१. पोखरा विश्वविद्यालयले राष्ट्रिय र अन्तराष्ट्रिय गोष्ठी आदिको आयोजना गरेर महत्वपूर्ण काम गरेको छ। विश्व विद्यालयले त्यस्ता गोष्ठीहरुबाट समाजका विषय विज्ञहरु तथा अग्रजहरुलाई निश्चित विषयमा दिग्दर्शन पनि गर्ने गरेको छ। त्यस्तै त्यसले भरखरै गरेको काम हो दिगो विकासको विषयमा अन्तराष्ट्रिय सम्मेलन।
२. पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकाय एवं स्कूल अफ डेभलपमेण्ट एण्ड सोसल इन्जिनियरि·ले पोखरामा आयोजना गरेको दिगो विकास, दृष्टिकोण तयारी र कार्यहरुमा अन्तराष्ट्रिय सम्मेलन यहाँ चर्चाको विषय भएको छ। गोष्ठीको विषय देशको वर्तमान परिपे्रक्षमा समसामयिक महत्वको भएको अभिमत व्यक्त भएको छ।
३. सम्मेलनमा नेपाल भारत, पाकिस्तान, साउदी अरेविया, फ्रान्स, भियतनाम, क्यानाडा र अमेरिकाका विषय विज्ञहरुले ९ ओटा विषयमा ४१ ओटा कार्यपत्रहरु प्रस्तुत गरेका थिए। कार्यपत्रमा उनीहरुको अनुभव र विषय विज्ञता छचल्किएको थियो। कतिपय कार्यपत्रहरु हाम्रो लागि एक शिक्षा हुने र हाम्रो विकासमा सघाउ पुग्ने बताइएको छ।
४. नेपाल विकासको आकांक्षी छ। के गरेर, कसो गरेर हुनछ, विकास गर्नु पर्दछ भन्ने राष्ट्रिय माग छ। समयको क्रममा केही विकास नभएको पनि होइन। तर ती मध्ये केही दिगो रहेनन् भने कुनै विकासले विनाश निम्त्याएको छ। यस्तो विकासले पर्यावरणमा पनि धेरै असर पारेको छ।
५. विकासमा आतुर भएका हामीमध्ये धेरैले विना इञ्जिनियर बाटो खन्ने गरेका छौं। कतै बाटोको चौतारा काटेर फालेका छौं भने कतै फेरि रोप्ने गरेका छौं। चोक–चोकमा कहिले सालिक राख्ने गरेका छौं भने कहिले ती सालिकलाई फाल्ने र अन्त सार्ने गरेका छौं।
६. विकासको लागि प्रष्ट दृष्टिकोण नभएका र हाम्रो काम दोहोरिएका छन्। साधन स्रोत खेर गएका छन्। दिगो विकास हाम्रो लागि चुनौती भएको छ। यस्तो अवस्थामा पोखरा विश्वविद्यालयले आयोजना गरेको यो अन्तराष्ट्रिय सम्मेलन हाम्रो लागि सम–समायिक महत्वको छ।
७. विश्वविद्यालयले गोष्ठीको निचोड त सार्वजनिक गर्ने नै छ। त्यसको साथै गोष्ठीमा प्रस्तुत गरिएका कार्यपत्रहरु पनि प्रकाशित गरेमा त्यसले हामीमध्ये धेरैको आँखा खोल्ने छ। विकास के कसरी गर्नु पर्ने रहेछ, दृष्टिकोण कस्तो बनाउने, विकासका साथ आउने विकृति कसरी रोक्ने आदि इत्यादि कुरा किञ्चित मात्र भए पनि जान्ने अवसर पाइने छ। यस्तो महत्वपूर्ण कुरा सिक्नु हामी मध्ये धेरैका लागि, खास गरेर विकासका काममा लागेकाहरुका लागि ठूलो उपलब्धि हुनेछ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१