आज आषाढ पूर्णिमा हो । आषाढ पूर्णिमालाई अरु पूर्णिमाभन्दा बढी महत्वका साथ लिने गरिन्छ । यो पूर्णिमा हिन्दु र बौद्ध दुबै धर्मालम्बीहरूले उत्तिकै महत्वका साथ मान्ने गर्दछन् । हिन्दुहरूले गुरु पूर्णिमा आफ्ना गुरुको पूजा गर्ने गर्दछन् भने बौद्धहरूले धर्मचक्र प्रवर्तन दिवसको रुपमा मान्ने गर्दछन् । हिन्दुहरूले आफ्ना गुरुहरूलाई स्मरण गरेर तथा गुरुकोमा गएर गुरु पूजा गर्दछन् । कतिपयले वेदव्यासलाई प्रथम गुरु मानेर पूजा गर्दन् । गुरुप्रतिको सम्मान र महिमा घट्दै गएको बेला यसले छात्रछात्राहरूलाई केही न केही घचघच्याउने गर्दछ । गुरुको आदर सम्मानका लागि केही गर्न प्रेरित गर्दछन् । गुरुकुलहरूमा यो प्रथा जारी छ भने कतिपय संगीतका क्षेत्रमा गुरुहरूलाई विनम्रतापूर्वक मानेका देखिन्छन् । यो चलन त्यो क्षेत्रमा बढ्दै गएको छ ।
उता बौद्धहरूले ५ संयोग परेको दिनका रुपमा यसलाई लिने गरेका छन् । शाक्यमुनि भगवान् बुद्धले पहिलो पटक ५ जना पञ्चवक्रीय भिक्षुहरूलाई धर्म दीक्षा दिएको दिन भएकाले यसलाई धर्मचक्र प्रवर्तन दिवस भन्ने गरेका छन् । बुद्धले तिनीहरूलाई ४ आर्यसत्यको धर्मदर्शन गरेका थिए । त्यो धर्म श्रवण गरेर ती ५ जना भिक्षुहरू धर्मचक्रमा प्रविष्ट भएका थिए । साधारण भाषामा भन्ने हो भने असार पूर्णिमाको दिन पहिलो पटक बुद्ध धर्म प्रचारक भएको दिन हो । बौद्ध वाङ्मयअनुसार सिद्धार्थ गौतमले बोधिसत्वरुपमा आषाढ पूर्णिमाको स्वच्छ, स्निग्ध र पवित्र रातमा कपिलवस्तुका राजा शुद्धोधनकी महारानी मायादेवी गर्भमा प्रवेश भएका थिए । त्यसको अतिरिक्त २९ वर्षको कलिलो उमेरमा जन्म, जरा, व्याधि, मरणजस्तो दु:खबाट विमुक्ति हुन ज्ञानको खोजीमा यही दिनमा महाभिष्क्रमण गरेका थिए ।
उनले बुद्धत्व प्राप्त गरेपछि आफ्नो धर्ममा विनयहरूको व्यवस्था गरे । त्यसअनुसार उनले असार पूर्णिमादेखि असोज पूर्णिमासम्म ३ महिना भिक्षुहरू एकै ठाउँमा बस्ने व्यवस्था गरी जसलाई वर्षबास भन्ने गरिन्छ । यस्तै अर्काे उनले असार पूर्णिमाकै दिनमा त्रयत्रिंश भुवन लोकमा रहेकी आफ्नी आमालाई ‘अभिधम्म’ श्रवण गराउनु भएको थियो । यसलाई बौद्धहरू यमक प्रतिहार्य (ऋद्धि प्रदर्शन दिवस) भन्ने गर्दछन् । ५ संयोग परेको दिवस भएकाले यसलाई बौद्धहरूले महत्वका साथ मनाउँछन् । पोखरामा यस दिवसको उपलक्ष्यमा सबै विहार र गुम्बाहरू मिलेर पोखरा उपत्यकाव्यापी बुद्ध पूजाको आयोजना गर्ने गर्दछन् । यो पूजाअन्तर्गत बिहान सबैरे शान्ति पदयात्राका रुपमा सबै विहार, चैत्य, गुम्बाहरूमा पुगेर बुद्ध पूजा गर्दछन् । ४० वर्षदेखि निरन्तर यो पूजाको सञ्चालन भइरहेको छ । यसले बौद्ध एकतालाई सुदृढ परेको छ भने यो पूजा पोखराको विशेषताको रुपमा पनि चर्चित छ ।
Related News
सम्बन्धित समाचार
इन्डोप्यासिफिक नेपाललाई अस्वीकार्य
जनताको आँखामा छारो हाल्ने नेताहरू
तस्करीको सुन जाँचबुझका लागि आयोग गठन
अनियन्त्रित बजार भाउ
धार्मिक सद्भाव कायम गर
hero news full width
मुख्य समाचार
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
मंसिर १२, २०८०सामाजिक सुरक्षा कोष : मालिक मजदुर दुवैको हित
मंसिर १२, २०८०राजतन्त्र कुनै हालतमा फर्किंदैन: देउवा
मंसिर ११, २०८०पोखरामा आइटिएफ जे–३० टेनिस सुरु
मंसिर ११, २०८०