वैदेशिक रोजगारका लागि विदेशमा जाने युवालाई के–कसरी रोक्ने र त्यहाँ केही कमाएका, केही सिकेका, नयाँ प्रविधि केही जानेकालाई के–कसरी पुनस्र्थापित गर्ने भनेर अनेक चिन्तनमनन भइरहेको बेला सरकारले एउटा नयाँ कार्यक्रम ल्याएको छ । यो कार्यक्रम विदेशबाट फर्केकाहरुलाई देशमा स्थापित गर्नेसँग सम्बन्धित छ । कार्यक्रम सानो छ तर यसलाई विस्तृत पार्दै लैजाने सके यसले राम्रो परिणाम दिने अपेक्षा गरिएको छ । सरकारले त्यसलाई पुन: एकीकरण कार्यक्रम भनेको छ । त्यो कार्यक्रममा संलग्न भएकालाई सरकारले ४३ हजार रुपैयाँ बराबरको सहयोग पाउँछन् । त्यो रकम तालिमका लागि प्रतिव्यक्ति ८ हजार व्यवसाय सञ्चालनका लागि प्रदान गर्ने प्रावधान छ । त्यसको अतिरिक्त कार्यक्रम सञ्चालन गएको स्थानीय तहको २० प्रतिशत लगानी गर्नु पर्ने व्यवस्था छ ।
सरकारले पहिलो पटक २०७९ असार २२ गते मन्त्रिपरिषदको बैठकले यसको निर्देशिका जारी गरेको थियो । त्यस्तै निर्देशिका आधारमा २०८० वैशाखदेखि ८१ स्थानीय तहमा लागु गरेको छ । सरकारले यो कार्यक्रम अपनाउने स्थानीय तहहरुलाई परिपत्र परिएको भए तापनि केही पालिकामात्र त्यसको लागि तयार भएका छन् । सरकारी सूत्रले जानकारी दिएअनुसार धरान उपमहानगरपालिकाले ४०, फिदिम नगरपालिकाले ६०, इलामले ४०, षडानन्दले ४० जना वैदेशिक रोजगारबाट फर्किएकामा यो कार्यक्रम सुरु गरेको छ । यो कार्यक्रम अब ८१ स्थानीय तहबाट ३ हजार २ सय ६० जना तालिममा सहभागी भएको पनि दाबी गरिएको छ । यो कार्यक्रमलाई कतिपयले सानो कार्यक्रम भनेर उपेक्षा गर्न सक्छन् । तर निरन्तर चल्दै गएमा यो प्रभावकारी कार्यक्रम हुन सक्छ ।
विदेशबाट फर्केकाहरु अधिकांश केही न केही अनुभव हासिल गरेका हुन्छन् । जाँगरिला हुन्छन् । समयको ख्याल गर्छन् । र, अनुशासित पनि हुन्छन् । तिनीहरु त्यसै समय खेर फाल्न चाहदैनन् । केही न केही गर्न चाहन्छन् । तर देशमा अनुकूल वातावरण नभएकोले उनीहरु विदेश गएका हुन् । यहाँ देशमा किंचितमात्र वातावरण अनुकूल भएमा तिनीहरु नेपालमा नै केही गर्न चाहन्छन् र विदेशमा सिकेको सीप, ज्ञान र अनुभव समाजलाई पनि देखाउन चाहन्छन् । केहीले देखाएका पनि छन् र सफल पनि भएका छन् । सरकारको यो कार्यक्रमले तिनीहरुमध्ये अधिकांशलाई प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ । यो कार्यक्रम निरन्तर चलेमा ४/५ वर्षमा यसले राम्रो प्ररिणाम देखाउने छ ।
Related News
सम्बन्धित समाचार
इन्डोप्यासिफिक नेपाललाई अस्वीकार्य
जनताको आँखामा छारो हाल्ने नेताहरू
तस्करीको सुन जाँचबुझका लागि आयोग गठन
अनियन्त्रित बजार भाउ
धार्मिक सद्भाव कायम गर
hero news full width
मुख्य समाचार
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
मंसिर १२, २०८०सामाजिक सुरक्षा कोष : मालिक मजदुर दुवैको हित
मंसिर १२, २०८०राजतन्त्र कुनै हालतमा फर्किंदैन: देउवा
मंसिर ११, २०८०पोखरामा आइटिएफ जे–३० टेनिस सुरु
मंसिर ११, २०८०