नयाँ वर्षको शुभकामना

सम्पादक
वैशाख १, २०७६

१. प्रत्येक वैशाख १ गतेले नेपालमा नयाँ वर्ष ल्याउने गर्दछ। आज पनि वैशाख १ गते हो। आजको वैशाख १ गतेले वि.सं. २०७५ साललाई विदाइ गरेको छ भने वि.सं.२०७६ साललाई स्वागत गरेको छ। विदा भएर गएको २०७५ सालले हाम्रो जनजीवनमा र समुच्च देशमा के कति राम्रो/नराम्रो गर्यो त्यसको मूल्यांकन हुन थालेको छ भने मानिसहरुले नयाँ वर्ष २०७६ लाई स्वागत गर्दै त्यसप्रति धेरै आशा अपेक्षा पनि गरेका छन्।

२. नेपालको नयाँ वर्षका साथ आदर्श समाज राष्ट्रिय दैनिकको पनि नयाँ वर्ष सुरु भएको छ। हिजो हामी २३ वर्षका थियौँ भने आज हामी २४ औँ वर्षमा पदार्पण गरेका छौँ। हिजो हाम्रो के कस्तो योगदान रह्यो त्यसबारे हाम्रा पाठकहरुबाट समीक्षा र मूल्यांकन भइरहेको होला भन्ने हामीलाई लागेको छ।

३. हाम्रो प्रकाशन २०५३ सालमा पाक्षिक पत्रिकाबाट सुरु भएको थियो। त्यसको एक वर्ष पछि २०५४मा यसले साप्ताहिकका रुपमा आफूलाई स्थापित गर्यो। त्यस बेला पोखरामा दैनिक पत्रिकाको माग बढ्दै गएको थियो। हाम्रा पाठकहरुको त्यो माग अनुरुप २०५४ सालको माघ महिनामा नै हामीले दैनिकका रुपमा यसको प्रकाशन प्रारम्भ गर्यौँ।

४. यसबीच हामीले धेरै उतार चढाउका दिनहरु भोग्यौँ। अनेक झरी बादलको मौसम पार गर्यौँ। कठिनभन्दा कठिन दिनहरु गुजार्दै हामी यस अवस्थामा आइपुगेका छौँ। हामीलाई सुरुदेखि हाम्रा पाठकहरु, विज्ञापनदाताहरु, लेखकलगायतका सहयोगीहरुबाट जेजस्तो सहयोग प्राप्त भएको छ, त्यसले हामीलाई अघिबढ्न प्रेरित गरेको छ, प्रोत्साहित गरेको छ।

५. हामीले सकेसम्म आवाज विहीनहरुको आवाज बन्ने प्रयास गरेका छौँ। समाजका पिछडिएका, उपेक्षित एवं सीमान्तकृत वर्गका कुरा बाहिर ल्याउँने प्रयास गरेका छौँ। लोकतन्त्र, जनजीविका र मानव अधिकारका सम्बन्धमा हामीले सधैँ प्रतिबद्धता जनाउने गरेका छौँ भने राष्ट्र र राष्ट्रियता सम्बन्धमा कसैसँग सम्झौता नगर्ने प्रण गरेका छौ।

६. हामीले आफ्नो प्रस्तुतिमा सकेसम्म सकारात्मक सोच राख्दै आएका छौँ। पत्रकारिताको धर्म निर्वाह गर्ने प्रयास गरेका छौँ। व्यावसायिकतालाई ख्याल गरेका छौँ। साथै सरकारको ऐन नियमलाई पालन गर्दै आदर्श समाजमा कार्यरत सबै सहयोगीहरुको वृत्ति विकासमा सघाउने प्रयास गरिरहेका छौँ।

७. नयाँ वर्षको उपलक्षमा हामी फेरि एक पटक हाम्रा प्रतिबद्धताहरु व्यक्त गर्न चाहन्छौँ। हामीलाई अत्यन्त माया गरेर, हामीलाई महत्व दिएर, हाम्रो पत्रिकालाई विज्ञापन दिएर सहयोग गर्ने सहयोगी, विज्ञापन दाताहरु, पाठकहरु, लेखहरु लेखेर सहयोग गनुहुने लेखकहरुप्रति हामी हार्दिक शुभकामना व्यक्त गर्दछौँ। साथै आदर्श समाजको लागि दिलो ज्यानले काम गर्ने पत्रकारहरु एवं सबै स्टाफ तथा सहयोगीहरु जस जसले यसलाई निरन्तर अघि बढाउने आफ्नो विवेक बुद्धि लगाएर अथक प्रयास गरिरहनु भएको छ, सबैप्रति हार्दिक आभार व्यक्त गर्दै नयाँ वर्षको शुभकामना प्रदान गर्न चाहन्छौँ। नयाँ वर्ष सबैका लागि सुख, शान्ति र आरोग्यमय रहोस् यही मङ्गलमय कामना गर्दछौ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width