दलितको चित्त दुखाइ

सम्पादक
पौष ८, २०७९

देशमा दलित र उत्पीडितहरुको एक वर्ग छ, जो सधैं दलित र उत्पीडित भएरै रहिरहेका छन् । देशमा ठूलठूला परिवर्तन भए, क्रान्ति भए, त्यो परिवर्तन र क्रान्तिले भुइँका मान्छेहरुलाई सिंहदरबारमा पु¥याए, तिनीहरुको काँचुली फेरिए, रहनसहन अर्कै–अर्कै भयो, जान्ने बुझ्ने भए, सभ्य भए, योग्य भए । देशमा उत्थान र विकासको जे–जति काम हुन्छ, तिनी काम पनि उनीहरुकै लागि हुन्छ । दलित र उत्पीडितका लागि सोच्ने पनि कोही भएनन् । उनीहरुका लागि बोलीदिने पनि कोही भएनन् । उनीहरु अहिले पनि निरीह र विचरा भएर रहनुपरेको छ, त्यसरी रहन बाध्य हुनुपरेको छ । तिनीहरु त्यसरी किन के कारणले रहनु पर्‍यो, त्यो बुझ्न सकिने कुरा हो । तर तिनीहरुको उत्थान र विकासका लागि गठित आयोग आदि पनि त्यसै भएर रहेका छन् । बिनाबजेटका उपेक्षित छन् ।

दलितहरुले त्याग नगरेका होइनन् । देशमा भएका परिवर्तन र क्रान्तिमा दलितहरुको ठूलो भूमिका थियो । कुनै बेला माओवादी नेताहरुले तिनीहरुको भूमिकाको मुक्तकण्ठले प्रशंसा गर्दथे । तर त्यसपछि नेताहरुले दलित एवं उत्पीडितलाई भुल्दै गए । तिनीहरुको योगदान बिर्संदै गए । हुँदाहुँदै तिनीहरु फेरि एक पटक अशिक्षित, अबुझ र अयोग्यमा परिणत भए । कहीं कतै राख्दा स्तर नमिल्ने भन्दै उपेक्षा गरियो । नीति निर्माण तहमा पुगेका उपल्लो जातकाहरु जति माथि पुग्ने, उति दलित उत्पीडित तल झर्दै गए । झार्दै गए । यत्तिसम्मकी यो चुनावमा एक जना मात्र दलित संसदको निर्वाचनमा लड्ने अवसर पाए । प्रत्यक्षतर्फको १ सय ६५ सिटमा १ मात्र दलितले असर पाउनुलाई के पाएको भन्ने ? यसमा अगुवा दलित नेताहरुको धेरै चित्त दुखाएका छन् ।

दलित आफंै दलित भएका होइनन्, उत्पीडित वर्ग आफैं उत्पीडित भएका होइनन्, तिनीहरुलाई समाजका शोषक सामन्तले दलित उत्पीडित बनाएका हुन् । धर्म र संस्कृतिले दलित बनाएका हुन् । जातीय भेदभावले मुक्त भएको वर्णश्रम व्यवस्थापनले दलित र उत्पीडित बनाएका हुन् । त्यसरी भावनाले अझैं जरा गाडेर बसेको छ । जसको कारण आज पनि त्यो वर्ग दलितै भएरै रहनुपरेको छ, उत्पीडितै भएर रहनुपरेको छ । समय धेरै परिवर्तन भएको छ । २१ औं शताव्दीको पनि २२ वर्ष हामीले पार गर्दछौं । तर पनि हाम्रो मानसिकतामा परिवर्तन नआउनु दुखको कुरा हो । यसमा गम्भीर किसिमले सोच्नु आवश्यक छ ।

Related News

सम्बन्धित समाचार

  • असभामुख घिमिरेका चुनौती

    सम्पादक माघ ८, २०७९
    प्रतिनिधि सभाको गत बिहीबार भएको निर्वाचनमा एमाले स्थायी कमिटीका सदस्य देवराज घिमिरे सभामुख पदमा निर्वाचित भएका छन् । मत विभाजनबाट…
  • पृथ्वीजयन्तीमा बिदा गरियोस्

    सम्पादक पौष २२, २०७९
    पृथ्वीनारायण शाहले त्यसबेला बाइसे र चौबिसे लगायतका स–साना राज्यमा छरिएर रहेका राज्यहरुलाई एकीकृत गरेर नेपाल राष्ट्र बनाएका हुन् । उनले…
  • उद्योगी व्यवसायीको आन्दोलन स्थगित

    सम्पादक पौष १५, २०७९
    उद्योगी व्यवसायीले लामो समयदेखि गर्दै आएको आनदोलन स्थगित भएको छ । उच्च ब्याजदर लगानीयोग्य पँुजी अभावजस्ता कारणले उद्योगी व्यवसायीको मनोबल…
  • उपप्रधान तथा गृहमन्त्री रविलाई अवसर र चुनौती

    सम्पादक पौष १४, २०७९
    त्यसो त उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पहिले पनि चर्चामा आइरन्थे । अहिले झन् एकै पटक उपप्रधान तथा गृहमन्त्री भएपछि…
  • नव गठित सरकारलाई सफलताको कामना

    सम्पादक पौष १२, २०७९
    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देशका प्रधानमन्त्री भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई आइतबारका दिन नियुक्त गरेकी हुन्…

hero news full width