अहिले जताततै युवाहरूको चर्चा छ । युवाहरूलाई समेट्नु पर्दछ, युवाहरूलाई अघि सार्नु पर्दछ र युवाहरूलाई नेतृत्वमा पुर्याउनु पर्दछ भन्ने आवाज चर्को हुँदै छ । त्यो आवाज हिजोभन्दा आज अरु चर्को भएको छ । खास गरेर राजनीतिमा यी आवाजहरू बुलन्द भएको छ । काठमाडौं उपत्यकामा नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक भइरहेको छ । त्यो बैठकमा युवा नेताहरूले आफूहरूलाई नेतृत्व दिनुपर्ने कुरा प्रत्यक्ष/अप्रत्यक्ष रुपमा व्यक्त गरिरहेका छन् । तर वृद्ध नेताहरू भने कानमा तेल हालेर बसिरहेका छन् । उनीहरू नेतृत्व छाड्न तयार छैनन् । ती दुई पक्षबीच विवाद बढ्दै गएको छ । नेपाली कांग्रेसमा मात्र होइन, नेकपा एमाले र माओवादी लगायत पार्टीहरूमा पनि त्यो विवाद चर्को रुपमा रहेको छ तर ती अन्य पार्टीहरूमा कांग्रेसमा जस्तो गरी प्रष्ट र खुला रुपमा भनेको सुनिँदैन ।
राजनीतिक पार्टीका युवा नेताहरूले आफूहरू छिटो नेतृत्वमा पुग्न वृद्ध नेताहरूलाई अनेक किसिमको छेकबारहरू तेस्र्याउँदै छन् । कतै २ पटकभन्दा बढी लगातार शीर्ष नेतृत्वमा रहन नपाउने गरी वैधानिक अड्चन तेस्र्याएका छन् भने कतै ७० वर्षभन्दा माथिका केन्द्रीय पदमा उम्मेदवार हुनै नपाउने प्रावधान राखिएको छ । त्यो प्रावधान राख्नुलाई युवाहरूको जीतको रुपमा लिने गरिएको छ । तर पुराना नेताहरू भने कसरी ती प्रावधान हटाउने भनेर त्यसविरुद्धमा तल्लीन भएका छन् । एमालेले ७० वर्षको प्रावधानलाई निलम्बन गरिसकेको छ । तर त्यहाँ त्यसविरुद्धमा आवाज घन्केको सुनिएको छैन । अहिले त झन् एमाले अध्यक्ष ओलीले एक अन्तर्वार्तामा यस्तैगरी चिढ्याउने बढ्दै गए भने आफूले १०२ वर्षसम्म नेतृत्व गर्ने विचार व्यक्त गरेका छन् । उनको त्यो अभिव्यक्ति आएपछि कार्यकर्ताहरूमा उकुसमुकुसपन बढेको छ । तर तिनीहरूले त्यो कुरा प्रकट गर्ने सकिरहेका छैनन् । सबैभन्दा लामो अवधि नेतृत्वमा रहँदै आएका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल हुन् । तर त्यो पार्टीमा उनीविरुद्धमा बोल्न साहस कसैले गर्न सक्दैनन् । त्यहाँको वातावरण नै त्यस्तै छ ।
वास्तवमा युवा भनेको एउटा नवीनता हो, एउटा शक्ति हो र परिवर्तन हो । युवाहरूमा साहस हुन्छ । केही नयाँ काम गर्ने भावना हुन्छ, आफ्नो भविष्यप्रतिको चिन्तन हुन्छ र दूरगामी सोच हुन्छ । दूरदृष्टि लगाउन सक्दछ । ती सबैको अतिरिक्त उनीहरू निरन्तर अथक परिश्रम गर्न सक्छन् । शारिरीक र मानसिक रुपमा पनि उनीहरू तन्दुरुस्त हुने भएकाले उनीहरूको माग बढेको छ । क्रमशः उनीहरूलाई दायित्व र नेतृत्व सुम्पनु आजको आवश्यकता हो ।
Related News
सम्बन्धित समाचार
श्रीकृष्णको महिमा अपरम्पार
फरक फरक मापदण्ड नबनाऊ
सुनकाण्ड र संसद अवरुद्ध
प्राज्ञहरूको पोखरा घोषणापत्र
भानुभक्तको योगदानको चर्चा
hero news full width
मुख्य समाचार
सरकार र आन्दोलनरत शिक्षकबीचको पहिलो वार्ता निष्कर्षविहीन
प्रदेशका संरचना र खर्च कटौती गर्न कार्यदल
असाेज ४, २०८०संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी
असाेज ३, २०८०उदार संविधान, अनुदार नेतृत्व
असाेज ३, २०८०एमाले गण्डकी प्रथम अधिवशेनको तयारीमा, लोगो सार्वजनिक
असाेज २, २०८०गण्डकीलाई लामाचौर कप भलिबल उपाधि
असाेज २, २०८०