उद्योगमन्त्री र बन्द रहेका उद्योगहरू

सम्पादक
मंसिर १७, २०७६

१. अहिले उद्योग मन्त्रालयको नेतृत्व गर्न लेखराज भट्ट आएका छन्। उनी मन्त्री भएर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा उनले के कस्तो नीति र रणनीति अख्तियार गर्ने हुन् भनी तत्सम्बन्धित व्यवसायीहरु उत्सुकतापूर्वक प्रतिक्षा गरिरहेका छन्।

२. देशका समृद्धिको यात्रामा उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालयको ठूलो भूमिका हुन्छ। हाम्रो वैदेशिक व्यापार घाटामा चलिरहेको छ। व्यापार घाटा कम गर्नु हाम्रो पहिलो आवश्यकता हो। व्यापार घाटा उद्योगहरु कम गर्न उद्योगहरु स्थापना गर्नु पर्दछ र औद्योगिक उत्पादन बढाउनु पर्दछ। लामो समयदेखि हाम्रो त्यो प्रयास भएको छैन।

३. प्रधानमन्त्री र मन्त्रीहरु हाम्रो उद्योगधन्दामा लगानी गर्न अनुकूल वातावरण भएको औल्याउँदै लगानीका लागि आह्वान गर्दछन्। तर लगानी गर्न उत्साहपूर्वक आएका छैनन्। यत्ति सम्म कि नेपालीहरु पनि त्यत्ति धेरै आकर्षित भएका छैनन्। जसले गर्दा औद्योगिकीकरणको गति बढ्न सकेको छैन।

४. स्थितिकस्तो पनि छ भने विदेशी लगानीकर्ताहरु नेपालीहरुलाई हेर्दैछन् भने नेपालीहरु वषांैर्देखि बन्द रहेको सरकारको स्वामित्वका कलकारखाना र उद्योगहरु हेर्दैछन्। निवर्तमान उद्योगमन्त्री मातृका यादवको पालामा बन्दभएका कुनै उद्योगहरु संचालन भएनन्।

५. ती उद्योगहरुमा करोडौंका मेसिन औजार र पार्टपूर्जाहरु छन्। पचासौं रोपनी जमीन छ। ती सबै खेर गएको जस्तो भएका छन्। मेसिन, औजार र पार्टपूर्जाहरु खेलेर खाएर नचल्ने अवस्थामा पुगेका पनि हुन सक्छन्। केही उद्योगहरु थोरै थपेर पनि संचालनमा आउन सक्छन्। तर सरकारको ध्यान त्यतातिर गएको छैन।

६. अरुलाई उपदेश दिने मन्त्रीहरुले आफ्नो मातहतका ती बन्द रहेका उद्योगहरु संचालन गनेर्तिर ध्यान नदिएकोमा धेरैले आश्चर्य पनि प्रकट गर्ने गरेका छन्। सरकारले ती उद्योगहरु सम्बन्धमा किन कुनै निर्णय गर्न सकिरहेको छैन, यो प्रश्न सबैले सोध्ने विषय भएको छ।

७. नवनियुक्त मन्त्रीले ती बन्द रहेका औद्योगिक प्रतिष्ठानहरु सम्बन्धमा के कस्ता नीति र विचार अख्तियार गर्दछन्, त्यो सबैको जिज्ञासाको विषय भएको छ। ती प्रतिष्ठानहरुलाई त्यसै राख्नु राष्ट्रिय सम्पत्तिको दुरुपयोग पनि हो। राष्ट्रिय सम्पत्तिको दुरुपयोग भएको कति हेरिरहने, यो सबैले सोध्ने प्रश्न भएको छ। सरकार यसरी अनिर्णयको बन्दी भएर बस्नु हुँदैन। नवनियुक्त मन्त्रीहरुले यस सम्बन्धमा छिटै उचित निर्णय लिने उपेक्षा गरिएको छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width