जितेर पनि हारेको स्थिति

सम्पादक
चैत्र ८, २०७५

१. यो मुलुकमा चिकित्सा शिक्षामा व्याप्त बेथिति अनियमितता र भ्रष्टाचार हटाउन वरिष्ठ चिकित्सक गोविन्द के.सी.ले आमरण अनशनको माध्यमबाट खबर्दारी गर्दै आएको सर्वविदित छ। उनले पटक पटक आमरण अनशन गरे। प्रत्येक अनशनमा उनले सरकारसँग सम्झौता गर्दथे र सरकारबाट चिकिस्ता शिक्षामा सुधारको आश्वासन पाउने गरेका थिए।

२. त्यसरी आमरण अनशन बस्ने क्रममा उनले १५ औं पटक पनि अनशन बसे र पहिले झैं सरकारबाट ऐन संशोधन गरी सुधार गर्ने आश्वासन पाए। पछि सरकारबाट सम्झौताको अक्षरशः पालना नहुने देखेपछि उनी १६ औं पटक फेरि अनशन बसे। त्यो अनशनको परिणाम भने बेग्लै रह्यो।

३. त्यो अनशनको दिन जति बित्दै गयो, अनि उनले कठोर दिनको सामना गर्नु पर्यो। सरकार आफूले पहिले गरेको सम्झौतालाई अक्षरशः पालना नगर्ने निर्णयमा पुग्यो। सरकार उनीप्रति कठोर बन्दै गयो। निर्दयी बनेको प्रष्टभयो। उनको जीवन जोखिममा परेको प्रष्टभएपछि अग्रज अघिकार कर्मीहरुको आग्रहमा उनले अनशन भ· गरे।

४. सरकारले जे जसरी ऐन ल्यायो, त्यसलाई उनले स्वीकार्न सकेनन्। तर सत्तापक्षका नेताहरु र मन्त्रीहरुले भने ऐन हुबहु सम्झौता अनुसार भएको भन्दै सरकारले त्यस्तो ऐन ल्याएकोमा उनी खुशीहुनु पर्ने नाच्नु पनेर्सम्म भन्न भ्याए। सरकारको अगाडि एक जना निधो निमुखाको केही लागेन।

५. त्यसबेला सरकारले जित्यो। डा. गोविन्द के.सी. हार्यो। स्थिति यस्तै थियो। तर आज शिक्षण अस्पतालमा एकपछि अकोर्मा जथाभाबी विद्यार्थीहरुबाट पैसा असुल्ने गरेको शिकायत आइरहेको छ। सोझै ठगी भइरहेको छ। विद्यार्थीहरु अस्पताल बन्द गर्दा गर्दै आफै हैरान भएको अवस्था छ।

६. सरकारले त्यसबेला यस्तो राम्रो ऐन ल्याएकोमा के.सी. खुशी हुनुपर्ने, नाच्नु पर्ने भनेको थियो। अहिले शिक्षण संस्थामा को नाचिरहेका छन्, को रोइरहेका छन्, प्रष्ट देखिएको छ। ठगी प्रमाणित भएर पनि त्रिभुवन विश्वविद्यालय लाचार छाया भएर रहेको छ। न कि प्रशासनले नै कडा कार्बाही गर्न सकेको छ।

७. त्यसबेला निश्चय नै सरकारले जितेको थियो। डा. के.सी. हारेको थियो तर सरकारले त्यसबेला जितेर त्यसको परिणाम के भयो? संचालकहरु आफै लुकेर बस्नु पर्ने अवस्था आएको छ। विद्यार्थीको भविष्य बिग्रने चिन्ताले अभिभावकहरु आत्तिएका छन्। कसैले पैसा त कमाए, तर प्रतिष्ठा कमाउन सकेनन्। विद्यार्थीको अगाडि लुकेर हिँड्ने अगुवाहरुलाई के भन्ने? यो दुर्भाग्यको स्थितिहो, यसले कसेको हितगदैर्न। सरकार जितेर पनि हारेको स्थिति हुनु एउटा राम्रो कामलाई पनि नराम्रो भन्दै दबायो भने त्यसको परिणाम के हुन्छ भन्ने अहिले प्रष्ट देखिएको छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width