नेपाल भ्रमण वर्ष २०२०

सम्पादक
वैशाख ३, २०७६

१. सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० वैशाख १ गतेदेखि शुरु भएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटकीय नगरी पोखरामा आयोजित फेवा महोत्सवको कार्यक्रममा नेपाल भ्रमण वर्षको शुभारम्भ भएको घोषण गरेका थिए। त्यो घोषणका साथ भ्रमण वर्ष के कसरी सफल पार्ने, यतातिर सरकारी र निजी क्षेत्रका सम्बन्धित पक्ष लागिपरेका छन्।

२. समृद्ध नेपाल बनाऊ“ विश्वमा नेपाल चिनाऊ“ भन्ने मूल नारा राखिएको भ्रमण वर्षमा २० लाख पर्यटक भित्रयाउने १० लाखभन्दा बढी रोजगारको अवसर सिर्जना गर्ने र राजस्वमा ७० अर्ब रुपैयाको योगदानलाई दोब्बर बढाउने उद्देश्य राखेको छ। सरकराले यस अघि सन् २०११ र सन् १९९८ लाई पनि नेपाल भ्रमण वर्ष घोषणमा गरी मनाएको थियो।

३. सरकारले भ्रमण वर्ष सफल पार्न काठमाण्डौंका वरिष्ठ व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज बैद्यको संयोजकत्वमा एउटा समिति गठन गरेको छ। त्यो समितिले केही महिनादेखि आप्mनो सक्रियता देखाउँदै आएको छ। विशेषतः पर्यटक व्यवसायीहरु उत्साही भएका देखिएको छ।

४. पर्यटनभ्रमणवर्ष मनाउनु भन्दा केही महिना पहिले पर्यटन मन्त्री रविन्द्र अधिकारीको जहाज दुर्घटनामा निधन भएपछि यसमा केही अन्यौल छाएको थियो। प्रधानमन्त्री के.पी. ओली ले किन हो, अझै पर्यटन मन्त्री नियुक्त नगरी त्यो मन्त्रालय आफैमा राखेका छन्। यसले गर्दा काम कुरा गर्न केही अप्ठ्रो हुने अनुमान गरिएको छ।

५. त्यसो ता २० लाख पर्यटक भित्रयाउने उद्देश्यलाई नै अति महत्वाकांक्षी भन्ने गरिएको छ। योजना र कार्यक्रम तर्जुमा गर्ने बेलामा हामीले सधैँ उद्देश्य के लिनु जगमा उडी छुनु चन्द्र एक भन्ने महाकवि लक्ष्मीप्रसाद देवकोटालाई सम्झने गर्दछौं। तर काम गर्दा हाम्रो गति सुस्त हुन्छ, जसले गर्दा उद्देश्य कहिले प्राप्त गर्न नसक्ने हुन्छौं।

६. नेपाल भ्रमण वर्ष २०११ मा १० लाख पर्यटक भित्रयाउने हाम्रो लक्ष्य २०१८ मा आएर मात्र पूरा भएको थियो। यस वीच कर्णाली भ्रमण वर्ष आन्तरिक भ्रमण वर्ष, लुम्बिनी भ्रमण वर्ष आदि सम्पन्न भएकाछन्। तर कुनै भ्रमण वर्षले पनि निर्धारित लक्ष्य प्राप्त गरेको पाइएको छैन। तैपनि त्यसबारे गम्भीर समीक्षा र मूल्याड्ढन भएको बताइएको छैन। भ्रमण वर्ष मान्नु थियो मानियो भन्ने मात्र भएको छ।

७. विगतमा त्यस्तो भएतापनि अहिले हामी सँग समय छ। सरकारले र संवन्धित पक्षले चाहियो भने धैरै गर्न सक्ने अवस्था छ। प्रधानमन्त्रीले छिटो सक्रिय र सक्षम पर्यटन मन्त्री नियुक्त गरेर यसमा गति थप्न सक्छन्। विदेशका हाम्रा राजदूतावासहरु, एनआर एनका हाम्रा दाजु भाइहरु देखि नेपालका विदेशी मित्रहरुले नेपाल भ्रमण वर्षमा सहयोग गर्न सकछन्। यो कुरा महसुस गरेर हाम्रा नीति निर्माताहरुले उनीहरुलाई सक्रिय पारी सहयोग लिन सक्नु पर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width