मंसिर ४ गते सम्पन्न चुनावको परिणाम मध्ये प्रत्यक्षतर्फको मतगणना पूरा भएको छ भने समानुपातिकतर्फको गणना पनि सिद्धिने अवस्थामा छ । त्यसको मोटामोटी आकलन गरिएको छ । घोषित परिणामअनुसार नेपाली कांग्रेस संसदमा सबभन्दा ठूलो दल भएको छ । कांग्रेस ठूलो दल भएकोले त्यसको नेतृत्वमा सरकार बन्ने निश्चित छ । तैपनि बाहिर अनेक तिकडम भइसकेको छ । बाहिर त्यस्तो तिकडम भइरहेको छ भने कांग्रेसभित्र संसदीय नेताका लागि प्रतिस्पर्धा चलेको छ । संसदीय दलको नेता बन्न जो जसरी आएका छन्, त्यसले प्रधानमन्त्री शेरबहादुर देउवाको आसन हल्लिएको छ । तैपनि उनी आफ्नो आसन छोड्न तयार देखिँदैनन् । उनले स्थिति कसरी अघि बढ्छ, त्यो नियाली रहेछन् ।
यो पटक पुस्तान्तरणको आवाज चर्को रुपमा आएको छ । कांग्रेसभित्र मात्र होइन, राजनीतिक क्षेत्रबाहिर पनि त्यो आवाज चर्को रुपमा सुनिँदै छ । तर एमाले र माओवादी पार्टीभित्र भने त्यो खबर सुनिएको छैन । कांग्रेस पार्टीमा पार्टीका महामन्त्री गगन थापाले चुनावको पूर्व सन्ध्यामा आफू प्रधानमन्त्रीको दाबेदार भएको बताएका थिए । उनको त्यो विचारलाई अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि साथ दिएपछि नेता गगनको पक्ष अरु सुदृढ भएको देखिएको छ । पहिलेदेखि प्रधानमन्त्रीको दाबेदारको रुपमा रहँदै आएका वरिष्ठ नेता रामचन्द्र पौडेलले यसैबीच आफू सहमतिको विन्दु भएको उल्लेख गरेका छन् । एकातिरको स्थिति यस्तो छ भने अर्कोतिर कोइराला परिवारको विरासतको कुरा पनि आएको छ । बिपीका छोरा शशांक कोइराला र डा. शेखर कोइरालाले पनि यस पटक आफूलाई सशक्त दाबेदारका रुपमा प्रस्तुत गरेका छन् । कांग्रेसभित्रको राजनीति दिनदिनै गरम हुँदै गएको छ ।
कांग्रेस पार्टीको यो विशेषता हो कि पार्टीभित्र प्रजातन्त्र छ । प्रजातन्त्र भएकैले त्यहाँ नेतृत्वसँग प्रतिस्पर्धा हुन्छ । यही त्यसको जीवन्त हो । प्रतिस्पर्धामा अरु थपिन पनि सक्छ भने सहमतिमा त्यो संख्या घट्न पनि सक्छ । त्यो जे भए पनि यस पटक संसदीय दलको नेताको लागि प्रतिस्पर्धा हुन्छ भन्ने कुरा निश्चितप्राय छ । संसदमा कुनैपनि एक पार्टीको बहुमत नआएको स्थिति भएकोले गठबन्धनमा सरकार गठन गर्नु बाध्यता हो । त्यसको लागि आफू उपयुक्त पात्रका रुपमा भएको प्रधानमन्त्री शेरबहादुर देउवाले भन्ने गरेका छन् । सबैको आ–आफ्नै नारा छ, विचार छ । अरु आफ्नो पक्षमा वकालत गर्नु नराम्रो होइन अहिलेसम्म जे भएको छ, त्यो राम्रैका लागि भएको छ । पारदर्शिताको दृष्टिबाट पनि त्यसलाई राम्रो मानिन्छ । त्यो पार्टीभित्रको आन्तरिक चुनाव भए तापनि त्यसले धेरैलाई आकर्षित गरेको छ र मानिसहरुमा कांग्रेसप्रति उत्सुकता बढाएको छ ।
Related News
सम्बन्धित समाचार
नयाँ सरकारसामु किसानका पुराना समस्या
लुम्बिनीलाई विवादको स्थल नबनाऊ
नयाँ राष्ट्रपतिको चर्चा
असभामुख घिमिरेका चुनौती
पृथ्वीजयन्तीमा बिदा गरियोस्
hero news full width
मुख्य समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
माघ २२, २०७९प्रदेशका पाँच वर्ष : अपेक्षा धेरै, फिलतो कार्यान्वयन
माघ २२, २०७९२१ नाटक प्रदर्शनसहित सकियो नाटक महोत्सव
माघ २१, २०७९प्रदेश सांसदका चिन्ता: न संघले हेर्छ, न पालिकाले टेर्छ
माघ २१, २०७९मुग्लिन–पोखरा सडकखण्ड निर्माण सुस्त, पर्यटनमा मार
माघ २१, २०७९