पृथ्वीनारायण शाहले त्यसबेला बाइसे र चौबिसे लगायतका स–साना राज्यमा छरिएर रहेका राज्यहरुलाई एकीकृत गरेर नेपाल राष्ट्र बनाएका हुन् । उनले त्यसरी नेपाल राष्ट्र बनाएकाले आज हामीले आफूलाई नेपाली भनेर गर्व गर्न पाएका छौं । यो उनको महान देन हो । त्यही देन सम्झेर नेपालीहरुले पृथ्वीजयन्ती मनाउँदै आएका थिए । तर पछि राजतन्त्र विरोधमा आन्दोलन भएपछि आन्दोलनकारीहरुले विभिन्न स्थानमा रहेका राजाहरुको सालिक तोडफोड गरे । राजतन्त्रको विरोधमा विषवमन गरे । र, लामो समयदेखि मनाउँदै आएको र एउटा परम्पराजस्तै भएको पृथ्वीजयन्ती मनाउन छाडे । त्यसदिन सार्वजनिक बिदा दिंदै आएको बिदा पनि कटौती गरे । सरकारले पृथ्वीजयन्ती मनाउन छाडे पनि जनस्तरबाट त्यो दिवस मनाउने काम जारी नै रहेको छ । अहिले कतिपय नगरपालिका र गाउँपालिकाले पनि आ–आफ्नो स्थानमा बिदा घोषणा गरेर पृथ्वीजयन्ती मनाउन थालेका छन् । त्यो दिवसमा संघीय सरकारले बिदाको घोषणा गरोस् भनी सरकारलाई दबाब दिने गरेका छन् ।
कुनै बेला राजालाई सामन्ती प्रथाका प्रतीकरुपमा व्याख्या गर्ने कम्युनिष्टहरुको एउटा स्कुलिङ नै तयार भएको थियो । त्यो स्कुलिङबाट प्रशिक्षित एवं दीक्षितहरुले राजा भन्नासाथ नाक खुम्च्याउथे र राजतन्त्रको अन्त गर्नु पर्दछ भन्थे । तर राजा र राजाका भाइदाइले त्यो कुरालाई महत्व दिएनन् । तिनीहरुले कम्युनिष्टलाई प्रयोग गरेर तिनीहरुबाट काम लिन खोजे । कम्युनिष्टहरु पनि थरिथरिका भए । माओवादीको जनयुद्ध पश्चात् यस्तो स्थिति उत्पन्न भयो कि जसले राजतन्त्रको नै अन्त गर्यो, त्यसैबेला राजाहरुको सालिक तोडफोड गरिए र पृथ्वीजयन्ती मनाउने काम पूर्णविराम लाग्यो । तर अहिले स्थितिले क्रमशः कोल्टे फेर्दैछ । पृथ्वीजयन्ती मनाउनेहरुको संख्या बढ्दै गएको छ र पृथ्वीजयन्ती मनाउन सार्वजनिक बिदा दिनु पर्दछ भन्नेहरुको संख्या पनि बढ्दै गएको छ । जसले गर्दा सरकारमाथि ठूलो दबाब बढ्दैछ ।
पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेका हुन् भन्नेमा अब विवाद गरिरहनु आवश्यक छैन । आफूलाई परिवर्तनका संवाहक हौं भन्नेहरुले यो कुरा छिटो बुझ्नु पर्दछ । दौरासुरुवाल र भादगाउँले टोपीलाई नेपालको राष्ट्रिय पोशाक भनेर ठम्याउन र त्यो पहिरन लगाउन जे–जति समय खर्चियो, त्यो बेकार भयो । त्यसले केही समय अन्यौलमात्र गर्यो । देश बनाउन अग्रसर हुनेहरुले यस्तो वास्तविकतामा शाश्वत सत्य बुझ्न समय खर्चनु हुँदैन । केही पूर्वाग्रहलाई परित्याग गर्न पनि सक्नु पर्दछ । पृथ्वीनारायण शाहको महानवाणीहरु आज पनि उत्तिकै सान्दर्भिक छन् । अहिले झन् छिमेकी एवं विदेशीहरुबाट तानातानमा परेको बेला पृथ्वीनारायण शाहका दिव्य उपदेश सबैले चिन्तन–मनन गर्नुपर्दछ । चिन्तन–मनन त्यो बेला सम्भव हुन्छ, जब हामीले राज्यस्तरबाटै पृथ्वीजयन्ती मनाउँछौं र पृथ्वीजयन्ती मनाउन बिदा दिन्छौं । त्यो दिनको महत्वलाई राज्यस्तरबाटै व्याख्या गरेर बिदाको घोषणा गर्नु पर्दछ । त्यो घोषणा अहिले यसै पटक हुनु पर्दछ भन्नेमा हामी जोड दिन्छौं ।
Related News
सम्बन्धित समाचार
असभामुख घिमिरेका चुनौती
उद्योगी व्यवसायीको आन्दोलन स्थगित
उपप्रधान तथा गृहमन्त्री रविलाई अवसर र चुनौती
नव गठित सरकारलाई सफलताको कामना
दलितको चित्त दुखाइ
hero news full width
मुख्य समाचार
पोखरामा आगलागीबाट जलेकी महिलाको मृत्यु
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
माघ १६, २०७९उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
माघ १६, २०७९आज सहिद दिवस
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९