१. सम्पूर्ण पोखरा र पश्चिमाञ्चलकै गौरवका रुपमा रहेको पोखरा विश्वविद्यालयले बुधबार आफ्नो दशौं दीक्षान्त समारोह सम्पन्न गर्यो। दशौं दीक्षान्त समारोहमा दीक्षित हुने विद्यार्थीको संख्या १,७३७ रहेको विश्वविद्यालयले जनाएको छ। यसअघि त्यस विश्वविद्यालयले आफ्नो विभिन्न संकायअन्तर्गत कूल ८८७९ जनालाई उपाधि प्रदान गरिसकेको छ।
२. श्वैत अन्नपूर्ण हिमालको श्रृंखला र माछापुच्छ्रे हिमालको काखमा अवस्थित पोखरा विश्वविद्यालय २०५४ साल फागुन २७ गते सुरु भएको थियो। विश्वविद्यालय कास्की जिल्लाको लेखनाथ नगरपालिका-१२ स्थित ढु·ेपाटन खुदीमा सञ्चालित छ र यो विश्वविद्यालय ११४ रोपनी क्षेत्रफलमा फैलिएको छ।
३. पोखरा विश्वविद्यालय यस क्षेत्रका स्थानीय मानिसहरुको सक्रियतामा स्थापना भएको हो। जसको नेतृत्व पोखरा उद्योग वाणिज्य संघले गरेको थियो। त्यो संघले १२ वर्षभन्दा बढी समय विश्वविद्यालय स्थापनाका लागि निरन्तर प्रयास गरेको थियो। त्यसैले पोखरा विश्वविद्यालय भन्नासाथ पोखरा उद्योग वाणिज्य संघ सम्झने मानिस यहाँ धेरै छन्।
४. हिजोको सानो विश्वविद्यालय आज ठूलो भएको छ। विश्वविद्यालयले आफ्नो तीन वटा संकायअन्तर्गत आफ्ना शैक्षिक कार्यक्रमहरु सञ्चालन गरेको छ। ती संकायअन्तर्गत आङगिक महाविद्यालयमा स्नातक तहमा ९ वटा, स्नाकोत्तर तहमा ४ वटासहित १३ वटा कार्यक्रमहरु सञ्चालन गरिरहेको छ। त्यसको सम्बन्धन प्राप्त महाविद्यालयहरुमा स्नाकोत्तर तहमा १६ वटा, स्नातक तहमा २७ वटा र पोष्ट ग्रेजुयट डिप्लोमा तहमा १ वटा कार्यक्रम गरी ४४ वटा कार्यक्रम सञ्चालित छन्।
५. विश्वविद्यालयले आगामी कार्यक्रम भनेर मेडिकल कलेज, इञ्जिनियरिङ कलेज, पर्यटन उद्योग सम्बन्धी कलेज तथा खेलकुदसम्बन्धी कलेज स्थापना हिमाली तथा मध्ये पहाडी क्षेत्रमा प्राप्त जडीबुटी सम्बन्धी अनुसन्धान र अध्ययन केन्द्र उच्चशिक्षा विमुख जिल्लाहरुमा आङ्गकि क्याम्पसहरुको विस्तार तथा एमफिल कार्यक्रम विस्तार गर्ने भएको छ।
६. पोखरा विश्वविद्यालयको पठनपाठनस्तरीय मानिन्छ। यसक विद्यार्थीहरु देश विदेशमा पुगेका छन्। स्तरीय पठनपाठनका लागि नियमित कक्षा सञ्चालन हुनुपर्दछ। तर यो विश्वविद्यालयमा पनि केही समय यता बन्द, हड्ताल र तालाबन्दीको रोग पसेको छ। त्यो रोग फैलिन्छ, त्यत्ति पढाइको स्तर खस्कन्छ भन्ने कुरा मनन गरी वातावरण बनाउनुपर्दछ।
७. विश्वविद्यालयको पर्ढाईको स्तर सम्बन्धमा खास भन्नु केही छैन। तर विश्वविद्यालय प्रमाणपत्र दिने थलोमात्र होइन, विश्वविद्यालय अनुसन्धानको केन्द्र बन्नु पर्दछ। जति अनुसन्धान कार्य हुन्छ, उति विश्वविद्यालयको स्तर वृद्धि हुन्छ। स्थानीय साधन श्रोतमा आधारित अध्ययन अनुसन्धान गराउनु अहिलेको आवश्यकता पनि हो। पोखरा विश्वविद्यालयले यो आवश्यकता समेत पूरा गर्ने अपेक्षा गरिएको छ।
Related News
सम्बन्धित समाचार
नयाँ सरकारसामु किसानका पुराना समस्या
लुम्बिनीलाई विवादको स्थल नबनाऊ
नयाँ राष्ट्रपतिको चर्चा
असभामुख घिमिरेका चुनौती
पृथ्वीजयन्तीमा बिदा गरियोस्
hero news full width
मुख्य समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
माघ २२, २०७९प्रदेशका पाँच वर्ष : अपेक्षा धेरै, फिलतो कार्यान्वयन
माघ २२, २०७९२१ नाटक प्रदर्शनसहित सकियो नाटक महोत्सव
माघ २१, २०७९प्रदेश सांसदका चिन्ता: न संघले हेर्छ, न पालिकाले टेर्छ
माघ २१, २०७९मुग्लिन–पोखरा सडकखण्ड निर्माण सुस्त, पर्यटनमा मार
माघ २१, २०७९