चासो र चिन्ताको बलात्कार

सम्पादक
मंसिर २०, २०७६

१. निर्मला पन्तको बलात्कार पछि गरिएको हत्याको विरोध राष्ट्रव्यापी रुपमा भयो। अपराधीको पहिचान गरी कडाभन्दा कडा कारबाही गरियोस् भनी निरन्तर आन्दोलन भयो। निर्मलाको आमाबुबा अनशनमा पनि बसे। सरकारले बलात्कारी हत्यारालाई पक्रने आश्वासन पनि दियो। तर सरकार त्यस काममा असफल भयो।

२. सरकारले निरपराध व्यक्तिलाई पक्रेर आन्दोलनकारीलाई आफूले काम गरिरहेको देखाए। तर सरकारको त्यस्तो कामबाट अपराध प्रवृत्तिकाहरु अरु उत्साहित भए र त्यसपछि बलात्कारका घटनाहरु अझै बढ्नथाले। त्यस्तो घटनाहरु केही बाहिर आउने गरी गरिन्छन् भने कुनै भित्रभित्रै मिलाउने गरिन्छन्।

३. बाहिर आएको र प्रहरीमा उजुरी परिसकेको घटना पनि भित्रभित्रै मिलाएर प्रहरीमा परेको उजुरी फिर्ता गर्ने गरिएको पनि धेरै छन्। यी सबै क्रियाकलापबाट अपराधी प्रवृत्तिकाहरु हिजोभन्दा आज प्रोत्साहित भएर अपराध कर्ममा लागीपरेका देखिन्छन्।

४. बलात्कारका घटना के कति छन्, र त्यस्तो घटनामा कस्ता कस्ताहरु पनि संलग्नछन् भन्ने कुरा हालैका घटनाहरुले देखाएको छ। राजनीतिको उच्च तहमा आसीन भएका कृष्णबहादुर महरा आफ्नै कार्यालयका महिला कर्मचारीलाई बलात्कार उद्योग गरेको प्रकरणमा जेलमा हावा खाइरहेका छन्।

५. उनको केश टुङ्गिन नपाउँदै धार्मिक व्यक्तिका रुपमा नाम कमाएका तथा ठूल्ठूला नेताहरुलाई समेत प्रभावमा पार्न सामथ्र्य राख्ने चतराधामका कृष्णजी महाराज पनि अहिले प्रहरीको हिरासतमा छन्। कृष्णजी महाराजले आफ्नै अनुयायी महिलामाथि बलात्कार गरेको आरोप लागेको छ।

६. बलात्कारका घटनामा महिला नै बाहिर आउन सक्नु पर्दछ। महिला बाहिर आएर रिपोर्ट आदि गर्ने हो भने महिलामाथिको यो शोषण घट्न सक्छ, अन्यथा यो अपराधरुपी शोषण बढ्दै जान्छ। ती दुई घटनामा दुई जना महिलाले हिम्मत गरेर केश सार्वजनिक गर्दै शक्तिशाली व्यक्तिको विरोधमा उजुरी गरेका छन्।

७. उनीहरुले उजुरी गर्नु ठूलो कुरा हो। तर उनीहरुले उजुरी गरेर त्यसको परिणाम र प्रभाव के पर्दछ, त्यो पनि हेर्नुपर्ने कुरा हो। यसमा महिला अधिकारवादीहरुले ती पीडित महिलालाई के कति साथ र सहयोग गर्दछन्। त्यो पनि भोलिको लागि उल्लेखनीय हुन्छ। बलात्कारका ती दुई घटना ज्यादै महत्वका छन्। त्यसमा न्याय निसाफको निरुपण के कसरी हुन्छ, त्यो सबैको चासो र खाँचोको विषय भएको छ। यी पीडितहरुले राम्रो र उचित न्याय पाए भने बलात्कारको घटना घट्दै जान सक्छ। पीडितहरुले खुलेर उजुरी गर्ने वातावरण बन्ने अवस्था हुनसक्छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width