जनप्रतिनिधिहरूको उल्लेखनीय उत्साह

सम्पादक
श्रावण ३, २०७४

१. स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचन सम्पन्न भएर जनप्रतिनिधिहरुले आआफ्नो कार्यभार पनि सम्हालीसकेका छन्। जनप्रतिनिधिहरुले आआफ्नो तहको वाषिर्क बजेट प्रस्तुत गर्ने कार्य पनि गरिरहेका छन्। बजेटमा प्रस्तावित विकास निर्माणका कुरा, जनप्रतिनिधिहरुको प्रतिबद्धता र उनीहरुको उत्साह पनि उल्लेखनीय देखिन्छ।

२. उनीहरुले बजेटमा धेरै राम्रा-राम्रा योजनाहरु राखेका छन्। आफ्नो ठाउँलाई आधुनिक बनाउन नयाँ प्रस्तावहरु प्रस्ताव गरेका छन्। बजेटका ती प्रस्तावहरु हेर्दा उनीहरुले आफ्नो सिर्जनात्मक प्रतिभाको राम्रो प्रयोग गरेको देखिन्छ। उनीहरुले स्थानीयको सहयोगका लागि आफू सधैं तयार रहने प्रतिबद्धता पनि दोहोर्‍याएका छन्।

३. जनप्रतिनिधिहरुको उत्साह, उमंग र केही गर्छौ भन्ने भावना जेजसरी देखिएको छ , त्यो हेर्दा अब केही हुन्छ भन्ने अवस्था सिर्जना भएको छ। वातावरण अनुकूल छ। नेतृत्व वर्गले यी सवैको “क्याश” गरेर आफ्नो काम कुरा अगाडि बढाउनु आवश्यक छ। हुने विरुवाको चिल्लो पात भनेझैं उनीहरुले अहिले नै केही गरेर देखाउनु पर्छ।

४. २० वर्षपछि जनप्रतिनिधिहरुको चुनाव भएकोले जनताको लागि पनि केही आएको जस्तो भएको छ। नव निर्वाचित प्रतिनिधिहरुले जनताको लागि अवश्यै केही गर्ने छन् भन्ने सवैको आशा छ। जनप्रतिनिधिहरु शासक र प्रशासक होइनन्। जनताका साथी र शुभचिन्तकका रुपमा जनताले लिएका छन्।

५. जनप्रतिनिधिहरु हिजो विभिन्न पार्टीर पार्टीको चुनाव चिन्ह लिएर निर्वाचन लडेका भए पनि स्थानीय तहमा निर्वाचित भएपछि उनीहरु सवैका प्रतिनिधि भएका छन् , साझा भएका छन्। धेरै जनप्रतिनिधिहरुले यस्तो अभिव्यक्ति दिएका पनि छन्। तर यस्तो कुरा अभिव्यक्तिले मात्र हुँदैन, व्यवहारमा पनि त्यस्तै गरी देखाउन सक्नुपर्दछ।

६. नेतृत्वले सवैको कदर गरेर र सवैलाई साथमा लिएर जान सक्नुपर्दछ। कतै काखा र पाखा गरेमा त्यसको परिणाम पनि त्यस्तै हुन जान्छ। भाग लिने बेलामा सवै आफैले र आफ्नै पार्टीकालागि मात्र सीमित गर्ने गरेमा सहयोग पनि त्यस्तै सीमित हुन जाने सम्भावना रहन्छ।

७. यस्तो सीमित र भेदभाव गर्ने वातावरण आउन नदिनु नेतृत्वको काम हो। नेतृत्व जति उदार हुन्छ, उसलाई सहयोग पनि त्यसै गरी प्राप्त हुन्छ। जति सहयोग प्राप्त हुन्छ, उति उसको सफलता प्रतिबिम्बित हुन्छ। प्रारम्भिक कालमै यस्तो वातावरण ल्याउनु सजिलो र राम्रो हुन्छ। काम गर्नका लागि वातावरण अनुकूल छ र सकारात्मक छ। यसको प्रयोग र उपयोग के कसरी गर्दछ, त्यो नेतृत्वको क्षमता, दक्षता, उदारता सवैलाई समेट्ने भावना र व्यवहारमा निर्भर गर्दछ।

Related News

सम्बन्धित समाचार

  • सरकारबाटै संविधानको अवहेलना

    सम्पादक भाद्र २०, २०८१
    देशमा २००७ सालमा ऐतिहासिक आन्दोलन भयो । त्यो आन्दोलनले १०४ वर्षसम्म रहेको एकतन्त्रीय जहानीयाँ राणा शासनको अन्त्य भयो प्रजातन्त्र आयो…
  • गण्डकी सरकारमा एमालेको सहभागिता

    सम्पादक भाद्र १९, २०८१
    लामो समय विवादमा अल्झिएको एमालेले गण्डकी प्रदेश सरकारमा ४ जना मन्त्रीहरु लिएर सहभागिता जनाएको छ । प्रदेशसभा सदस्य पद्मा जिसी…
  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…

hero news full width