१. नेपाली भाषा शिक्षक परिषद् कास्कीले शनिबार पोखरामा नेपाली भाषामा देखिएका समस्यासम्बन्धमा आयोजना गरेको अन्तक्रिर्या विशेष चर्चाको विषय भएको छ। नेपाली भाषामा धेरै वादविवाद देखिएका छन्। विद्वान्हरूमा देखिएको यो वाद र विवादले कुन शुद्ध हो, कुन अशुद्ध भन्नै नसक्ने अवस्था आएको छ। सवसाधारण अन्यौलमा छन्।
२. हाम्रो भाषा यति कमजोर भएको छ कि यो अन्तक्रिर्याको समाचार लेख्दा यो समाचारको भाषा नै अशुद्ध हुन सक्दछ। एक जनाले शुद्ध लेखेर दिएको कुरा अर्काले शुद्ध गर्ने नाममा अशुद्ध गरिएको पनि नदेखिएको होइन। आफ्नो अनुकूलको भाषा प्रयोग गर्नु हाम्रो विशेषता भएको छ। जसले गर्दा भाषामा अराजकता निम्तिने खतरा बढ्दो छ।
३. एकथरि भाषालाई सरल र सजिलो पार्ने भन्दै कतै खुट्टा काट्ने र उच्चारण अनुसारको शब्द तोडमोड गर्दै छन् भने अर्काथरि परम्परावादी भएझैं गरी परिवर्तन भनेको देखी नसहने भएर बसेका छन्। यस्तोमा नेपाल प्रज्ञा प्रतिष्ठानले निर्णायक भूमिका खेल्नुपर्ने हो तर त्यसको सक्रिय र समयानुकूल भूमिका देखिएको छैन।
४. नेपालीमा एकथरि संस्कृत्रि्रेमीहरू छन्, जसले नेपाली भाषामा सकेसम्म धेरै संस्कृत घुसाउने गर्दछन्। अर्काथरी संस्कृत भाषाका विरोधी छन्। यी दुर्इ पक्षको अनावश्यक विवादमा नेपाली भाषा फसेको छ। यो विवादले गर्दा पनि नेपाली भाषाले जे-जति उन्नति गर्नुपर्ने हो, त्यो गर्न सकेको छैन।
५. हामी औपचारिक कुरा गर्दा नेपाली भाषाको महत्वका सम्बन्धमा धेरै शब्द खर्च गर्दछौं। तर व्यवहारमा त्यति महत्व दिने गर्दैनौं। विद्यालयमा नेपाली भाषाको पठनपाठन निम्न स्तरको छ। आवासीय निजी विद्यालयहरूले त नेपाली भाषालाई त्यति महत्व नै दिँदैनन्। यस पटकको एसएलसीमा नेपाली विषयमा ६३ जनाले मात्र ए प्लस ल्याएको समाचारले सम्बन्धित सबैलाई सोच्नुपर्ने बनाएको छ।
६. नेपाली भाषा शिक्षक परिषद् कास्कीद्वारा आयोजित अन्तक्रिर्यामा वक्ताहरूले शिक्षक र सम्पादक मानक भाषाका सम्वाहक भनेर जे-जसरी भनियो, त्यसलाई सकारात्मक किसिमले लिनुपर्दछ। त्यसमा पनि शिक्षकलाई अझ अगुवाका रुपमा लिनु पर्दछ। सबैलाई प्रारम्भिक ज्ञान दिने शिक्षक नै हुन्।
७. भाषाले एउटा राष्ट्रको जीवनमा धेरै महत्वपूर्ण भूमिका खेल्दछ। कतिपय राष्ट्रले आफ्नो भाषा नभएर अर्काको भाषाको माध्यमबाट काम चलाएका छन्। त्यस दृष्टिले हामी धेरै भाग्यमानी छौं। हामीसँग धेरै भाषाभाषी छन्। सबैको संरक्षण गर्नु र जगेर्ना गर्नु हाम्रो कर्तव्य हो। त्यसमा पनि नेपाली भाषा सबैको सर्म्पर्क भाषा र राष्ट्र भाषाका रुपमा स्थापित भएको छ। यसको राम्रो पठनपाठन गरी यसलाई अरु स्तरीय पार्नु आजको आवश्यकता हो।
Related News
सम्बन्धित समाचार
सरकारबाटै संविधानको अवहेलना
गण्डकी सरकारमा एमालेको सहभागिता
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
hero news full width
मुख्य समाचार
सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित
पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन
भाद्र २६, २०८१पोखरामा हाप्किडो सेमिनार
भाद्र २५, २०८१रवि लामिछानेविरुद्ध पोखरामा सहकारीपीडितको नाराबाजी
भाद्र २५, २०८१संरक्षण क्षेत्रमा पालिकाको नजर : एमक्यापमा शुल्क लिने चुमनुब्रीको निर्णय
भाद्र २५, २०८१फेवाताल जलाधारको दिगो व्यवस्थापन कसरी ?
भाद्र २४, २०८१