एकल महिलाको अवस्थामा ध्यान देऊ

सम्पादक
असार १२, २०७३

१. हाम्रो समाजमा पछि परेका धेरै वर्ग छन्। तीमध्ये एक ठूलो वर्ग हो : महिला। महिलापछि परेका छन् भन्नेमा विवाद छैन। वर्तमान समाजमा पनि उनीहरू शोषित र पीडित छन्। त्यो शोषण र उत्पीडनबाट उम्कन उनीहरूले धेरै प्रयास गरिरहेका छन्। उनीहरूमध्ये केही त्यसबाट मुक्त भएका छन् र समाजमा नाम, दाम र प्रतिष्ठा कमाएर बसेका छन्। तर अरु अझै असमानता र उत्पीडनको जाँतोमा पिल्सिएर बस्न बाध्य छन्।

२. त्यसरी उत्पीडनको शिकार भएर बस्न बाध्य भएको एक वर्ग हो : एकल महिला। एक महिला हुनु कसैको चाहना होइन। त्यो उनीहरूको विवशता हो, बाध्यता हो। अको शब्दमा भन्ने हो भने उनीहरूलाई भाग्यले ठगेको हो। भाग्यले ठगेकालाई यो स्वार्थी समाजले के-कसरी हेर्दछ र व्यवहार गर्दछ भन्ने कुरा यहाँ उल्लेख गर्नु आवश्यक छैन।

३. एक महिलाको संख्या हाम्रो देशमा अस्वभाविक रुपले बढेको छ। माओवादी सशस्त्र द्वन्द्वका कारणले धेरै महिलाको सिन्दूर पुछिएको थियो भने गत वर्षको भूकम्पले पनि ठूलो संख्यामा महिला महिला हुन बाध्य भए। एकल महिलाको संख्या छ लाख पुगेको अनुमान गरिएको छ।

४. त्यसरी एकल भएका महिला भएकाको आफ्नै करुण कथा र हृदय विदारक व्यथा छन्। उनीहरूको आधार एक्कासी भास्िसएपछि आफै छोराछोरीको लालनपालन र पठनपाठनको समस्या सगरमाथाजस्तै उच्च भएर आउँछ। सगरमाथाजस्तै अग्लो समस्याको समाधान गर्नु कम चुनौतीको विषय होइन।

५. त्यसमा पनि हाम्रो धर्म, संस्कार र संस्कृति जे-जति छन्, ती सबै एकल महिलाको विरुद्धमा छन्। धर्म, संस्कार र संस्कृतिक आडमा यो गर्न हुँदैन र त्यो गर्न हुँदैन भन्दै घर परिवारमा एकल महिलालाई भेदभावको व्यवहार गरिन्छ, अमानवीय व्यवहार गरिन्छ। घर, परिवार र समाजको यस्तो व्यवहारले उनीहरूमध्ये कतिपयले नारकीय जीवनयापन गर्नु पर्दछ।

६. तर अहिले सेती नदिमा पानी धेरै बगिसेको छ। तदानुसार समय र समाजमा पनि केही परिवर्तन आएको छ। उनीहरूलाई समाजले हेर्ने  दृष्टिमा पनि परिवर्तन आएको छ। एकल महिलाहरू संगठित भएर आफ्नो हकहितको कुरा उठाउन थालेपछि उनीहरूको अवस्थामा धेरै सुधार आएको छ। उनीहरूको लवाइखुवाइमा परिवर्तन आएको ाछ। अको शब्दमा भन्नुपर्दा उनीहरूको आत्मविश्वास बढेको छ।

७. संयुक्त राष्ट्र संघले एकल महिलाको दयनीय अवस्थामा ध्यान केन्द्रित गरी सुधार गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय एकल महिला दिवस घोषणा गरेको छ। नेपालमा शुक्रबार र शनिबार दुर्इ दिन छैटौँ अन्तर्राष्ट्रिय एक महिला दिवस मनाइयो। दिवस मनाए पनि त्यसले त्यत्ति ध्यान आकषिर्त गरेको देखिएन। आगामी वर्ष यस दिवसलाई अरु व्यापक रुपमा मनाएर राष्ट्रसंघको सन्देश घर-घरमा पुर्‍याउनु आवश्यक छ।

Related News

सम्बन्धित समाचार

  • सरकारबाटै संविधानको अवहेलना

    सम्पादक भाद्र २०, २०८१
    देशमा २००७ सालमा ऐतिहासिक आन्दोलन भयो । त्यो आन्दोलनले १०४ वर्षसम्म रहेको एकतन्त्रीय जहानीयाँ राणा शासनको अन्त्य भयो प्रजातन्त्र आयो…
  • गण्डकी सरकारमा एमालेको सहभागिता

    सम्पादक भाद्र १९, २०८१
    लामो समय विवादमा अल्झिएको एमालेले गण्डकी प्रदेश सरकारमा ४ जना मन्त्रीहरु लिएर सहभागिता जनाएको छ । प्रदेशसभा सदस्य पद्मा जिसी…
  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…

hero news full width