१. सबभन्दा बढी टुट्ने, फुट्ने र जुट्ने पार्टीका रूपमा नाम कमाएका राष्ट्रियप्रजातन्त्रपार्टीहरू फेरी एकीकृत भएकाछन्। तीनवटै पार्टी एकीकृत गर्ने प्रयास भइरहे पनि कमलथापाको राप्रपा सहमतिमा नआएपछि पशुपतिशम्शेर राणाले नेतृत्व गरेको राप्रपा (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेको (राष्ट्रवादी) एकीकृत भई राप्रपा (संयुक्त) भएकाछन्।
२. राप्रपा (संयुक्त) मा सहमति जनाएपछि उनीहरूले १० बुँदे आधारपत्रमा हस्ताक्षर गरेकाछन् । आधारपत्रमा एक महिनाभित्र दुवै पार्टीको विधानलाई आधार मानेर अन्तरिम विधान बनाउने, एक वर्षभित्र एकीकृत पार्टीको महाधिवेशन गर्ने, त्यस अघि दुवै पार्टीका अध्यक्ष राणा र डा. लोहनीको संयुक्त नेतृत्वमा पार्टी सञ्चालन गर्ने उल्लेख छ।
३. नयाँपार्टीले हिन्दू राष्ट्र सहितको राजसंस्थालाई वैचारिक नीतिको रूपमा लिएको छ । साथै नेताहरूले संविधान कार्यान्वयनमा प्रतिबद्ध रहने कुरा पनि उल्लेख गरेको छ। ती दुई पार्टी पनि सर्वसम्मतिबाट एकत्व भएका होइनन् । पटक–पटक मन्त्री भएका तथा राप्रपाको हस्ती मानिने नेता दीपक कोइरालाले आÇनो असन्तोष जनाएका छन्।
४. ती नेताहरूले हिन्दू राष्ट्रको अवधारणा शुरुदेखि अपनाउँदै आएका छन्। कमल थापाको राप्रपाले त आगामी फागुन ७ गतेदेखि अभियान नै सञ्चालन गर्ने घोषणा गरेको छ। भारतमा नरेन्द्र मोदीको सरकार आएपछि नेपालमा हिन्दू राष्ट्रको भावना चकेर्को अनुभव गरिएको छ। काँग्रेस भित्र पनि हिन्दू राष्ट्रको भावना बढ्दै गएको छ।
५. धर्मलाई अफिम भन्ने कम्युनिष्टहरू मध्ये केही नेताहरूले धर्मनिरपेक्षताको नाममा क्रिश्चियनधर्मलाई बढावा दिने गरेकाले हिन्दूहरू आक्रोशित छन्। क्रिश्चियनहरूले बजारका चोक–चोकमा बसेर तथा कति पयको घर–घरमा पुगेर पनि धर्मप्रचार गरिरहेका छन्। त्यसो गर्नु सरासर अरु धर्ममाथि हस्तक्षेप गर्नु हो । त्यसरी हस्तक्षेप गर्दा पनि सरकार टुलुटुलु हेरेर बसिरहेको छ।
६. देशमा केही वर्षदेखि धार्मिक एवम् जातीय साम्प्रदायिक भावना बढ्दो छ। एकले अकोर्लाई होच्याउने, आलोचना गर्ने प्रवृत्ति बढ्दो छ। सरकार ती सबै केही होइनन् भने जसरी बसिरहेको छ भने राजनीतिक पार्टीहरू धर्मलाई नै मूल मुद्दा बनाएर अघि बढ्न खोज्दैछन्। दुवै पक्षको त्यो प्रवृत्ति राम्रो होइन।
७. राजनीतिक पार्टीहरूको मुख्य उद्देश्य या काम राजनीति गर्नु हो। राजनीति गर्नुपनेर्ले धार्मिक भावना उछाल्दा तत्काल केही समय फाइदा हुन सक्छ । तर दीर्घकालीन रूपमा त्यसले राम्रो गदैर्न। त्यसले साम्प्रदायिक दङ्गा पनि निम्त्याउन सक्छ। त्यस्तो अवस्था आयो भने त्यो दुर्भाग्य हुनेछ । ठूलावडाहरूले यस विषयमा संवेदनशील भएर दूरगामी दृष्टिले सोच्नु आवश्यक छ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१