औद्योगिक प्रदर्शनी र उत्पादनको प्रयोग

सम्पादक
जेठ २४, २०७६

१. उद्योग विभागको आयोजना तथा नेपाल घरेलु तथा सानाउद्योग संघको सह आयोजनामा बुधबारदेखि काठमाडौंमा राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा लघु घरेलु तथा सानाउद्योग प्रदर्शनी शुरु भएको छ। प्रदर्शनी क्रेता र बिक्रेताका संगम स्थल भएकोले त्यसमा सहभागीहरुको संख्या बढ्दो छ।

२. राष्ट्रलाई आर्थिक रुपले सक्षम बनाउन उद्योग धन्दाले महत्वपूर्ण भूमिका खेल्दछ। यस्तो महत्वपूर्ण भूमिका खेल्ने भएकोले उद्योग धन्दाको स्थापना र त्यसको विकास गर्नु अहिलेको पहिलो आवश्यकता भएको छ। सरकारले पनि बारम्बार यस क्षेत्रमा लगानीका लागि आग्रह गर्ने भएको छ।

३. त्यसै क्रममा काठमाडौंमा आयोजित प्रदर्शनीलाई महत्वपूर्ण रुपमा हेरिएको छ। त्यसमा देशका ठूला उद्योगदेखि घरेलु तथा साना उद्योगका उत्पादनहरु पनि प्रदर्शन गरिएकाछन्। यस्तो प्रदर्शनीले उद्योगीहरुलाई उत्पादन बिक्री वितरणगर्ने अवसर दिने मात्र होइन नयाँ लगानीकर्ताहरु के गरौं र कसो गरौं भनेर बसिरहेकालाई पनि बाटो प्रशस्त गर्न सक्दछ।

४. वास्तवमा भन्ने हो भने हाम्रो देशका लागि चाहिने साना र घरेलु उद्योगहरु हुन्। साना र घरेलु उद्योगले रोजगारीको अवसर बढाउँछन् भने देशमा भएका कच्चा पदार्थको उपयोग गर्दछन्। यस्ता उद्योगले आयात प्रतिस्थापन गर्दछन् भने निर्यात प्रवद्र्धन गर्नमा पनि उत्तिकै सघाउ पुर्याउँछन्।

५. सरकारले विदेशी लगानीकर्ताहरुलाई लगानी गर्न धेरै पहिलेदेखि आह्वान गरिरहेको छ। सरकारले त्यसको लागि लगानी सम्मेलन पनि आयोजना गर्यो। तैपनि उनीहरु लगानी गर्न आएका छैनन्। उनीहरु किन आएनन्, के कारणले आएनन्। त्यो सरकारको कुरा हो तर हामीले हाम्रो देशको लागि केही गर्नै पर्दछ। यो हाम्रो आवश्यकता हो।

६. उद्योगीहरुका धेरै धेरै शिकायतछन्। ती शिकायत सरकारले तुरुन्त सुन्नु पर्दछ र सुनेर त्यसको समाधान गरिदिनु पर्दछ। हामीकहाँ एकताका पश्मिना उद्योग खूब फैलिएको थियो। तर उचित संरक्षणको अभावमा पश्मिना उद्योग बन्द नै भए। अन्य उद्योगहरुपनि त्यस्तै त्यस्तै अवस्थामा छन्।

७. अर्को उल्लेख गर्नु पर्ने कुरा के पनि छ भने हामीले स्वदेशी उद्योगको उत्पादन प्रयोग गर्ने बानी बसाल्न पनि सक्नु परेको छ। हामीकहाँ सीमित मात्रामा भए पनि कपडा तैयार हुन्छन् तर स्वदेशमा तैयार भएको कपडा हाम्रो शरीरमा देखिँदैन। केहीले ढाकाटोपी र ढाकाको चोली लगाएको देखिन्छ। धेरैले त्यत्ति पनि लगाउँदैनन्। अर्थात् हामीले हाम्रो उत्पादन प्रयोग गर्दैनाँै भने अरुले किन प्रयोग गरुन्? यो महत्वपूर्ण प्रश्न हो। यसलाई सरकारले पनि महसुस गर्नु पर्दछ। सकेसम्म स्वदेशी उत्पादन प्रयोग गर्ने बानी पार्नु पर्दछ। सरकारले यसमा अगुवाई गर्नुपर्दछ। केही वर्ष यसलाई अभियान कै रुपमा लैजान सके हाम्रो उद्योगको प्रवद्र्धन दु्रत गतिलो हुने देखिन्छ। यी सबै दृष्टिले काठमाडौंमा आयोजित प्रदर्शनी सम–सामयिक महत्वको देखिन्छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width