निर्मला पन्त प्रकरण

सम्पादक
मंसिर १८, २०७५

१. कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार पछि गरिएको हत्याको घटना चार महिना पुरानो भएको छ। तर त्यो घटनाको छानविन के कसरी भएको छ र छानविन कहाँ पुग्यो भन्ने कुरा सरकारले औपचारिक रुपले सार्वजनिक गरेको छैन। सरकार रहस्यमयी ढ·ले मौन बसेको छ।

२. अहिले महिलामाथि हुने हत्याको विरोधमा १६ दिने अभियान सञ्चालन भएको छ। यो अवधिमा निर्मला पन्तको हत्यारा सम्बन्धमा विशेष रुपले खोजविन हुनुपर्दथ्यो, त्यो भएन। यो घटनाले पञ्चायतकालमा पोखरामा भएको नमिता-सुमिता काण्डलाई सम्झाएको छ। अहिले कञ्चनपुरमा जस्तै त्यसबेला पोखरामा पनि वातावरण भयभित थियो।

३. यस्तो घटनामा ठूलाबडाहरु र ठूलावडाका सम्बन्धितहरु संलग्न भएको रहेछन् भने सरकारले त्यो गुत्थी सुल्झाउन सक्दैन। त्यस्तो घटनामा सरकारले देखेर पनि नदेखे जस्तै गरी बस्नुपर्ने अवस्था हुन्छ। कतै निर्मला पन्तको घटनामा पनि यस्तै भएको ता होइन, प्रश्न उठ्ने गरेको छ।

४. निर्मला पन्तको हत्या प्रकरणको महत्वपूर्ण एवम् असाधारण कुरा के हो भने त्यस घटनाको दसी प्रमाण भेट्ने प्रयास गरिएको छ। दसी प्रमाण किन मेटाइयो र कसको आदेशमा मेटाइयो भन्ने महत्वपूर्ण प्रश्न छ। कुनै पनि हत्या बलात्कारको घटनामा त्यस्तो गरिँदैन। गर्न दिइँदैन। तर त्यहाँ त्यसो गर्न दिइएको छ।

५. त्यसो किन गरियो र कसले भनेर गरियो, यो आधारभूत प्रश्न हो। त्यसो गर्नुमा उनको के स्वार्थ छ। त्यसमा खोजविन गरिनु आवश्यक छ। अहिले आएर दसी प्रमाण भेटिएन भन्ने गरिएको छ। त्यसैबेला दसी प्रमाण मेटाएपछि अहिले कसरी ती प्रमाण भेटिन्छ त ? यस्ता कुराबाट स्थानीयहरु स्तब्ध छन्।

६. यो प्रकरणको चार महिनादेखि निरन्तर सडकमा विरोध भइरहेको छ। विरोध पनि कञ्चनपुर र काठमाडौंमा मात्र होइन, देशका अन्य शहर बजारमा पनि बराबर विरोधका स्वर चर्कने गरेको छ। विरोध गर्नेहरुले अब त गृहमन्त्रीको राजीनामा समेत मागेका छन्। त्यो स्वर चर्को हुँदै गएको छ।

७. अहिले आएर यस विषयमा संयुक्त राष्ट्रसंघको महिला हिंसा विरुद्धको समितिले पनि चासो लिएको छ। महिला हिंसा विरुद्ध संयुक्त राष्ट्रसंघीय विशेषदूत डुब्स्का निमोनोभिचले त्यस हत्यामा आफ्नो संस्थाले अनुगमन गर्ने बताएकी छिन्। उनले सरकारी अधिकारीहरुबाट थप जानकारीका लागि अनुरोध गरेकी छिन्। अब यो प्रकरण राष्ट्रसंघमा समेत पुगेको छ। यो पनि ठूलो कुरा हो। यसले के परिणाम देला, त्यसको लागि भने केही समय पर्खनै पर्ने भएको छ।

Related News

सम्बन्धित समाचार

  • सरकारबाटै संविधानको अवहेलना

    सम्पादक भाद्र २०, २०८१
    देशमा २००७ सालमा ऐतिहासिक आन्दोलन भयो । त्यो आन्दोलनले १०४ वर्षसम्म रहेको एकतन्त्रीय जहानीयाँ राणा शासनको अन्त्य भयो प्रजातन्त्र आयो…
  • गण्डकी सरकारमा एमालेको सहभागिता

    सम्पादक भाद्र १९, २०८१
    लामो समय विवादमा अल्झिएको एमालेले गण्डकी प्रदेश सरकारमा ४ जना मन्त्रीहरु लिएर सहभागिता जनाएको छ । प्रदेशसभा सदस्य पद्मा जिसी…
  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…

hero news full width