देशमा आर्थिक संकट बढ्दो छ । राष्ट्र सेवकहरूले समयमा तलब खान पाएका छैनन् । बजारमा महँगी बढ्दो छ । बैंकको ब्याजदरमा निजी क्षेत्रले चित्त बुझाउन सकिरहेका छैन । लघुवित्त र मिटरब्याजको समस्याले ठूलो हल्ला गरेको छ । नागरिक समाजको नाममा ठाउँ–ठाउँमा सडक आन्दोलन भइरहेका छन् । स्थिति बिग्रँदै गएको छ । तर सुधारका प्रयास हुन सकिरहेका छैनन् । सरकारको मितव्ययिताको नाराले पनि खास प्रभाव पार्न सकेको छैन । त्यस्तैमा सरकारले माओवादीका आयोग्यहरूलाई प्रतिव्यक्ति २ लाख रुपैयाँ बाँड्ने कुरा बाहिर आएपछि असन्तोष चुलिएको छ । सरकारको त्यो निर्णयले हल्लाको क्षेत्रमा आगोमा घ्यू थप्ने काम गरेको छ र त्यसको तीव्र विरोध भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थिति सुधार आएको छ भने तापनि त्यो सुधार कसैले देख्न सकेका छैनन् ।
राजनीतिको अवस्था पनि विस्तारै बिग्रँदै गएको छ । प्रधानमन्त्री दाहालले अझै पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । राजनीतिमा स्थितरता आएको छैन । कहिले के हुन्छ भन्न सकिने स्थिति छैन । सांसद् हुने सबैलाई मन्त्री चाहिने महत्वाकांक्षी रोग लागेको छ । केन्द्रमा मात्र त्यो रोग लागेको होइन, प्रदेशहरूमा पनि त्यसले संक्रमण निम्त्याएको छ । आफू मन्त्री भए सबै उज्यालो देखिने र आफूले रोजेको पद पाएन भने सबै अँध्यारो देख्ने दृष्टिदोष जताततै फैलिएको छ । बहुमतका प्रधानमन्त्री र मुख्य मन्त्रीहरूले पनि राजनीतिक स्थिरता ल्याउन सकेका छैनन् । विश्वासको मत नलिङकन उनीहरूले मन्त्रिपरिषद्लाई पूर्णता दिने आँट गर्दैनन् । हामीले उनीहरूलाई बलिया शक्तिशाली, पावरफुल भन्छौं । तर उनीहरू आफैंले भित्र त्यस्तो शाक्तिको अनुभूति गर्न सकेका छैनन् ।
एकातिरको स्थिति यस्तो छ भने अर्कोतिर धमिलो पानीमा माछा मार्नेहरू फेरि एक पटक सल्बलाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले यही मौका हो भनेर राजालाई जगाउने काम गरिरहेको छ । राजालाई ठाउँ–ठाउँमा अभिनन्दन गरिरहेका छन् । राजा पनि त्यसबाट बढी उत्साही भएका छन् । राजनीतिक दलका नेताहरूले राम्ररी काम गर्न नसकेको र आम सभामा झैझगडा मात्र गरिरहेकाले त्यो स्थिति आएको हो । यो वास्तविकतालाई नेताहरूले छिटो महसुस गर्नुपर्दछ र राम्रो काम गरेर देखाउन सक्नु पर्दछ । प्रधानमन्त्री दाहालले यसपटक आफू काम गर्नकै लागि प्रधानमन्त्री भएको भनेर पटक पटक दोहो¥याउने गरे तापनि उनले उल्लेखनीय कुनै काम देखाउन सकेका छैनन् । जसले गर्दा मानिसहरूमा असन्तोष बढ्दै गएको छ र विरोधको स्वर चर्किंदै गएको छ । देशको स्थिति हिजोभन्दा आज बिग्रँदै गएको छ ।
Related News
सम्बन्धित समाचार
ठगीधन्दा समाप्त पार
संस्कृत उच्च शिक्षाको उन्नयनमा गोष्ठी महत्वपूर्ण
शान्ति, मैत्री, अहिंसाको आलोक फैलिओस्
प्रधानमन्त्रीले निम्त्याएको विवाद
मन्त्रिपरिषद्लाई पूर्णता देऊ
hero news full width
मुख्य समाचार
नार्पाभूमि गाउँपालिकाको बजेट १ जनाको भागमा साढे ३ लाख
एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
जेठ २२, २०८०पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जेठ २२, २०८०