नवौं राष्ट्रिय खेलकूद गण्डकीमा

सम्पादक
वैशाख १३, २०७६

१. नवौं राष्ट्रिय खेलकूद प्रतियोगिता दुई वर्ष पछि गण्डकी प्रदेशमा आयोजना गर्ने उद्घोषका साथ आठौं राष्ट्रिय खेलकूद बाँके जिल्लामा बुधबार सम्पन्न भएको छ। त्यसको प्रतीकका रुपमा राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार श्रेष्ठले गण्डकी खेलकूद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठलाई खेलकूदको झण्डा हस्तान्तरण गरेका थिए।

२. आठौं राष्ट्रिय खेलकूद केही दिन पहिले शुरु भएको भएता पनि त्यस्को उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले बैशाख ५ गते गरेकी थिइन्। खेलकूदको आयोजना बाँकेका अतिरिक्त अन्य जिल्लाहरुमा पनि गरिएको थियो। आयोजनाको समापन भने उपराष्ट्रपति नन्दबहादुर पुनले गरेका थिए।

३. राष्ट्रिय खेलकूद प्रतियोगितामा २५ खेलका लागि ५ हजार ३ सय ११ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए। उनीहरु मध्ये २ हजार ८ सय २५ पुरुष र २ हजार ३ सय ८६ महिला थिए। खेलाडीहरुले ३ सय ३२ स्वर्ण, ३ सय ३२ रजत तथा ४ सय ८० काँस्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए।

४. प्रतियोगितामा गैरआवासीय नेपाली संघ र (एनआरएन) का टोली सहित सातप्रदेश र ३ विभागीय टोली गरी ११ टोलीको सहभागिता थियो। विभागीय टोलीमा आर्मीको त्रिभुवन क्लव, नेपाल पुलिस क्लव र एपीएफ थिए। प्रतियोगितामा आर्मीले सर्वाधिक स्वर्ण पदक जितेको छ। त्यसले १४० स्वर्ण ४२ रजत र ६७ काँस्य गरी २८९ पदक जितेको छ। पुलिस दोश्रो भएर ६२ स्वर्ण ४९ रजत तथा ४६ का“स्य गरी १५७ पदक जितेको छ।

५. प्रतियोगितामा आर्मीबाट प्रतिस्पर्धा गरेकी गौरिका सिंह चर्चित खेलाडी बनिन्। उनले आफूले सहभागिता जनाएको कुनै पनि खेलमा दोस्रो हुनु परेन। उनले १२ खेलमै स्वर्ण पदक जितिन् भने ६ खेलमा उनले आप्mनै कीर्ति पनि तोडेकी थिइन्। उनी राष्ट्रिय खेलकूदको इतिहासमा एकै प्रतियोगितामा सवैभन्दा धेरै स्वर्ण जित्ने करिस्मा कार्कीकै बराबरीमा पुगेकी छिन्।

६. गण्डकी प्रदेशले पाँचौ स्थानमा चित्त बुझाउँनु परेको छ। प्रदेशले जम्मा १३ स्वर्ण, २१ रजत र ४४ काँस्य गरी ७७ पदक जितेको छ। प्रतियोगितामा प्रदेशका खेलाडीहरुले धेरै प्रयास गर्नु पर्ने देखिएको छ। केही प्रदेशका खेलाडीहरु खाली खुट्टामा नै प्रतिस्पर्धा गर्न खेल मैदानमा उत्रेको पनि देखिन्थ्यो।

७. नवौं राष्ट्रिय खेलकूद गण्डकी प्रदेशमा हुने भएको छ। यो खुशीको कुरा पनि हो। दुई वर्ष भनेको लामो समय पनि हो। चाहेमा धेरै काम गर्न सक्दछ। यो दुई वर्षमा केन्द्र सरकार र प्रदेश सरकारहरुले खेलको लागि भौतिक पूर्वाधार तैयार गर्ने र खेलाडीहरुलाई राम्ररी प्रशिक्षण दिने व्यवस्था मिलाउनु पर्दछ। त्यो काम अहिले नै प्रारम्भ गरिनु पर्दछ।  अहिलेको परिणाममा धेरै सुधार हुनु पर्दछ। अहिले निदाएर बस्ने पछि समय नै पुगेन भनेर भन्नु राम्रो होइन। खेलाडीहरुलाई प्रोत्साहित गर्ने काम पनि अहिलेदेखि गर्नु पर्दछ। हेरौं, सरकरको तत्परता कस्तो हुन्छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width