१. तराई क्षेत्रमा डेंगुको संक्रमण फैलाउने लामखुट्टे पहाडतिर पनि देखिनथालेको छ। केही वर्ष पहिले धरानलागयत तराइसँग जोडिएको वस्तीमा डेंगुका विरामी देखिएको थियो भने अहिले पोखरामा पनि यसको संक्रमण फैलिएको छ। पोखराका अस्पतालहरुमा २७ जना डेंगुका विरामीहरुले औषधि गराइरहेको समाचार संप्रेषण भएपछि पोखरेलीहरुमा खैलाबैला मच्चिएको छ।
२. चिकित्सकहरुले यो रोगको खास औषधि नभएको बताउँछन्। यसको विशेष औषधि एवं खोप आदि विकास नभएकोले डेंगु रोग फैलाउने लामखुट्टेको टोकाइबाट बँच्नु पर्नेमा जोड दिने गरेका छन्। साथै डेंगु फैलाउने लामखुट्टेले टायर, जमेको पानी आदिमा फूल पार्नै भएकोले त्यस्तो ठाउँलाई सफा गर्नु पर्दछ।
३. यो रोग अधिकांशतः पोखरा महानगरपालिकाका वडा नं. ८ र ९ मा फैलिएको छ। स्मरण रहोस् ८ र ९ वडामा धेरै गाडीहरुका वर्कशपहरु छन्। वर्कशप भएको ठाउँमा फोहर हुन्छ। टायरहरु हुने नै भए। यी सवै कारणले डेंगु रोग फैलाउने लामखुट्टेहरु त्यस्तै ठाउँमा जन्मन्छन् हुर्कन्छन्। नितीहरुले नजिकका मानिसहरुलाई टोक्नु सामान्य कुरा हो।
४. टायर र अन्य भाँडा कुडामा पानी जमेर रहेको ठाउँमा यसको विकास हुन्छ भनिए पनि वर्कशपहरुमा त्यस्ता टायरहरु प्रशस्त देखिन्छन्। केही संस्थाले जनचेतना जगाउने काम गरिरहेको समाचारमा आएको छ। तर त्यो चेतना वर्कशप सञ्चालकहरु समक्ष पुगेको छैन। त्यसैले तिनीहरुले आप्mनो वर्कशप आदि सफा सुग्घर भएका छैनन्।
५. फेरि यो डेंगु रोग शरीरिक रुपमा कमजोर अवस्थाका वृद्धवृद्धा, बालबालिका, दीर्घ रोगीलगायतलाई त्यो लामखुट्टेले टोकेमा संक्रमण बढी हुने गर्दछ। विशेषज्ञहरुले त्यस किसिमका लामखुट्टेले दिउँसोको समय टोक्ने पनि जनाएका छन्। उनीहरुले दिउँसो शरीर पूरै ढाक्ने लुगा लगाएर बस्नु पर्नै पनि बताउने गरेका छन्।
६. चिकित्सकका अनुसार डेंगु लागे पछि उच्च ज्वरो आउने, जीउ दुःख्ने, वाकवाकी लाग्ने, जोर्नी र हाड दुःखने गर्दछ। त्यस्तै आँखको गेडी वरिपरि दुःखने, खान मन नलाग्ने, नाक, गिँजाबाट रगत बग्ने संभावना पनि हुन्छ।
७. त्यस्तो कुनै लक्षण देखिएमा तुरुन्त अस्पताल पुर्याउनु पर्दछ। पोखरामा धेरै ठाउँहरुबाट मानिसहरु आवत–जावत बढी हुने भएकाले यो ठाउँ डेंगुको लागि जोखिमपूर्ण मानिन्छ। गाडीका वर्कशप, ग्यारेज आदिसँग सम्बन्धितहरुले समय मै सचेतना अपनाउनु र छरछिमेकमा यो सन्देश पुर्याउनु आवश्यक छ। जति प्रचार–प्रसार हुनुपर्नै हो त्यो भएको छैन।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
स्वदेश फर्किए कतारी अमिर
कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
वैशाख ११, २०८१