एसएलसीका परीक्षार्थीलाई शुभकामना

सम्पादक
चैत्र १, २०६९

१  यस वर्षको एसएलसी परीक्षा आजदेखि सुरु हुँदैछ। परीक्षा चैत ९ गतेसम्म सञ्चालन हुने छ। यस वर्ष परीक्षामा पाँच लाख ४७ हजार १६५ जना सहभागी हुने जनाइएको छ। तीमध्ये चार लाख ३० हजार ९७ जना नियमिततर्फ र एक लाख १७ हजार १६५ जना एक्जाम्टेड तर्फका छन्। हामी सम्पूर्ण परीक्षार्थीलाई सफलताको लागि अग्रिम शुभकामना व्यक्त गर्दछौं।

२. विद्यार्थीका लागि यो परीक्षा ज्यादै महत्त्वपूर्ण मानिन्छ। महत्त्वपूर्ण भएकोले यसलाई गाह्रो पनि सम्झने गर्दछन्। कसैकसैले यसलाई फलामे गेट पनि भन्ने गर्दछन्। तर अहिले यो फलामे गेट होइन गोल्डेन गेट भएको छ। यो परीक्षा पास गरेपछि विद्यार्थीहरूले आफूलाई मन परेको विषय छनौट गरी पढ्ने अवसर पाउँछन्।

३. पहिले-पहिले विद्यालयमा शिक्षकको अभाव हुन्थ्यो। शिक्षक भए पनि तालिम प्राप्त शिक्षक पाइँदैनथ्यो। कतिपय ठाउँमा पाठ्यपुस्तक पाइँदैन्थ्यो। त्यस्तो समस्याले गर्दा विद्यार्थीको कोर्स पूरा हुँदैन्थ्यो। कोर्स पूरा नहुँदै कतिपय विद्यार्थीले परीक्षा दिनुपर्ने हुन्थ्यो। त्यस्तो अवस्थाका विद्यार्थीले एसएलसी पास गर्नु फलामे गेट पार गर्नुजस्तै थियो। तर अहिले स्थिति त्यस्तो रहेन। अहिले फलामे गेट भनिराख्नु आवश्यक छैन।

४. फलामे गेट भन्दा विद्यार्थीमा त्यसको नराम्रो नकारात्मक र मनोवैज्ञानिक असर पर्न सक्छ। प्रत्येक वर्ष हुने यो परीक्षालाई सहज र स्वभाविक रूपमा लिनुपर्दछ। यसमा शिक्षक र अभिभभावकले विशेष ख्याल गर्नुपर्दछ। विद्यार्थीले पनि यस्तो परीक्षा हिजो पनि भएको थियो भोलि पनि हुनेछ, आज आफ्नो पालो आएको मात्र हो भनी यसलाई अवसरको रूपमा लिनुपर्दछ।

५. फेरि हिजो एसएलसीमा थोरै प्रतिशत विद्यार्थी मात्र पास गरिन्थ्यो। नीति निर्धारणको तहमा बसेका पदाधिकारीले परीक्षाको नतिजालाई के कसरी नियन्त्रण गर्ने भन्ने मात्र सोच राख्दथे। तर अहिले त्यो सोचमा पनि परिवर्तन आएको छ। अब सकेसम्म विद्यार्थीलाई किन फेल गर्ने भन्ने अवधारणा आएको छ। त्यसैले अब एसएलसी नियन्त्रण कार्यालय भन्नुभन्दा व्यवस्थापन गर्ने कार्यालय भन्नुपर्ने अवस्था आएको छ।

६. हामीले पहिलेदेखि भन्दै आएका छौं कि विद्यालय पढाइको दुर्इ स्तर छन्। निजी विद्यालयको स्तर एउटा छ भने सार्वजनिक विद्यालयको स्तर अर्कै छ। पाठ्यपुस्तक र पाठ्यक्रम पनि फरक छ। एसएलसीको नतिजाले पनि त्यो फरकलाई राम्ररी देखाएको छ। केहीलाई छोडेर सार्वजनिक विद्यालयको नतिजाको प्रतिशत थोरै हुने गरेको छ।

७. धेरै वर्ष त्यस्तो भइरहँदाखेरि सार्वजनिक विद्यालयका विद्यार्थीमा लघुताभासको स्थिति सिर्जना भई हीनताबोध हुन सक्दछ। त्यस्तो स्थिति आउन दिनु कदापि उचित होइन। त्यस कारण दुर्इ तहका विद्यालयलाई दुर्इ वटा एसएससी बोर्ड गठन गर्नु उचित देखिन्छ। अन्य देशमा पनि छुट्टाछुट्टै बोर्ड गठन गरिएका हुन्छन्। यो एक वास्तविकता हो। यो वास्तविकतालाई सम्बन्धित पक्षले छिटोभन्दा छिटो मनन् गरी तदानुसार कार्यान्वयन गर्नु आवश्यक छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width