गण्डकी सरकारमा एमालेको सहभागिता

सम्पादक
भाद्र १९, २०८१

लामो समय विवादमा अल्झिएको एमालेले गण्डकी प्रदेश सरकारमा ४ जना मन्त्रीहरु लिएर सहभागिता जनाएको छ । प्रदेशसभा सदस्य पद्मा जिसी श्रेष्ठको नेतृत्वमा पार्टीले कृष्णप्रसाद पाठक, मित्रलाल बस्याल र प्रकाशबहादुर केसीलाई मन्त्रीका लागि पठाएको हो । उनीहरुले सोमबार प्रदेश प्रमुख डिल्लीराज भट्टबाट शपथ पनि लिइ सकेका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको नेतृत्वमा गठित सरकारमा नवनियुक्त मन्त्रीहरुको मन्त्रालयको विभाजन पनि गरिएको छ । त्यसरी विभाजन गरिएको मन्त्रालयहरुमा पद्मा जिसीले कृषि भूमिसुधार तथा सहकारी, प्रकाशबहादुर केसी भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था, कृष्णप्रसाद पाठक स्वास्थ्य र मित्रलाल बस्याल उद्योग तथा पर्यटन तथा पाएका छन् ।

कांग्रेस संसदीय दलका नेता मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र एमाले दलका संसदीय नेता खगराज अधिकारीका बीच मन्त्रालय गठनमा कुरा नमिलेका कारण मन्त्री मण्डलले पूर्णता पाउन सकेको थिएन । नेता अधिकारी मन्त्रीहरुको संख्यामा ७ जनामा सीमित गर्न चाहन्थे भने मुख्यमन्त्री पाण्डे ९ पु¥याउन चाहन्थे । एकातिर मन्त्रीहरुको संख्यामा विवाद थियो भने अर्काेतिर कुन मन्त्रालय कसले पाउने भन्नेमा पनि उत्तिकै विवाद थियो । आजभोलि यस्तो अवस्था आएको छ कि मन्त्री भएरमात्र हँुदैन, उनलाई विभाग पनि धेरै बजेट भएको चाहिन्छ । यस्तो चलनले मन्त्रीको स्तर नै गिरेको जस्तो भएको चाहिन्छ । यो कुरा राजीव गुरुङ (दीपक मनाङे) ले प्रस्ट देखाएका छन् । उनले आफ्नो वरियता घटाएको र कम महत्वको मन्त्रालय दिएको भनेर मन्त्री पदबाटै राजीनामा दिएका छन् । मुख्यमन्त्री पाण्डेले उनलाई वन तथा वातावरण मन्त्रालय सुम्पेका थिए । यसअघि उनी भौतिक पूर्वाधार मन्त्री हँुदा मन्त्रिण्डलमा तेस्रो वरियतामा थिए ।

मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिएको पनि धेरै समय बित्यो तर उनले आफ्नो मन्त्रिमण्डललाई पूर्णता दिन सकेका थिएनन् । उनले आफ्नै पार्टीका नेताहरुलाई मन्त्री बनाएर काम चलाउँदै आएका थिए । त्यसको अतिरिक्त उनले दीपक मनाङे र नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटालाई आफूलाई अफ्ठ्यारोमा सहयोग गरेको भने मन्त्रिमण्डलमा सामेल गरेका थिए । तर, एमालेले भने त्यसरी राख्नु कांग्रेस–एमालेबीच केन्द्रमा भएको गठबन्धनको भावना र मर्म अनुसार नभएको भनी आलोचना समेत गरेको थियो । कसैले अराजनैतिक चरित्र आलोचना समेत गरेको थिए । कसैले रानैतिक चरित्र देखाएको भन्ने आरोप पनि लगाएका थिए । तर पछि मन्त्रालयको संख्या ९ पु¥याउन एमाले सहमत भयो र सरकारले एक किसिमले पूर्णता पाएको छ ।

Related News

सम्बन्धित समाचार

  • सरकारबाटै संविधानको अवहेलना

    सम्पादक भाद्र २०, २०८१
    देशमा २००७ सालमा ऐतिहासिक आन्दोलन भयो । त्यो आन्दोलनले १०४ वर्षसम्म रहेको एकतन्त्रीय जहानीयाँ राणा शासनको अन्त्य भयो प्रजातन्त्र आयो…
  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…

hero news full width