१. प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा सरकार गठन भएको सय दिन पुग्नै लाग्दा प्रधानमन्त्री आफैले आफ्नो सरकारको काम, कुराको मूल्याङ्कन गर्न थालेको समाचारबाहिर आएको छ। उनले “हनिमुन डे” समाप्त हुन लागिसक्यो, तैपनि जनताले महसुस गर्ने गरी काम हुन नसकेको स्वीकार्दै आफ्ना मातहतका सहयोगीसँग आक्रोश पोखेका छन्।
२. प्रधानमन्त्री दाहालको सरकारमा यो दोस्रो कार्यकाल हो। पहिलो कार्यकालदेखि यहाँसम्म आउँदा उनले सैद्धान्तिक र व्यावहारिक धेरै अनुभव हासिल गरिसकेको कुरा उनले पटक-पटक भन्ने गरेका छन्। पहिलो कार्यकालमा सफल हुन नसकेको भए पनि यो दोस्रो कार्यकालमा अवश्य सफल हुने उनले आत्मविश्वास व्यक्त गरेका थिए।
३. प्रधानमन्त्री सफल हुनु देश सफल हुनु हो। देशवासीले उनको सफलताको कामना गरेका छन्। तर प्रधानमन्त्री आफैले जे-जसरी काम गरिरहेका छन्, त्यसले उनको सफलताको बाटो छेकेको छ। उनको काम गर्ने शैलीप्रति उनका सहयोगीहरू आफै असन्तुष्ट छन्। तर उनीहरूले आफ्नो असन्तोष प्रधानमन्त्रीसामु राखेका छैनन्।
४. प्रधानमन्त्रीको काम, कुरामा व्यवस्थापनको अभाव, विकेन्द्रीकरण नभएको र जताततै आफैमात्र देखा पर्ने गरेको लाञ्छना उनकै सहयोगीबाट आउने गरेको छ। उनले मन्त्री र मुख्य सचिवमार्फत् जानुपर्ने कतिपय निर्देशन, सन्देश आदि सोझै सचिव र सहसचिवलाई गर्ने गरेबाट प्रशासनमा कहिँ रिक्तता र कतै तिक्तता देखिने गरिएको छ।
५. त्यसमा पनि उनको अधिकांश ध्यान विदेशी राष्ट्राध्यक्षहरूलाई नेपाल भ्रमण गराउने र आफूबाहिर भ्रमण गर्नेमा केन्द्रित रहेको छ। छिमेकीसँग सम्बन्ध सुधार्न भ्रमणले निश्चय नै भूमिका खेल्दछ, तर त्यो नै सबै होइन। मुख्य कुरा नीति, काम र व्यवहार हो। व्यवहार तदानुसार हुनु पर्दछ।
६. प्रधानमन्त्रीले मधेशको समस्या सुल्झाउन नसकेका कारणले पनि सरकारको काम नदेखिएको हो। सरकार गठनमा मधेशवादी दलहरूले समर्थन जनाए। तर अहिले सय दिन बित्न लाग्दा पनि त्यो काम अघि बढेको छैन। प्रधानमन्त्रीले भारत भ्रमणभन्दा पहिले संविधान संशोधनको प्रस्ताव संसदमा पेश गरिने आश्वासन दिएका थिए। तर अझसम्म प्रस्ताव पेश भएको छैन।
७. प्रधानमन्त्री दाहालले सरकारको काम ठोस रूपमा नदेखिँदा आक्रोश पोख्नु स्वभाविक हो। तर अरुमाथि आक्रोश पोखेरमात्र काम हुँदैन, आफ्नो के-कति कमजोरी रह्यो, त्यो पनि हेर्र्नु पर्दछ। ती कमी, कमजोरी हटाउनु पनि पर्दछ। सुधार्नु पनि पर्दछ र सकारात्मक दृष्टि राख्नु पनि पर्दछ। यी कुरालाई प्रधानमन्त्री दाहालले मनन गरेर गल्ती सच्याए भने आगामी दिनमा देखिने गरी काम हुन सक्छ।
Related News
सम्बन्धित समाचार
सरकारबाटै संविधानको अवहेलना
गण्डकी सरकारमा एमालेको सहभागिता
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
hero news full width
मुख्य समाचार
डिएलए कास्कीमा शर्मा
पोउवा संघमा २२५१ मत खस्यो, मतगणना आइतबारदेखि
भाद्र २९, २०८१पाल्पाली बहुउद्देश्यीय सहकारीको छैटौं साधारणसभा
भाद्र २९, २०८१‘सराङकोट धार्मिक पर्यटकीय गन्तव्य’
भाद्र २९, २०८१पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी
भाद्र २९, २०८१लक्ष्मी विद्या पदक प्रदान
भाद्र २८, २०८१