धैर्य र संयमको आवश्यकता

सम्पादक
भाद्र २३, २०७२

१. संविधान निर्माण अन्तिम चरणमा पुगेको छ। एकातिर मानिसहरू अब संविधान जारी हुन्छ भनी विश्वास व्यक्त गर्दैछन् भने अकोर्तिर मधेस तराई लगायतका ठाउँमा बन्द हडतालले हप्तौं पार गरिसकेको छ। त्यहाँको स्थिति हिजोभन्दा आज जटिल बन्दै गएको छ। यही बेला धमिलो पानीमा माछा पार्न पल्केकाहरू आ-आफ्नै किसिमले लागिपरेका छन्।

२. यो अन्तिम बेला सम्झेर हो कि जे गर्नुछ, अहिले गर्ने हो भन्दै अवसरवादीहरू यही बेला आफ्नो भएभरको शक्ति देखाउन थालेका छन्। यो यस्तो बेला छ कि आन्दोलनकारीहरू आत्तिन थालेका छन्। उनीहरू आत्तिएर बाह्य शक्ति पुकार्दैछन् र कोही सीमापारि गएर मन्त्रणा गर्ने र सहयोगको आग्रह गर्ने गरेका छन्।

३. सीमापारका शक्तिहरू पनि सलबलाउन थालेका छन्। कोही हाम्रो सीमा नजिक आएर कुलन थालेका छन् भने कोही नेपालभित्रकै कार्यक्रममा सहभागी भएर आन्दोलनमा साथ र सहयोग रहने आश्वासन दिन थालेका छन्। आन्दोलनकारीहरूलाई उक्साउने काम धेरै क्षेत्रमा भएका छन्।

४. नेपालको आन्दोलन नेपालभित्रकै समस्या हो। यो नेपालको आन्तरिक मामिला हो। आन्तरिक मामिलामा विदेशी सहयोग माग्नु विदेशी हस्तक्षेप निम्त्याउनु हो। हामी सधँै विदेशी हस्तक्षेपबाट प्रभावित भएर रहनुपरेको बेलामा अहिले फेरि त्यही घटना दोहोर्‍याउनु हामीले फेरि धैर्य र संयमता गुमाउनु हो।

५. यो ज्यादै संवेदनशील बेला हो। हाम्रा राजनीतिक नेताहरू सामाजिक क्षेत्रका अभियन्ताहरूदेखि धार्मिक गुरुहरूले राष्ट्रियता र राष्ट्रवादी भावना देखाएर विदेशी चलखेल र विदेशी हस्तक्षेप हुनबाट रोक्न सक्नुपर्दछ। राष्ट्रवादी र राष्ट्रियताको नारा लगाउनेहरूको लागि यो परीक्षाको घडी पनि हो। विदेशी उक्साहटबाट सञ्चालित आन्दोलनलाई राष्ट्रियताको जामा पहिर्‍याउन पाइँदैन।

६. आन्दोलनकारीहरू गर वा मरको स्थितिमा पुग्दैछन्। यो कदापि उचित होइन। यो संविधान जारी भएपछि पनि परिवर्तन हुन सक्दछ। त्यसमा संशोधनका प्रावधान हुन्छन् भन्ने कुरा मनमा लिनुपर्दछ। अहिले सिंगो देशलाई बचाउन संविधान जारी गर्नुपर्दछ र हामीले त्यसको वातावरण बनाउनुपर्दछ।

७. एउटा पक्षको र एउटा समूह विशेषको स्वार्थको लागि देशलाई बन्धक राख्नुहुँदैन। हामीले राष्ट्र र राष्ट्रियताको वृहत्तर हितलाई ध्यान दिनुपर्दछ र यस्तो संवेदनशील बेलामा, राष्ट्रलाई अप्ठ्यारो परेको बेलामा हामीले आन्दोलन गरी अरु अप्ठ्यारोमा पुर्‍याउनुहुँदैन। त्यो बुद्धिमानी होइन। बौद्धिक व्यक्तिहरूले यसमा फेरि एकपटक सोच्नु आवश्यक छ।

Related News

सम्बन्धित समाचार

  • सरकारबाटै संविधानको अवहेलना

    सम्पादक भाद्र २०, २०८१
    देशमा २००७ सालमा ऐतिहासिक आन्दोलन भयो । त्यो आन्दोलनले १०४ वर्षसम्म रहेको एकतन्त्रीय जहानीयाँ राणा शासनको अन्त्य भयो प्रजातन्त्र आयो…
  • गण्डकी सरकारमा एमालेको सहभागिता

    सम्पादक भाद्र १९, २०८१
    लामो समय विवादमा अल्झिएको एमालेले गण्डकी प्रदेश सरकारमा ४ जना मन्त्रीहरु लिएर सहभागिता जनाएको छ । प्रदेशसभा सदस्य पद्मा जिसी…
  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…

hero news full width