देउवामाथि दबाब

सम्पादक
फागुन २३, २०७५

१. नेपाली कांग्रेसका ५,६ जना जिल्ला सभापतिहरुले महासमिति बैठकको भावना विपरीत केन्द्रीय समितिले विधान पारित गरेकोमा आक्रोश व्यक्त गरेका छन् । उनीहरुले संयुक्त विज्ञप्ति निकालेर केन्द्र्रीय समितिको निर्णय तत्काल सच्याउन सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । पार्टीको विधान केही दिन पहिले केन्द्रीय समितिको बहुमतले पारित गरेको थियो ।

२. केन्द्रीय समितिको बहुमतले विधानपारित गरे तापनि त्यसमा केही असन्तुष्ट नेताहरुले नोट अफ डिसेण्ट लेखेका थिए । ती जिल्ला सभापतिहरुले केन्द्रीय समितिको निर्णय नसच्याए आफूहरुले महाधिवेशनको माग गर्ने बताएका छन् । जिल्ला सभापतिहरुको त्यो आक्रोश सभापति देउवामाथि ठूलो दबाब भएको छ ।

३. नेताहरुका अनुसार केन्द्रीय समितिको बैठकले विधानमा केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरु स्वतःमहाधिवेशन प्रतिनिधि बन्न पाउने प्रावधान राखिएको छ । तर महाधिवेशनको बैठकले ती सबै प्रतिनिधिहरु तल्लो निकायबाटै निर्वाचित भएर आउनु पर्ने निर्णय गरेको थियो । पार्टी भित्र त्यसमा ठूलो मतभेद छ ।

४. त्यसको साथै पार्टीमा आरक्षण कोटाका सम्बन्धमा पनि विवाद छ । जिल्ला सभापतिहरुले आरक्षण कोटामा एक व्यक्तिले एक पटकमात्रै सुविधा लिन पाउनु पर्ने माग गरेका छन् । पार्टी, भित्र उत्पन्न हुने अरु विवादभन्दा यो विवाद केही बेग्लै छ । केन्द्रीय समितिले निर्णय गरिसकेको अवस्था छ ।

५. नेपाली कांग्रेसमा विवाद माथि विवाद थपिँदैछन् । पार्टीभित्र स्थायी गु्रपिजम छ । त्यो फस्टाउँदै छ । नेताहरुले गु्रपिजमलाई अन्त गर्ने भनेर जे जति पटक भने तापनि त्यसको अन्त भएको छैन । समूह खडा गरेर नेता हुने चलन बढ्दैछ । त्यो चलन केन्द्रमा मात्र होइन, जिल्लाहरुमा त्यत्तिकै छ ।

६. पार्टीको महाधिवेशनको चर्चाले पनि नेताहरुले हल्ला गर्नु पर्ने र अरुभन्दा छुट्टै र बेग्लै किसिमले आफूलाई प्रस्तुत गर्नु पर्ने अवस्था छ । चर्चाको शिखरमा आए पछि कार्यकर्ताहरुले पनि चिन्ने र पत्याउने गर्दछन् । एकातिर यस्तो स्थिति छ भने अकोर्तिर कतिपयले सुरक्षाका लागि कुनै समूहको सहारा लिनु पर्ने अवस्था छ ।

७. पार्टी विचित्रको अवस्थामा फँसेको छ । त्यसले ठोस काम कुरा गर्न पनि सकेको छैन । भ्रातृ संगठनहरु नाम मात्रका छन् । नेपाल विद्यार्थी संघको अधिवेशन समेत वषौर्ँदेखि भएको छैन । पार्टीमा परिवारवादको कुरा पनि उठेको छ । युवामा जिम्मेवारी सुम्पनु पर्ने कुरा पनि उठेको छ । धर्म र जातजातिको कुराले पनि प्रश्रय पाएको छ । यी सबै कुराले पार्टीलाई अगाडि होइन, पछाडि धकेल्ने हो कि भन्ने आशंका पनि छन् । यस्तो अवस्थामा नेतृत्व पार्टीले गम्भीर भएर निर्णय लिनु आवश्यक छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width