हाम्रा नेताहरू विकासको कुरा खुब गर्दछन् तर काम गर्दैनन् । उनीहरू काम गर्नुभन्दा विदेशका सयल गर्न रुचाउँछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल आफैं २ हप्ता विदेश भ्रमणमा गए । चीन सरकारको निमन्त्रणामा उनले एक हप्ता चीनको विभिन्न स्थानको अवलोकन भ्रमणमा बिताए । उनले कैलाश मानसरोवरको भ्रमण पनि गरे । ती भ्रमणहरू प्रधानमन्त्रीको तहबाट देशमा कार्यान्वयन गर्न के–कति सहायक सिद्ध हुन्छ, त्यो भविष्यले देखाउनेछ । तर अहिलेसम्मको प्रवृत्ति र परिणाम हेर्दा त्यस्ता भ्रमणहरू निरर्थक भएका देखिन्छन् । हाम्रा नेताहरू चतुर छन् । उनीहरूमा वाक्पटुता छ, बोल्न सिपालु छन् । एउटा–एउटा कारण देखाएर आफू उम्किन सक्छन् र जनताको आँखामा छारो हाल्न सक्छन् ।
एकताका सरकारले काम गरेन भन्ने आरोप आएको बेला प्रधानमन्त्री दाहालले अबदेखि सरकारको काम राम्ररी गर्ने प्रतिबद्धता व्यक्त गर्दै राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो गर्नेलाई सजाँयको सिद्धान्त सार्वजनिक गरे । अझ उनले कामको प्रगति प्रत्येक महिना हेर्ने भन्दै सम्झौता पनि गरे । उनले मन्त्रीसँग र मन्त्रीले सचिवसँग यो–यो कामअनुसार कसले कसको काम हेरे र कसले राम्रो काम गरेर पुरस्कृत भए? र कसले काम नगरेर सजायँ पाए त्यो अझसम्म बाहिर आएको छैन । अब त्यो कुरा सेलाउँदै गएको छ । यसअघिको सरकारले पनि यस्तै सम्झौता गरेको थियो । सम्झौता त गरियो तर त्यसको परिणाम कहिल्यै हेरिएन । सर्वसाधारण जनताको ध्यान अन्त मोड्न नेताहरूले के–कस्ता कामहरू गर्दछन् भन्ने यो एक उदाहरण मात्र हो ।
माओवादीको केन्द्रीय सभा हुँदा केन्द्रीय सदस्यहरूले नेताहरूको जीवनयापनको कुरादेखि परिवारवादको टिप्पणी पनि गरे । पार्टी अध्यक्ष दाहालको पुत्रीमोहको कुरा पनि ल्याए । तर समापनमा कसैले नसोचेको ‘जनतासँग माओवादी विशेष रुपान्तरणको अभियान’ प्रस्ताव जब आएको थियो, नेताहरूले अरु सबै कुरा बिर्से । शीर्ष नेताहरूको एउटा महŒवपूर्ण गुण यो पनि हो कि त्यसले जनता र कार्यकर्ताहरूको ध्यान अन्त मोडन सक्नुपर्दछ । कार्यकर्ताहरूलाई एउटा न एउटा अभियानमा संलग्न र सक्रिय पारिराखेका छन् र आफूले आफ्नो स्वार्थपूर्ति गरिरहेका छन् । जनतालाई उल्लु बनाइरहेका छन् । यसो गर्न सक्नु नै नेताहरूको विशेषता भएको छ ।
Related News
सम्बन्धित समाचार
राहत वितरणमा विलम्ब
इन्डोप्यासिफिक नेपाललाई अस्वीकार्य
तस्करीको सुन जाँचबुझका लागि आयोग गठन
अनियन्त्रित बजार भाउ
धार्मिक सद्भाव कायम गर
hero news full width
मुख्य समाचार
गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
फेवाताल मिच्ने संरचना हटाउन मुख्यमन्त्री संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति
मंसिर १३, २०८०राष्ट्रियसभा निर्वाचन माघ ११ गते
मंसिर १३, २०८०पब्लिक मिडिलदेखि राष्ट्रिय माविसम्म
मंसिर १३, २०८०पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
मंसिर १२, २०८०कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०