प्रतिनिधि सभा र प्रदेश सभाको मंसिर ४ गते हुन गइरहेको निर्वाचनका लागि उम्मेदवारले मनोनयन गर्ने काम आइतबार सकिएको छ । राजनीतिक पार्टीहरुले आफूसँग मिल्ने पार्टीहरुसँग गठबन्धन गर्ने र तालमेल गरेर चुनाव लड्न खोज्दा उम्मेदवार चयनमा धेरै सकस भएको थियो । तिनीहरुले मनोनयन गर्ने दिनसम्म पनि उम्मेदवारको अन्तिम टुंगो लगाउने प्रयासमा व्यस्त रहनु परेको थियो । सत्तारुढ गठबन्धनबाट चुनावी तालमेलको प्रयास गरिरहेको जनता समाजवादी पार्टी सिटको बाँडफाँडमा कुरा नमिलेर पनि आखिरी समयमा सत्तारुढ गठबन्धनलाई छोडेर एमालेतिर तालमेल गर्न पुग्यो । एमाले र त्यसको तालमेल पनि भयो र त्यसले एमालेबाट केही सिट बढी पनि पायो । त्यो पार्टी एमालेतिर जान साथ लोकतान्त्रिक समाजवादी पार्टी सत्तारुढ गठबन्धनतिर नजिकिए । त्यसले कांग्रेससँग समझदारी गर्न भने सफल भएको छ ।
राजनीतिक पार्टीहरुले पार्टीगत रुपमा भागबण्डा गर्दा जुन सकस भोग्नु पर्यो, त्यस्तै सकस आफ्नो पार्टीका उम्मेदवारहरु छान्नमा पनि भोग्नुपर्यो । यस्तो समस्या त पहिले पहिले पनि आउने गर्दथ्यो भने यो पटक त्यो भन्दा बेग्लै र धेरै समस्या भोग्नुप¥यो । पार्टीका शीर्ष नेताहरुलाई आफ्नै पार्टीभित्रबाट चुनौती दिने नेताहरु धेरै देखा परे । कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्रविद्रोह हुने धम्कीको पनि सामना गर्नु पर्यो । संस्थापन पक्षले समानुपातिक उम्मेदवारहरुको गोप्य नाम निर्वाचन आयोगमा पेस गरिसकेको भए पनि त्यसलाई परिस्कृत गर्न बाध्य हुनुपर्यो । दोस्रो तहका नेताहरुले यस पटक आफ्नो सक्रियता धेरै देखाए । यस्तो सक्रियताले शीर्ष नेताहरुको मनमा चिसो लागेको हुन सक्छ । शीर्ष नेताहरु कोही पनि निर्विकल्प छैनन् भन्ने संकेत तिनीहरुले राम्ररी प्राप्त गरेको हुनु पर्दछ ।
पार्टीमा महिला सहभागिता बढ्दो छ । तर जति महिलाको संख्या बढ्दो छ, उति जनप्रतिनिधिका रुपमा उनीहरुको संख्या देखिँदैन । सामान्यतया ३३ प्रतिशत महिलाको कुरा आउँछ । तर माथिल्लो तहमा कहिले त्यो ३३ प्रतिशत देखिँदैन । यस पटक त महिलाले प्रत्यक्षतर्फको उम्मेदवार भएरै प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित हुने संकल्प गरे । प्रतिनिधि सभाले त्यो संकल्प प्रस्ताव पारित पनि ग¥यो । निर्वाचन आयोगले पनि प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला उम्मेदवार बनाउन सुझाव दिएको थियो । तर पार्टीहरुले ती कुनै पनि कुरालाई त्यत्ति वास्ता गरेनन् । तिनीहरुले महिला उम्मेदवार हार्छन् भन्ने मानसिकता लिइरहे । करिब ९ प्रतिशतमात्र महिला उम्मेदवार भएको आयोगले जनाएको छ । तिनीहरुमध्ये कति जनाले भोलि विजयको माला पहिरिएलान्, त्यो भोलि नै देखिएला । तर हार्छ र हा¥यो भन्दैमा त्यो संख्या भने घटाउनु उपयुक्त हुँदैन । नेताहरुको अन्य समस्या भए त्यो सार्वजनिक रुपमा राख्नु पर्दछ ।
Related News
सम्बन्धित समाचार
नयाँ सरकारसामु किसानका पुराना समस्या
लुम्बिनीलाई विवादको स्थल नबनाऊ
नयाँ राष्ट्रपतिको चर्चा
असभामुख घिमिरेका चुनौती
पृथ्वीजयन्तीमा बिदा गरियोस्
hero news full width
मुख्य समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
माघ २२, २०७९प्रदेशका पाँच वर्ष : अपेक्षा धेरै, फिलतो कार्यान्वयन
माघ २२, २०७९२१ नाटक प्रदर्शनसहित सकियो नाटक महोत्सव
माघ २१, २०७९प्रदेश सांसदका चिन्ता: न संघले हेर्छ, न पालिकाले टेर्छ
माघ २१, २०७९मुग्लिन–पोखरा सडकखण्ड निर्माण सुस्त, पर्यटनमा मार
माघ २१, २०७९