कोष : मालिक मजदुर दुवैको हित
मंसिर १२, २०८०राजतन्त्र कुनै हालतमा फर्किंदैन: देउवा
मंसिर ११, २०८०पोखरामा आइटिएफ जे–३० टेनिस सुरु
मंसिर ११, २०८०