१. नेपाली काङ्ग्रेसको १३ औं महाधिवेशन आगामी फागुन महिनामा काठमाण्डौमा हुँदै छ। महाधिवेशन जति नजिक आउँदैछ, उति काङ्ग्रेस नेताहरू र कार्यकर्ताहरू सक्रिय हुन थालेका छन्। विशेषतः उम्मेदवार हुन खोज्नेहरू कोही जिल्ला भ्रमण गरिरहेका छन् भने कोही कुन गुटमा लाग्ने र चुनावमा कसरी प्रस्तुत हुने गृहकार्यमा ब्यस्त छन्।
२. संसदमा सबैभन्दा ठूलो दल भएकाले काङ्ग्रेस पार्टीको आफ्नै महत्व छ। विगतमा ठूलठूला परिवर्तनको नेतृत्व पनि काङ्ग्रेसले गरेको सर्वविदितै छ। त्यस्तो महत्वपूर्ण भूमिका खेलेको भएता पनि विरोधीरूको चर्को स्वरका कारण यसको महत्व र योगदान छाँयामा परेको काङ्ग्रेस कार्यकर्ता बताउँछन्।
३. काङ्ग्रेस पार्टीसधै मध्यमार्गी धारमा जाने भएकाले यसका नीति र कार्यक्रमहरूमा त्यत्ति उतारचढाब देखिँदैन। चर्को नारा र खोक्रो आश्वासन पनि यसले त्यत्ति दिँदैन। यथार्थमा आधारित पार्टीभएकाले त्यो व्यवहारवादी पार्टीका दर्ता भएको छ। आफ्नो सिद्धान्तमा निरन्तर अग्रसर छ।
४. गिरिजाप्रसाद कोइरालाको निधनपश्चात् काङ्ग्रेसको नेतृत्व दोस्रो पुस्तामा सरेको छ। अहिलेसम्म पार्टीको नेतृत्वमा सुशील कोइराला छन्। वरिष्ठ नेता शेरबहादुर देउवाले पार्टीअलग भएका बेला पार्टीको नेतृत्व गरेका थिए। अर्का शीष्ा नेता रामचन्द्र पौडेल भने नेतृत्वमा पुग्न नपाएकामा छटपटाइ रहेका छन्।
५. त्यसैले पनि हुन सक्दछ कि पार्टीसभापति पदको उम्मेदवार हुने घोषणा उनले पहिले नै गरिसकेका छन्। देउवा पक्षबाट उनी आँफै हुने निश्चित छ। संस्थापन पक्षबाट सभापति कोइराला आफै प्रत्यासी हुने देखिन्छ। प्रधानमन्त्रीको उम्मेदवार भएर उनले त्यही सङ्केत गरेका छन्।
६. काङ्ग्रेस पुरानो र ठूलो पार्टीहो। तर अहिले पार्टीभत्र क्रियाशील सदस्यताको विवाद जे-जसरी उठिरहेछ, त्यो राम्रो होइन। कोही क्रियाशील सदस्यता जसलाई पायो उसलाई बनायो भन्दै छन् भने कोही आफूले भनेअनुसार गरेन भनी पार्टीकार्यालयमा अनसन नै बसिरहेका छन्। केन्द्रीय कार्यालयअगाडि एक किसिमको तमासा छ।
७. तमासा भएको हप्ता दिनभन्दा बढी भएको छ। तर नेतृत्व तहकाले त्यो समस्या सुल्झाउन प्रयास गरेका छैनन्। केन्द्रीय सभापति हुन खोज्नेहरूले पनि केही गरेको देखिएन। पार्टीका ठोस कामका कुरा गर्नेभन्दा केही नगरेरमाथि तीर हेर्नेहरूले बढी अवसर पाउने गरेकाले नयाँ चिन्तन र नयाँ सोँच हराउँदै गएको छ। केन्द्रदेखि तलसम्मका पदमा उम्मेदवार हुन खोज्ने कसैले पनि संगठनलाई यसरी लैजान्छौँ भनी नयाँ कुरा दिएका छैनन्। आफू र आफ्नो समूहका लागि भोट माग्नु नै उनीहरूको काम भएको छ। पार्टीको चहलपहल अहिले यसैमा सीमित छ।
Related News
सम्बन्धित समाचार
सरकारबाटै संविधानको अवहेलना
गण्डकी सरकारमा एमालेको सहभागिता
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
hero news full width
मुख्य समाचार
डिएलए कास्कीमा शर्मा
पोउवा संघमा २२५१ मत खस्यो, मतगणना आइतबारदेखि
भाद्र २९, २०८१पाल्पाली बहुउद्देश्यीय सहकारीको छैटौं साधारणसभा
भाद्र २९, २०८१‘सराङकोट धार्मिक पर्यटकीय गन्तव्य’
भाद्र २९, २०८१पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी
भाद्र २९, २०८१लक्ष्मी विद्या पदक प्रदान
भाद्र २८, २०८१