स्थानीय तहअन्तर्गतको न्यायिक समितिको पहिलो सम्मेलन १४ बुँदे घोषणापत्र जारी गर्दै पोखरामा चैत १४ गते सम्पन्न भएको छ । नेपालमा नै पहिलो पटक आयोजना गरिएको न्यायिक सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् । उद्घाटन भाषणमा राष्ट्रपति भण्डारीले जनताको घर दैलोमा पुगेर न्याय दिनु लोकतान्त्रिक शासन प्रणालीको सुन्दर पक्ष भएको विचार व्यक्त गरिन् । सम्मेलनमा देश भएका ३ सय ५५ जना न्यायिक समितिको संयोजक र पदाधिकारीहरु सहभागी थिए । सम्मेलनमा पोखरा महानगरपालिकाको न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङले न्यायिक समितिको अवसर, चुनौती र सफलताबारे कार्यपत्र प्रस्तुत गरेकी थिइन् । सम्मेलनले मञ्जुदेवी गुरुङको संयोजकत्वमा ११ सदस्यीय न्यायिक समितिको राष्ट्रिय महासंघसमेत गठन गरेको छ ।
नेपालको संविधानको धारा २१७ ले स्थानीय तहमा न्यायिक समितिको व्यवस्था गरेको छ । आफ्नो अधिकार क्षेत्रभित्रका विवाद निरुपण गर्न उप–प्रमुखको संयोजकत्वमा ३ सदस्यीय न्यायिक समिति रहने व्यवस्था गरेको छ । विवादहरुको न्याय निरुपण घर दैलोमा नै गर्ने उद्देश्यले जुन व्यवस्था गरिएको छ, त्यसलाई अन्यथा भन्न हुँदैन । तर जनप्रतिनिधि अधिकांशले न्याय निरुपणका लागि आवश्यक पर्ने ऐन, कानुन र विधि विधानहरुको जानकारी लिएका हुँदैनन् । ऐन कानुनको ज्ञान नभएकाबाट न्याय निसाफ गर्न लगाउनु के–कति उचित, न्यायसंगत र व्यावहारिक होला त्यो सोचनीय कुरा छ । त्यस्तो कमी कमजोरीको अनुभव र अनुभूति स्वयं न्यायिक समितिका पदाधिकारीहरुले पनि गरेका छन् । त्यसैले घोषणापत्रमा न्यायिक समितिको काम कारबाही प्रभावकारी बनाउन कानुनका केही बुँदाहरु संशोधनका लागि माग गरिएको छ । साथै सम्मेलनले न्यायिक समितिको सहयोगका लागि कानुन अधिकृत वा सो सरहको स्थायी दरबन्दी एवं पदपूर्तिको व्यवस्थाका लागि सरकारसँग माग गरेको छ ।
विवादको न्याय निरुपण गर्नका लागि एउटा अनुकूल वातावरण भएको इजलासको आवश्यकता हुन्छ । तर कतिपय ठाउँमा नाम मात्रको इजलास छ । इजलासको व्यवस्था र सुधार हुनु धेरै आवश्यक छ । त्यसको अतिरिक्त, न्यायिक समितिका संयोजकहरु अधिकांशले राजनीतिक पृष्ठभूमिबाट निर्वाचित भएर आउने भएकाले उनीहरुको राजनीतिक पूर्वाग्रह हुन्छ । तर इजलासमा बस्दा त्यो पूर्वाग्रह देखिनु हुँदैन । त्यसको लागि उनीहरुलाई पर्याप्त प्रशिक्षण र सम्बन्धित ऐन कानुनको जानकारी दिनु आवश्यक हुन्छ । सम्मेलनले त्यो कुराको महसुस गरेको छ । त्यसैले त्यसले १४ बुँदे घोषणापत्र जारी गरेको हो । यो विषय न्याय निरुपणको विषय भएकोले यसलाई ढिलाइ गर्न हुँदैन । पोखरामा भएको यो महत्वपूर्ण र ऐतिहासिक सम्मेलन हो । यस्तो सम्मेलन आदि गर्दा विपक्षीलाई पनि जानकारी दिने र विपक्षीको पनि साथ र सहयोग लिन अभ्यास गर्नुपर्छ । यसमा त्यसो नगरिएकोले विपक्षी कांग्रेसका जनप्रतिनिधिहरुले सम्मेलन बहिष्कार गरेको सुनियो । यो राम्रो होइन । पछि यस्तो नहोस् भन्ने हाम्रो आग्रह छ ।
Related News
सम्बन्धित समाचार
सरकारबाटै संविधानको अवहेलना
गण्डकी सरकारमा एमालेको सहभागिता
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
hero news full width
मुख्य समाचार
पर्यटकीय याममा पोखराको तयारी
उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
भाद्र २६, २०८१सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित
भाद्र २६, २०८१पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन
भाद्र २६, २०८१पोखरामा हाप्किडो सेमिनार
भाद्र २५, २०८१रवि लामिछानेविरुद्ध पोखरामा सहकारीपीडितको नाराबाजी
भाद्र २५, २०८१