१. नेपाली काङ्ग्रेसको १३ औँ महाधिवेशनले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई सभापति पदमा निर्वाचित गरेको छ। पार्टी महामन्त्री र कोषाध्यक्षको नतिजा पनि सार्वजनिक भएको छ। तर सदस्यहरूको मतगणना जारी छ। अर्थात् महाधिवेशन पूर्ण रुपले सम्पन्न भइसकेको छैन। तैपनि मानिसले सरकार परिवर्तनको हल्ला चलाउन थालेका छन्।
२. काङ्ग्रेसका एकदुर्इ नेताले पनि संसदमा सबभन्दा ठूलो पार्टी एको नाताले सरकारको नेतृत्व काङ्ग्रेसले गर्नुपर्ने विचार व्यक्त गर्दै छन्। सरकारका साझेदार पार्टी भने काङ्ग्रेस सरकारमा सामेल हुनुपर्ने तर्कअघि सार्दै छन्। उनीहरू काङ्ग्रेस सरकारमा आए संविधानको कार्यान्वयनमा सहजता आउने विचार व्यक्त गर्दै छन्।
३. प्रधानमन्त्री केपी ओली भने काङ्ग्रेसले नेतृत्व दाबी गर्ला कि भनेर आफ्नो आसनलाई दरिलोसँग समात्न थालेका छन्। उनले ६/६ उपप्रधानमन्त्री राख्नु र मन्त्रिपरिषद् त्यत्ति ठूलो आकारको बनाउनु नै सत्ताको नेतृत्व त्याग्नु नपरोस् भनेर हो। सत्ताको नेतृत्व त्याग्नुपर्ने भय उनमा पहिले देखि थियो र अहिले त्यो भय बढेको प्रष्ट भएको छ। उनको मुटुको चाल बढ्दै गएको छ।
४. काङ्ग्रेसका नवनिर्वाचित सभापति देउवाले के बोल्छन् भनी उनका एकएक अक्षरको अर्थ निकाल्नेहरू पनि छन्। केही सदस्यको निर्वाचन परिणाम ननिस्कसम्म केही हुँदैन भन्नेहरू छन्। यस्तो कुराको निर्णगर्ने संस्था निश्चय नै केन्द्रीय समिति हो। २/४ दिनमा त्यसको परिणाम आउने अनुमान छ।
५. त्यो परिणाम जे-जस्तो आएता पनि नेपाली काङ्ग्रेस प्रजातान्त्रिक सिद्धान्त र आदर्शमा अडेको पार्टी ो र त्यसले जे गर्दा त्यो प्रजातान्त्रिक सिद्धान्त अनुसार गर्छ भन्ने धेरैको विचार छ। प्रजातान्त्रिक सिद्धान्त अनुसार प्रतिपक्ष चाहिन्छ र त्यो प्रतिपक्ष बलियो हुनुपर्दछ। त्यस्तो विचार गर्नेहरू काङ्ग्रेस सरकारमा जानु हुँदैन र प्रतिपक्षमा नै रहेर सरकारलाई खबरदारी गरिरहनु पर्दछ भन्ने ठान्छन्।
६. कतिपय वास्तविक प्रजातन्त्रमा विश्वास गर्न हिचकिचाउने सबैलाई सरकारमा हुल्न पाए सरकार मजबुत हुन्छ र जे गर्न पनि सकिन्छ भन्ने स्वेच्छाचारी विचार राख्छन्। यस्तो कुरामा काङ्ग्रेस गम्भीर हुनुपर्दछ र प्रजातन्त्रको धर्म निर्वाह गर्नुपर्दछ। त्यसका लागि पार्टी रकारमा जानु वा सरकारको नेतृत्व खोज्नुभन्दा प्रतिपक्षमा रहिरहनु उचित देखिन्छ।
७. फेरि यो सरकार लामो समयका लागि आएको पनि होइन। त्यत्ति पनि धैय नगरेर सत्तातिर आँखा लगाउनु उचित हुँदैन। सरकारलाई छिटो फेर्ने हाम्रो प्रवृति पनि विकास बन्धक भएको छ। अझसम्मको इतिहासमा कुनै पनि सरकारले पूरा अवधि काम गर्न पाएको छैन। यस्तो कुरालाई महत्वका रुपमा हेरेर पनि नीति निर्धारण गर्नुपर्दछ। प्रधानमन्त्रीले छ महिना राम्ररी काम गर्न पाएका छैनन्। उल्टो गणना सुरु गर्ने प्रथालाई तोड्नुपर्दछ। काङ्ग्रेसले के-कस्तो सकारात्मक र रचनात्मक कदम चाल्ला त्यो केही दिनमा देखिनेछ।
Related News
सम्बन्धित समाचार
सरकारबाटै संविधानको अवहेलना
गण्डकी सरकारमा एमालेको सहभागिता
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
hero news full width
मुख्य समाचार
पोखराको पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड हुने
पर्यटकीय याममा पोखराको तयारी
भाद्र २७, २०८१उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
भाद्र २६, २०८१सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित
भाद्र २६, २०८१पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन
भाद्र २६, २०८१पोखरामा हाप्किडो सेमिनार
भाद्र २५, २०८१