पोखरा बहुमुखी क्याम्पस पोखरामा पृथ्वीनारायण क्याम्पसपछिको दोस्रो क्याम्पस हो भने सामुदायिक क्षेत्रमा खोलिएको यो तत्कालीन पश्चिमाञ्चलकै पहिलो क्याम्पस हो । यो क्याम्पस २०४४ सालमा स्थापना गरिएको थियो । यसअघि सामुदायिक एवं निजी क्षेत्रमा कतै क्याम्पस थिएन । तर विडम्बना के भयो भने पछि खुलेका क्याम्पसले आ–आफ्नो भवन बनाउँदै आफ्नो शैक्षिक गतिविधि संचालन गरे भने पोखरा बहुमुखी क्याम्पसले लामो समय अरु स्कुलको भवनमा रहेर कक्षा संचालन गर्नु पर्यो । सुरुमा त्यसले लामो समय राष्ट्रिय माध्यमिक विद्यालयमा बिताउनु पर्यो भने २०४९ सालमा नयाँबजारस्थित महेन्द्र निमाविको भवनमा सरेर आफ्नो शैक्षिक क्रियाकलाप संचालन गर्नु पर्यो । पछि महेन्द्र निमाविले पनि कक्षा १२ सम्म पढाउन थालेपछि केही अप्ठेरो अनुभव भयो र क्याम्पसको आफ्नै भवन हुनुपर्ने महसुस गरियो ।
संचालक समितिको प्रयास र परिश्रमले शान्ति वनवाटिका छेउ वडा ९ को सार्वजनिक ४ रोपनी जमिन क्याम्पस भवन बनाउन पोखरा महानगरपालिकाका तत्कालीन मेयर मानबहादुर जिसीले प्रदान गरे । त्यो जग्गा पाएर उत्साहित संचालक समितिका पदाधिकारी र सदस्यहरु भवन निर्माण गर्नका लागि चन्दा संकलन गर्नेतिर लागे । अपेक्षा गरेअनुसार आर्थिक संकलन पनि भयो । २३ कोठे सुविधासम्पन्न एवं अपांग तथा प्रविधिमैत्री भवन बनाउन सफल पनि भयो । सो भवन निर्माणका लागि त्रिभुवन विश्वविद्यालयबाट ५० लाख, आन्तरिक स्रोतबाट ५० लाख, एनएमबि बैंकबाट ३५ लाख एवं संचालक समिति अध्यक्ष नरेन्द्र लालचनबाट ५० लाखका साथै व्यवसायी, शिक्षप्रेमी, समाजसेवी, बुद्धिजीवीहरुबाट उदारतापूर्वक सहयोग हुन गयो ।
बुधबार क्याम्पसको ३६ औं स्थापना दिवस क्याम्पस परिवारले आफ्नै भवनमा मनाएको छ । यो स्थापना दिवस क्याम्पसका लागि विशेष भएको छ । क्याम्पसले सप्ताहव्यापी कार्यक्रम राखी मनाएको थियो । नयाँ भवनमा सर्नुअघि पञ्चेबाजा बजाएर शिक्षक विद्यार्थीहरुले बजार परिक्रमा गरेका थिए । शिक्षक विद्यार्थी लगायत क्याम्पस परिवार आफ्नै भवनमा सर्न पाएकोमा हर्षले विभोर थिए । संचालक समितिले नयाँ भवनबाट थप कार्यक्रम अघि बढाउने सोचिरहेको जनाएको छ । यो क्याम्पसको केही आफ्नै विशेषता छ । यसले सर्वसुलभ शुल्कमा गुणस्तरीय शिक्षा भन्ने नाराका साथ अघि बढिरहेको छ । यसको स्थापनामा तत्कालीन अञ्चलाधीश नरेन्द्रकुमार चौधरी, तत्कालीन पोखरा नगर पञ्चायत, पोखरा उद्योग वाण्ज्यि संघ लगायतका शिक्षाप्रेमीले महत्वपूर्ण भूमिका खेलेको प्रशंसनीय छ । अहिले क्याम्पसमा बिए र बिबिएस २ संकायमा ४ सय जना विद्यार्थी अध्ययन गरिरहेका छन् भने २९ जना प्राध्यापक र ९ जना कर्मचारी भएको जनाइएको छ । हामी क्याम्पसको उत्तरोत्तर उन्नति र प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
Related News
सम्बन्धित समाचार
नयाँ सरकारसामु किसानका पुराना समस्या
लुम्बिनीलाई विवादको स्थल नबनाऊ
नयाँ राष्ट्रपतिको चर्चा
असभामुख घिमिरेका चुनौती
पृथ्वीजयन्तीमा बिदा गरियोस्
hero news full width
मुख्य समाचार
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
माघ २२, २०७९समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
माघ २२, २०७९राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
माघ २२, २०७९