कोरोनाको ओखती

Avatar सम्पादक
भाद्र २४, २०७७

१. कोभिड–१९ भाईरस संक्रमण रोक्ने औषधी बानिसकेको छैन । रुस, चिनी, अमेरिका आदि देशहरुले कोरोना विरुद्धको खोप तयारी गरी परीक्षण गरिरहेका छन् । शरीरमा कोरोना भाइरस विरुद्ध लड्ने शक्ति बनाउन सहयोग पु¥याउने खोप परीक्षण पुर ागरी सार्वसाधरणसम्म आईपुग्न अझै केही महिना लाग्न सक्छ । अचानक नयाँ रोग देखा पर्दा त्यस विरुद्धको खोप तयार गर्न ४÷५ वर्ष लाग्ने गरेकोमा अहिले ६ महिना वर्ष दिन भित्रै तयारी हुन थालेकोमा विज्ञान प्रविधिको क्षेत्रमा भएको दु्रततर विकास र उपलब्धी मान्नु पर्दछ ।

२. परीक्षण पुरा गरी खोप आउने वेला सम्मका लािग भने स्वास्थ्य सचेतना नै कोरोनाको ओखती सम्झनुपर्दछ । साबुनपानीले राम्रोसँग हात धुनु, मास्क प्रयोग गर्नु र भौतिक दूरी राखेर काम गर्न अहिलेको मुख्य ओखती यिनै हुन् । यी मध्ये कुनै पनि कुरामा हामी चुक्योँ भने कोरोना लाग्ने सम्भावना हुन्छ । ज्वरो आएमा, रुघाखोकी लागेमा वा स्वास प्रस्वासमा कठिनाई भएमा स्वास्थ्य जाँच गराउनु पर्दछ ।

३. कोरोना संक्रमण भएको शंका भएमा स्वाब परीक्षण गरिन्छ । परीक्षणमा पोजेटिभ रिपोर्ट आयो भने कोरोना भाइरस संक्रमण लागेको भन्ने हुन्छ । यस्तो अवस्थामा सामान्यतया डाक्टर सल्लाहमा घरमै वा अस्पतालमा आइसोलेसनमा सुरक्षित साथ बस्ने हो । जटिल अवस्था परेमा भने आईसियू मै बस्नुपर्ने हुन्छ ।

४. कोरोना लागेका मानिसको औषधी भनेको मनोबल नै हो भनिन्छ । म कोरोनालाई जित्छु भन्ने आँट लिएर मनोबल उच्च बनाए कोरोना आफै हट्दै जान्छ । उपचार गरेर फर्केकाहरुले भन्ने गरेका छन्–‘मनोवल उच्च पार्दा सजिलै जितिन्छ ।’ यो उनीहरुको अनुभव हो । खास ओखती केही खाएको होइन । केहीले आयुर्वेद चिकित्कसको सल्लाहमा जडीबुटी आयुर्वेदिक औषधी बोझो, गुर्जाे, बेसार आदी उमालेर खाएको सुनाउँछन् ।

५. कोरोनाको बन्देजमा रहँदा हामीलाई थुप्रै समस्याहरु परेका छन् । जिविका चलाउन मुस्किल भएको छ । उद्योग, धन्दा, व्यावार, व्यवसाय ठप्प छ । रोगले भन्दा भोकले मरिने डर बढ्दो छ । कोरोनाकै कारणले मात्र कति काम रोकेर बस्न सकिने अवस्था छैन । तर पनि सकेसम्म बच्ने उपाय गर्नु र सतर्क भएर काम गर्नु नै अहिलेको महत्वपूर्ण कुरो हो ।

हाम्रो सुझाव