१. कलाकार मिलन शेरचनको ‘सुन्दर पोखराका कर्मठ नारीहरू’ शीर्षकको एकल फोटो प्रदर्शनी पोखराको महेन्द्रपुलस्थित पिएसएम आर्ट ग्यालरीमा सुरु भएको छ। सिर्जनशील कलाकार समूह पोखराद्वारा आयोजित त्यस प्रदर्शनी पाँच दिनसम्म चल्ने आयोजकहरुले बताएका छन्।
२. कलाकार मिलन शेरचन सुकेको झारपातबाट क्यानभासमा आकृति सिर्जना गरी बनाइने जापानी कला ‘हानानो ओसिवाना’ का सिद्धहस्त कलाकार हुन्। उनलाई हानानो ओसिवाना कला नेपाल भित्र्याउने पहिलो कलाकार पनि मानिन्छ। त्यस कलामा उनले ललितकला संस्थानबाट विद्धत वृत्ति पनि प्राप्त गरेकी थिइन्।
३. अहिले उनी एकल फोटो प्रदर्शनी गर्न पनि अघि सरेकी छिन्। फोटो प्रदर्शनीको रुपमा यो उनको पहिलो प्रयास हो। प्रदर्शनीमा पोखरालाई जन्मथलो एवं कर्म थलो बनाएर कार्यरत एक सय ६५ जना महिलाहरुका फोटाहरु राखिएका छन्। १०३ औं अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा यो प्रदर्शनी गरिएको हुँदा यसको आफ्नै महत्त्व छ।
४. कलाकार शेरचनले विभिन्न वर्ग र क्षेत्रका कर्मठ महिलाहरुको कार्य क्षेत्रमा पुगेर जे जति सुन्दर पोखराका कर्मठ नारीहरु तयार गरेकी छन्, उनको त्यो प्रयासलाई मान्नुपर्दछ। उनले विभिन्न पेशामा लागेका महिलाहरुको फोटोहरु र उनीहरुको नाम र पेशा समेत उल्लेख गरेकी छन्।
५. उनको यो पहिलो प्रयास भएकाले त्यस सम्बन्धमा अरु धेरै भन्नु आवश्यक छैन तैपनि पोखरामा अन्य धेरै क्षेत्रमा वर्षौदेखि सक्रिय भएका महिलाहरु छन्। महत्त्वपूर्ण काम गरेका सम्मान पाएका र प्रतिष्ठित महिलाहरु पनि छन्। उनीहरुका फोटाहरु पनि यस प्रदर्शनीमा राखिएको भए प्रदर्शनीको महत्त्व अरु बढ्ने अनुमान गर्न सकिन्छ।
६. पोखरामा महिलाहरुको संस्था धेरै छन्। महिलाहरुले आफ्नो क्षेत्रमा उल्लेखनीय काम पनि गरेका छन्। सामाजिक, राजनैतिक, शैक्षिक, सांस्कृतिक, धार्मिक क्षेत्रमा लागेकाहरु पनि छन्। पुरुषहरु भएको संस्थाको नेतृत्व गरेका महिलाहरु पनि छन्। तर उनीहरुको फोटो यस प्रदर्शनीमा समेटिएन भन्ने गुनासो छ।
७. त्यो जे भए पनि यो प्रदर्शनीले कहाँ कुन क्षेत्रमा महिलाहरु सक्रिय छन्, त्यो देखाएको छ। अध्ययन गर्नेलाई यसले एक खुराक प्रदान गर्न सक्दछ। त्यो दृष्टिले कलाकार मिलन शेरचनको प्रयासलाई मान्नु पर्दछ। फोटो प्रदर्शनी सबैले एक पटक हेर्र्नुपर्दछ। प्रदर्शनी अवलोकन योग्य रहेको छ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१