गण्डकी प्रदेशको कार्यक्रम

सम्पादक
जेठ २०, २०७७

१. गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम आइतबार प्रस्तुत गरेको छ । यसैगरी प्रदेश नीति तथा योजना आयोगले तयार गरेको पहिलो पञ्चवर्षिय योजना पनि सार्वजनिक गरिएको छ । ५ वर्षे, १२ वर्षे र २५ वर्षे गरि क्रमशः अल्पकानील, मध्यकालीन र दीर्घकालीन योजना अगाडि सारिएको छ ।

२. कार्यक्रममा कोरोना संक्रमणको प्रभावका कारण स्वास्थ्य क्षेत्रलाई नै बढी जोड दिइएको छ । संक्रामक तथा सरुवा रोग नियन्त्रण तथा उपचारका लागि प्रयोगशाला सहितका अस्पतालको स्थापना गरिने भएको छ । जिल्ला अस्पतालहरुलाई पाँच देखि ५० शैया सम्म र धौलागिरी अस्पताललाई दुइृसय शैया बनाइने छ । यसैगरी मनाङ र मुस्ताङमा दुई शैया र अरु जिल्लाहरुमा पाँच शैयाको सघन उपचार कक्ष निर्माण गर्ने नीति लिइएको छ ।

३. गण्डकी विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माण सुरु हुने भएको र विश्वविद्यालयमा पाँच सय शैयाको शिक्षण अस्पताल सञ्चालन गर्ने योजना बनाइएको छ । दक्ष जनशक्ति तयार गर्न प्राविधिक तथा व्यवसायिक प्रतिष्ठान स्थापना गर्ने र सामुदायिक विद्यालयहरुको सुदृढिकरण गरिने योजना रहेको छ । प्रदेशमा अन्तर्राष्ट्रिय रङ्गशाला, हाई अल्चिच्यूड खेलमैदान र क्रिकेट रंगशाला समेतको पूर्वाधार निर्माण हुनेछ ।

४. व्यवसायिक कृषिमा प्रोत्साहन गर्ने नीति अनुरुप मुस्ताङ, मनाङ र गोरखाका उत्तरी क्षेत्रमा स्याउ सुपरयोजना कार्यक्रम थप गर्ने, एक गाउँ एक उत्पादन कार्यक्रम प्रभावकारी बनाउने, यसैगरी एक सहकारी एक उत्पादन कार्यक्रमलाई अगाडि बढाइने भएको छ । बाँझो जमिनको तथ्याङ्क निकालेर चक्लाबन्दी गरि व्यवसायिक खेतीमा जोड दिइने छ । नमुना क्षेत्र छनौट गरी कृषकको वर्गीकरण तथा परिचयपत्र उपलब्ध गराउने उल्लेख भएपछि मापदण्ड तय गरिएको छैन ।

५. दुई वर्ष भित्रै पाँचसय ५२ किलोमिटर सडक कालोपत्रे गर्ने लक्षय राखिएको छ भने एक सय ४४ वटा सडक पुल निर्माण गरिने भएको छ । पर्यटन विकासको लागि पनि गुरुयोजना तर्जुमा गरिने भएको छ। धेरै पुरानै नीति तथा कार्यक्रम रहेका छन् । पहिलेदेखि चलिआएका योजनाको निरन्तरता नै सरकारको कार्यक्रममा देखिएको छ ।

Related News

सम्बन्धित समाचार

    • पुष्पलाल : गणतन्त्रका उद्घोषकर्ता

      सम्पादक श्रावण ८, २०७८
      वर्ष फरक परे पनि साउन महिनामा नेपाली राजनीतिक आकाशका २ नक्षत्र गुमेका छन् । नेपाली कांग्रेसका संस्थापक महामानव बिपी कोइराला…
    • गण्डकी सरकारको सकारात्मक पहल

      सम्पादक श्रावण ६, २०७८
      नागरिकको ज्यान बचाउनु सरकारको पहिलो दायित्व हो । अहिले विश्वभर कोरोनाको महामारी फैलिएका बेला सबैतिर खोपको चर्चा चलिरहेको छ ।…
    • करका दायरा बढाऊ

      सम्पादक श्रावण ५, २०७८
      मुलुकभर कोरोना महामारीको प्रभाव छ । यतिखेर आर्थिक गतिविधि ठप्प प्रायः छन् । सञ्चालित केही आथिक गतिविधि पनि पहिलेकै अवस्थामा…
    • खोप वितरण व्यवस्थित गर

      सम्पादक श्रावण ३, २०७८
      मानवीय जीवन नै आतंकित पार्ने गरी गत वर्षदेखि विश्वभर कोरोना भाइरसको महामारी फैलियो । नौलो प्रकारको यो भाइरसले कैंयौँको जीवन…
    • प्रधानमन्त्री देउवाका चुनौती

      सम्पादक असार ३१, २०७८
      नेपालको संसदीय अभ्यासमा शेरबहादुर देउवा पाँचौं पटक प्रधानमन्त्री बन्ने सौभाग्य प्राप्त गरेका छन् । उनले २०७८ असार २९ मा प्रधानमन्त्रीको…

    hero news full width