तालमेलको कुरा

सम्पादक
असाेज २२, २०७४

१ नेकपा एमाले र माओवादी केन्द्रका बीच चुनावी तालमेलको प्रयासले राजनीतिक क्षेत्रमा ठूलो तरङ्ग पैदा गरेको छ। त्यो तालमेलमा नयाँ शक्ति पार्टीपनि सम्मिलित भएको छ। अरु साना कम्युनिष्ट पार्टीरू पनि त्यो तालमेलमा सम्मिलित हुने अपेक्षा गरिएको छ। अकस्मात आएको तालमेलको प्रयासबाट वामपन्थी क्षेत्रमा उत्साह जगाएको छ।

२. वापमन्थी क्षेत्रमा त्यसरी उत्साह जगाएको छ भने अकोर्तिर नेपाली काँग्रेसलाई चुनावमा जानका लागि लोकतान्त्रिक शक्ति खोज्न बाध्य पारेको छ। नेपाली काँग्रेस त्यही शक्तिहरू खोज्दैछ भने अकोर्तिर मधेसमा आधारित राष्ट्रिय जनता पार्टीर संघीय समाजवादी पार्टीे आफूहरू चुनावमा तालमेल गरेर जाने सहमति गरेका छन्।

३. नेपालको राजनीतिमा धु्रवीकरणको सम्भावना बढाएको छ। यो धु्रवीकरणको सम्भावनाले पहिलेका चुनावहरूमा झैँ धेरै पार्टीरूले धेरै उम्मेदवार खडा गर्ने अवस्था छैन। साना पार्टीरूमा संकट पैदा गरेको छ। एकातिर ठूला पार्टीरूको धु्रवीकरण र अकोर्तिर चुनावमा थे्रस होल्डको व्यवस्थाले तिनीहरूलाई बाध्य भएर तालमेल गर्नुपर्ने अवस्था छ।

४. राजनीतिमा आएको यो अकस्मातको तरङ्गले शीर्ष नेताहरू बाहेक अरु नेता र कार्यकर्ताको उम्मेदवार हुने अभिलाषामा खैलावैला मच्चाएको छ। नेपाली काँग्रेसले कुन कुन पार्टीँग तालमेल गर्ला – त्यो प्रष्ट भएको छैन। तर एमाले, माओवादी केन्द्र र नयाँ शक्तिका पार्टीत रूपमा स्थानीय स्तरबाट उम्मेदवार सिफारिस भएकामा अन्यौल बढाएको छ।

५. धु्रवीकरण पश्चात् हुन गइरहेको चुनावले पार्टीका कार्यकर्तामा मानसिक संकट पैदा गरेको छ। हिजो जुन पार्टीका जुन उम्मेदवारलाई आफूले आलोचना गरिएको थियो, जसको विरोधमा विष वमन गरिएको थियो, आज त्यही उम्मेदवारको झोला बोक्नुपर्ने र उसैका लागि भोटसमेत मागेर हिँड्नुपर्ने अवस्था आउन लागेको छ। कार्यकर्तामा आउन लागेको त्यो परिवर्तनलाई सर्वसाधारण मतदाताले कसरी हेर्ने हुन् त्यो पनि ठूलो कुरा हो।

६. पार्टीरूको एकीकरण पछि चुनाव हुन गइरहेको भए, कार्यकर्तामा यो स्थिति आउने थिएन। एकीकरण भएको छैन, तर अहिले खुशीयाली मनाउन थालिएको छ। नेपालमा एउटा नयाँ कुरा भयो कि त्यसलाई बढाइचर्ढाई प्रशंसा गर्ने चलन छ र त्यसबाट धेरै आशा अपेक्षा गर्ने गरिन्छ। पञ्चायत व्यवस्था आएपछि विकासको मूल फुटाउने कुरा गरियो, एशियाली मापदण्डमा पुर्‍याउने कुरा गरियो। महाकाली पास गर्ने बेलामा पनि के के सपना देखाइएको थियो।

७. गणतन्त्र आएपछि ढुंगामा फूल फुल्ने आश देखाइयो। नयाँ नेपालको सपना देखाइयो। तर ती कुनै सपना विपनामा परिणत भएनन्। नेपाली जनता सधैँ आशै आशमा बस्नु परेको छ। अब यो चुनावी तालमेलले फेरि नयाँ कुरा देखाउन खोजेको छ। यसले के कस्तो कुरा देखाउने हो, निकट भविष्यले त्यो प्रष्ट पार्ने छ।

Related News

सम्बन्धित समाचार

  • सरकारबाटै संविधानको अवहेलना

    सम्पादक भाद्र २०, २०८१
    देशमा २००७ सालमा ऐतिहासिक आन्दोलन भयो । त्यो आन्दोलनले १०४ वर्षसम्म रहेको एकतन्त्रीय जहानीयाँ राणा शासनको अन्त्य भयो प्रजातन्त्र आयो…
  • गण्डकी सरकारमा एमालेको सहभागिता

    सम्पादक भाद्र १९, २०८१
    लामो समय विवादमा अल्झिएको एमालेले गण्डकी प्रदेश सरकारमा ४ जना मन्त्रीहरु लिएर सहभागिता जनाएको छ । प्रदेशसभा सदस्य पद्मा जिसी…
  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…

hero news full width