डा. भट्टराई र जैनमुनिको भेट

सम्पादक
भाद्र १९, २०७४

१. नेपालका सबै राजनीतिक पार्टीका ठूला बडा नेताहरु पूर्वतिर लागेका छन्। उनीहरु चुनाव प्रचारमा व्यस्त छन् भने नया शक्ति पार्टीनेपालका केन्द्रीय संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पोखरा आएका छन् र उनले धार्मिक गुरु जैनमुनि नेपालकेशरी डा. मणिभद्र मुनिजी महाराजलाई भेटेका छन्।

२. डा. भट्टराई र डा.मणिभद्र मुनिजीबीच  नेपालको राष्ट्रिय एकता, शान्ति, समृद्धि र आर्थिक विकासबारे अन्तरसम्वाद भएको बताईएको छ। उनीहरुबीच देशको राजनीतिक, सामाजिक र सांस्कृतिक विषयमा पनि छलफल भएको थियो। उनिहरुबीचको भेटको समाचार सार्वजनिक भएपछि त्यो यहाँ चर्चाको विषय भएको छ।

३. डा. भट्राईको नेतृत्वमा गठित नयाशक्ति पार्टीले स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा नराम्ररी पराजित भएको थियो। त्यस बेला त्यो पार्टीनराम्ररी पराजित भएपछि तेस्रो चरणको निर्वाचनमा त्यसले के कसो गर्ला भनेर मानिसहरुले नियालीरहेका बेला डा. भट्टराई पोखरामा देखिएका छन्।

४. पहिलेको चुनावमा नयाशक्ति पार्टीले संघीय समाजवादी फोरमको चुनाव चिन्ह लिएर लडेका थिए। त्यो चुनाव पछि फोरमसंग मतभेद भयो। एकीकरणतिर अगाडि बढिरहेका ती पार्टीरुबीच मतभेदभएपछि तिनीहरुको एकता प्रक्रिया पनि स्थगित भयो भने फोरमले नयाशक्तिलाई आफनो चुनाव चिन्ह दिन पनि मानेन।

५. यसैबीच डा. भट्टराईको महत्वपूर्ण खम्बाकारुपमा रहेका देवेन्द्र पौडेल लगायतका केही नेताहरु डा. भट्टर्रर्इलाई दोषारोपण गर्दै नयाशक्ति पार्टीपरित्याग गरेर माओवादी केन्द्रमा पुगेका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उनीहरुलाई स्वागत गरेर पार्टीका फर्काएका छन्।

६. डा. भट्टराई अहिले संकटमा छन्। उनी माओवादीबाट फुटेकामात्र होइनन्, कम्युनिष्ट सिद्धान्त नै  परित्याग गरेका छन्। उनले पुराना कम्युनिष्टको भविष्य डायनोसोरसकोजस्तै छ भनेर त्यसबाट आफनो भविष्य सुरक्षित गरेका छन्। त्यसैले उनले नयाशक्ति नेपाल गठन गरेका हुन्। उनले नेपाली राजनीतिको मूलधारको विकल्प दिने उद्देश्यले नयाशक्ति खोलेका हुन्।

७. तर परिस्थितिले उनलाई साथ दिएन। नयाशक्ति गठन भएको केही महिना त्यसको भाउ निश्चय नै बढेको थियो।विपरीत राजनीतिक धारका वरिष्ठहरु त्यसमा प्रवेश गरेका थिए। तर त्यो स्थिति लामो समयसम्म रहेन। स्थानीय निर्वाचन परिणामले डा.भट्टराईको छवि नै धुमिल बनाएको चर्चा पनि चलेको छ। यस्तो अवस्थामा पहिले कठोर कम्युनिष्ट भएर धर्म पनि नमान्ने, इश्वर पनि नमान्ने व्यक्ति अहिले अकस्मात् जैन मुनिका आश्रममा देखा पर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

Related News

सम्बन्धित समाचार

  • सरकारबाटै संविधानको अवहेलना

    सम्पादक भाद्र २०, २०८१
    देशमा २००७ सालमा ऐतिहासिक आन्दोलन भयो । त्यो आन्दोलनले १०४ वर्षसम्म रहेको एकतन्त्रीय जहानीयाँ राणा शासनको अन्त्य भयो प्रजातन्त्र आयो…
  • गण्डकी सरकारमा एमालेको सहभागिता

    सम्पादक भाद्र १९, २०८१
    लामो समय विवादमा अल्झिएको एमालेले गण्डकी प्रदेश सरकारमा ४ जना मन्त्रीहरु लिएर सहभागिता जनाएको छ । प्रदेशसभा सदस्य पद्मा जिसी…
  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…

hero news full width