चिकित्सा शिक्षाको बेथिति

सम्पादक
फागुन २०, २०७५

१. सरकारले चिकित्सा शिक्षामा विद्यमान विकृति र विसंगति हटाउनु पर्ने माग राखी वरिष्ठ चित्सक गोविन्द के.सी.ले गरेको आमरण अनशनको वास्ता गरेन। सरकारले कुनै पनि हालतमा उनको माग पूरा नगर्ने भएको र आमरण अनशनकर्ता के.सी.को स्वास्थ्य स्थिति चिन्ताजनक हुँदै गएकाले नागरिक अधिकार कर्मीहरूको आग्रहमा उनले आफ्नो अनशन तोडे। उनले अब संघर्ष अर्कै किसिमले गर्ने घोषणा गरे।

२. त्यसबेला यस्तो स्थिति देखापर्यो कि सरकारले जित्यो। गोविन्द के.सी.ले हारे। त्यस अघिको उनका अनशनहरूले तत्कालीन सरकारहरूबाट केही न केही आश्वासन, प्रतिबद्धताहरू प्राप्त गर्ने गरेका थिए। सहमति र सम्झौता हुने गरेका थिए। आमरण अनशनमा शक्ति हुन्छ भन्ने मान्यता स्थापित भएको थियो।

३. प्रजातन्त्रमा, लोकतन्त्रमा अनशनले नैतिक शक्ति प्रदान गर्दछ। मानिसले त्यसै आफ्नो शरीरलाई दुःख यातना दिँदैन। जसले देश र समाजका लागि आमरण अनशन बस्दैछ, त्यो ठूलो कुरा हुन्छ। त्यसलाई सरकारले सहानुभूतिपूर्वक लिनु पर्दछ। त्यसमा सर्वसाधारणको पनि समर्थन सम्मिलित रहेको हुन्छ।

४. तर यो सरकारले डा. के.सी.को आमरण अनशनलाई निर्ममतापूर्वक दबायो, जनसमर्थनको पनि सम्मान गर्न सकेन। सरकारले त्यसबेला निश्चय नै विजय प्राप्त गरेको देखियो। त्यसबेला उनको मागलाई वास्ता नगर्दा आज त्यसको परिणाम यत्रतत्र देखिन थालेका छन्। चिकित्सा शिक्षामा बेथिति भएको व्यहोराहरू प्रष्ट बाहिर आएका छन्।

५. शिक्षण अस्पतालहरूमा एक पछि अकोर्मा विवाद उत्पन्न भएको छ। शिक्षण अस्पतालका मालिकहरूले जथाभावी विद्यार्थीहरूबाट पैसा असुल्न थालेका छन् भने विद्यार्थीहरूले बन्द र हडतालद्वारा आफनो पीरमर्का व्यक्त गर्नु पारिरहेको छ। चिकित्सा शिक्षाजस्तो संस्था लामो समय बन्द रहनु नराम्रो कुरा हो तर जुन नराम्रो भन्छौँ, आज त्यही भइरहेको छ।

६. विद्यार्थी र अस्पतालका मालिकहरू बीच पटकपटक वार्ता भए, तर निष्कर्षमा पुग्न सकेको छैन। स्थानीय प्रशासन समेतको उपस्थितिमा पनि वार्ता भए। विश्वविद्यालयबाट टोली आएर पनि मिलाउने प्रयास गर्यो। तर कुनै परिणाम निस्केको छैन। अभिभावकहरूलाई विद्यार्थीको भविष्य बिग्रने हो कि भन्ने शंका लाग्न थालेको छ। सरकारले गोविन्द के.सी.लाई जित्यो तर अस्पतालको बेथितिलाई जित्न नसकेका प्रमाणहरू यत्रतत्र घटन थालेका छन्।

७.चिकित्सा शिक्षा भनेको महत्वपूर्ण शिक्षाहो यो शिक्षा मानिसको ज्यूज्यानसँग सम्बन्धित विषय हो। त्यसकारण यो शिक्षा स्तरीय हुनुपर्दछ। बन्द हडतालको घटनाले गुणस्तरीय शिक्षामा अवरोध खडा गर्दछ। विद्यार्थीहरूले जुन मागहरू राखेर शिक्षण अस्पतालहरू बन्द गर्दैछन्। त्यसलाई सहानुभूतिपूर्वक लिनु पर्दछ। उनीहरूको जायज माग तुरुन्त पूरा गर्नु पर्दछ। शिक्षण अस्पतालले लामो समय बन्द गर्नु हुँदैन। सम्बन्धित पक्षहरूले तुरुन्त वार्ताको टेबुलमा बसेर एउटा निष्कर्ष निकाल्नु पर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width