१. संसदको सबभन्दा ठूलो दल नेपाली काङ्ग्रेसको १३ औं महाधिवेशनअन्तर्गत केही जिल्ला र क्षेत्रमा स्थगित भएको चुनाव फेरि सुरु हुँदै छ। पार्टीसभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनका कारण पार्टीले महाधिवेशन केही दिन स्थगित गरेको थियो। ती जिल्ला र क्षेत्रको चुनाव सम्पन्न गर्न २/३ दिन लाग्ने अनुमान गरिएको छ।
२. अहिलेसम्म चुनाव सम्पन्न भएका क्षेत्र र जिल्लाका अधिकांश कार्यकर्ता काठमाडौं पुगेका छन्। ती कार्यकर्ता र केही नेता तानातानमा परेका छन्। प्रायः नेता संस्थापन पक्ष र शेरबहादुर देउवा पक्षमा विभाजित भएका छन्। सुशील कोइरालाको निधनबाट सिर्जित शोकको यस घडीमा सबै मिलेर जानुपर्दछ भन्नेहरू विरलै देखिएका छन्।
३. दिवंगत कोइरालाले सधैं कार्यकर्तालाई व्यक्ति होइन, पार्टीहेर भनी भन्ने गर्दथे। त्यसो भन्ने नेताको निधनले पार्टीको समिकरणमा फरक ल्याएको अनुमान गरिएको छ। दिवंगत नेताले आफू उम्मेद्वार हुने घोषणा गरेका थिएनन्। तापनि अरुले चुनाव त्रिकोणात्मक हुने अनुमान गरेका थिए। तर अब चुनाव त्यसरी त्रिकोणात्मक शायद हुने छैन।
४. कार्यबाहक सभापति रामचन्द्र पौडेल संस्थापन पक्षको उम्मेदवार हुने संकेत देखिएको छ भने अको पक्षको एकमात्र उम्मेदवार देउवा हुने पक्का छ। दुवै पक्षले मतदाताको जोडघटाउ गर्न सुरु गरेका छन्। दुवै पक्षले बाँकी जिल्लाको चुनावमा गहिरो आँखा गाडेका छन्। कतै यही बाँकी जिल्लाका मतदाता नै निर्णायक हुने हुन् कि भन्ने पनि गरिएको छ।
५. नेता र कार्यकर्ताको ध्यान पूर्ण रुपले चुनावतिर गएको छ। त्यसरी सबैको ध्यान चुनावतिर गएकाले महाधिवेशनमा खास विचारको प्रस्ताव नआउने हो कि भन्नेहरू पनि छन्। विचारको महाधिवेशन हुनुपर्नेमा चुनावको महाधिवेशन हुने खतरा बढेको छ। नेताहरूलाई चुनाव लागेपछि सबभन्दा ठूलो नै चुनाव हुन्छ।
६. चुनावको सरगर्मी विस्तारै बढ्दै छ। नेताहरू कुन पदमा आफू चुनाव लड्ने भनी हिसाब-किताब गर्दै छन्। महत्वकांक्षीहरू कुन पक्षले आफूलाई ठूलो पद देलान् भनी यता र उता दुवैतिर लोभी आँखा दौडाउँदै छन्। तैपनि धेरैले आफूलाई यो पक्षको भनी चिनाइसकेका छन्।
७. नेपाली काङ्ग्रेस ठूलो र पुरानो पार्टीभएकाले यसको महाधिवेशन राजनीतिमा चाख राख्ने सबैका लागि महत्वको विषय भएको छ। यसले के निर्णय गर्दछ, त्यो धेरैको चासोको विषय हुन्छ। त्यसमा पनि महाधिवेशनले नेतृत्व चयन गर्ने भएकाले त्यो अरु महत्वको हुन्छ। आगामी दुर्इ साता काङ्ग्रेस र काङ्ग्रेसको चर्चा बढ्दै जानेछ।
Related News
सम्बन्धित समाचार
सरकारबाटै संविधानको अवहेलना
गण्डकी सरकारमा एमालेको सहभागिता
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
hero news full width
मुख्य समाचार
सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित
पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन
भाद्र २६, २०८१पोखरामा हाप्किडो सेमिनार
भाद्र २५, २०८१रवि लामिछानेविरुद्ध पोखरामा सहकारीपीडितको नाराबाजी
भाद्र २५, २०८१संरक्षण क्षेत्रमा पालिकाको नजर : एमक्यापमा शुल्क लिने चुमनुब्रीको निर्णय
भाद्र २५, २०८१फेवाताल जलाधारको दिगो व्यवस्थापन कसरी ?
भाद्र २४, २०८१