त्यसो त उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पहिले पनि चर्चामा आइरन्थे । अहिले झन् एकै पटक उपप्रधान तथा गृहमन्त्री भएपछि उनी चर्चाको शिखरमा छन् । उनी यसअघि न कहिले मन्त्री भए न कि सांसद नै बने । एकै पटकमा उपप्रधान तथा गृहमन्त्री चमत्कार हो । त्यस्तो चमत्कार उनले बराबर देखाउने गरेका छन् । उनले आफ्नो राष्ट्रिय स्वतन्त्र पार्टी ६ महिना पहिलेमात्र गठन गरेका थिए । ६ महिना पहिले मात्र गठन भएको पार्टीले प्रतिनिधि सभाको चुनावमा २० सिट जित्नु पनि एक चमत्कार नै हो । अहिले उनको पार्टी नवगठित सरकारको रुपमा त्यसले महत्वपूर्ण भूमिका खेल्न सक्ने भएको छ ।
उनी सञ्चार क्षेत्रमा क्रियाशील हुँदा पनि चर्चित थिए । उनले सञ्चालन गरेको ‘सिधा कुरा जनतासँग’ कार्यक्रम छोटो अवधिमा नै लोकप्रिय भएको थियो । प्रवासमा बस्ने नेपालीहरुले पनि त्यो कार्यक्रम खुब हेर्ने गर्दथे । त्यसरी हेर्नेहरुले चुनावको बेला आफ्नो घरमा आमाबुबा, दाजुभाइलाई एक भोट रविलाई दिन अनुरोध गर्ने गरेका थिए । सहर बजारमा उनको प्रचार चामत्कारिक रुपमा भएको थियो । उनी १० वर्ष अमेरिका गएर उतै बसे । त्यहाँबाट फर्केर उनले लगातार ६२ घन्टा ‘टक सो’ कार्यक्रम चलाएर विश्व कीर्तिमान राखे । त्यो कार्यक्रमले पनि उनको उचाइ अरु थपेको थियो । उनले एकपछि अर्को कीर्ति राख्दै सञ्चार क्षेत्रबाट राजनीतिक क्षेत्रमा जाने विचार गरे । त्यसरी विचार गर्दा–गर्दै उनले एकदिन विधिवत् रुपमा सञ्चार क्षेत्र परित्याग गरे र राजनीतिक पार्टी गठन गर्नेतिर लागे । जसको परिणाम राष्ट्रिय स्वतन्त्र पार्टीको जन्म भएको हो । यो उनको जीवनको ठूलो छलाङ हो ।
उनको लागि यो ठूलो अवसर हो भने चुनौती पनि हो । उनी यो सरकारको ३ जना उप–प्रधानमन्त्रीमध्ये एक हुन् । यो मुलुकलाई ३÷३ जना उपप्रधानमन्त्री चाहिन्छ कि चाहिँदैन, यो एक विवादको विषय हो । त्यसमा पनि राष्ट्रको फजुल खर्च आदि रोक्नु पर्दछ भनेर राम्रो र समसामयिक महत्वको विचार प्रवाह गर्ने आफैं उपप्रधानमन्त्री भएबाट त्यसले सर्वसाधारणमा के सन्देश जान्छ, त्यो सोचनीय कुरा हो । त्यसको अतिरिक्त, उनको नागरिकताको विवाद प्रहरीले छानबिन गर्दै छ । एकातिर प्रहरीले छानबिन गर्ने अर्कोतिर आफंै गृहमन्त्री हुँदा त्यो छानबिन के–कति निष्पक्ष किसिमले हुन्छ, त्यसमा सन्देश पैदा हुँदैन र? हुन त उनले त्यो छानबिनमा आफूले हस्तक्षेप नगर्ने बताएका छन् । तर हाकिमको मुख हेरेर र मुड हेरेर टिप्पणी लेख्ने र निर्णय गर्ने परिपाटी भएको ठाउँमा निष्पक्षताको निर्वाह के कति हुन्छ, त्यो प्रतिक्षाको विषय भएको छ । उनले सरकारमा गएपछि पनि आफूले प्रतिपक्षीको भूमिका निभाउने कुरा पनि बताएका छन् । क्याबिनेटको बैठकमा प्रधानमन्त्रीसँग कुरा मिलेन भने त्यसको विरोध गर्न सकिन्छ तर त्यसरी विरोध गर्नुको मतलब राजीनामा गर्नु हो । प्रधानमन्त्रीको विरोध गरेर क्याबिनेटमा रहिरहनु नैतिकताले दिंदैन । त्यो बचकाना कुरामात्र हो ।
Related News
सम्बन्धित समाचार
असभामुख घिमिरेका चुनौती
पृथ्वीजयन्तीमा बिदा गरियोस्
उद्योगी व्यवसायीको आन्दोलन स्थगित
नव गठित सरकारलाई सफलताको कामना
दलितको चित्त दुखाइ
hero news full width
मुख्य समाचार
पोखरामा आगलागीबाट जलेकी महिलाको मृत्यु
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
माघ १६, २०७९उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
माघ १६, २०७९आज सहिद दिवस
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९