कोरोना भाइरसको अनुचित राजनीति

सम्पादक
माघ २४, २०७६

१. चीनमा देखिएको कोरोना भइरस अझै बढ्दै गएको छ । यसको संक्रमण बाहिर देशमा पनि फैलिएकोले विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकाल घोषणा गरेको छ । संकटकाल घोषणा गरिएपछि मानिसहरु सजग र सतर्क भएका छन् र यसबाट के कसरी मुक्ति पाउने हो ती उपायहरु गर्दैछन् ।
२. त्यसरी मुक्ति पाउने क्रममा धेरै देशहरुले चीनमा भएका आफ्ना नागरिकहरुलाई स्वदेश फर्काएका छन् । त्यसरी फर्काउने क्रममा नेपालले पनि त्यहाँ अध्ययन गर्न गएका विद्यार्थीहरुलाई फर्काउनु पर्ने आजाव उठेको छ । त्यहाँका विद्यार्थीहरु पनि छिटोभन्दा छिटो आफ्नो घर फर्किन तैयार छन् । त्यो उनीहरुले राजदूतावासमा जनाईसकेका छन् ।
३. त्यहाँबाट फर्काईएकाहरुलाई दुई हप्ता चिकित्सकको प्रत्यक्ष निगरानीमा आईसोलेशनमा राख्नु पर्ने कुरा आएपछि सरकारले विगत सातादेखि त्यसको तैयारी गरिरहेकोछ । नागरिक उड्ड्यन मन्त्री योगेश भट्टराईले चीनमा भएकाहरुलाई नेपाल फर्काउन दुईवटा जहाज तैयार रहेको जनाएको पनि धेरै दिन वितिसकेकोे छ ।
४. तैपनि त्यो जहाज नेपालीहरुलाई लिन चीन गएको छैन । उता चीनमा नेपालीहरु कहिले घर परिवारमा जाउँ भनेर छटपट्टिइरहेका छन् भने यता घरपरिवारकाहरु सरकारले तिनीहरुलाई ल्याउन किन ढिलो गरेको होला भनी आत्तिइरहेका छन् । १÷२ दिन गर्दै धेरै दिन वितेको छ ।
५. आईसोलेशन बेडको व्यवस्थापन र चिकित्सकहरुको बन्दोबस्त गर्न नसकेकोले नै ढिलो भएको होला त भन्ने प्रश्न पनि उब्जेको छ । चीनमा कोरोना संक्रमितहरुको तत्काल उपचारका लागि ६ दिनमा एक हजार शैयाको अस्पताल बनाएर रेकर्ड कायम गरिएको छ । त्यसको नेपालमा खुब प्रशंसा पनि भयो, तर त्यसबाट प्रेरणा लिएर हामीले १५० आईशोलेसन बेडको व्यवस्थापन गर्न सकेनौं ।
६. अव त कोरोना भाइरसले राजनीतिक रुप लिएको पनि बताइएको छ । चीन र अमेरिकाका बीच आरोप प्रत्यारोप पनि भएको छ । आरोप प्रत्यारोप पनि चर्कदैछ । यस्तो बेलामा हामीले पनि सोच्नु पर्ने वेला आएको छ कि कतै हामी त्यो राजनीतिको चेपुवामा त परेका छैनौं । त्यो गम्भीर विषय हो ।
७. कोरोना भाइरस संक्रमित रोग हो । यस्तो रोग जहाँ पनि देखिन सक्छ, फैलिन सक्छ । यस्तोमा राजनीति गर्नु उचित होईन । त्यो मानवता होईन । कसैले राजनीति गरेको छ भने हामी त्यसमा फस्नु हुदैन । अर्काको विवादमा फस्नु बुद्धिमानी होईन हामीले हाम्रै नागरिकलाई हेर्नै पर्दछ । उनीहरुको उद्धार गर्नु पर्दछ र चीनमा भएका नेपालीहरुलाई सकेसम्म छिटो फर्काउनु पर्दछ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width