उद्घाटन रोक्न निर्देशन

Avatar सम्पादक
मंसिर १९, २०७७

१. यस्तो घटना विरलै हुन्छ कि उद्घाटन गर्न गएका नेता आफै पुलिस हिरासतमा परोस् । पहिलो यस्तो घटना कहिले भएको थियो । त्यो सम्झन गार्‍हो छ । तर गत बुधबारका दिन तनहुँ जिल्लाको व्यास नगरपालिकामा निर्मित पुल उद्घाटन गर्न गएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको हकमा त्यस्तै भएको छ ।

२. वरिष्ठ नेता पौडेल व्यास नगरपालिका र उपभोक्ता समितिको अनुरोधमा व्यास नगरपालिका–१ र १० लाई जोड्ने बुल्दी खोलामाथि बनेको पक्की मोटरेवल पुल उद्घाटन गर्न गए । तर उनी जानुभन्दा केही समय पहिले त्यहाँ जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको रहेछ । वरिष्ठ नेता पौडेल र नेपाली काँग्रेसका नेता र कार्यकर्ताहरुले त्यो निषेधाज्ञा तोडेर अघि बढ्दा उनलाई र कार्यकर्ताहरुलाई पुलिसले समातेर लगेछन् ।

३. त्यो घटनाको समाचार काठमाडौं र अन्य जिल्लाहरुमा पुग्यो । त्यो सुनेर काँग्रेस नेताहरु संवेदनशील भए । काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधामन्त्री केपी शर्मा ओलीलाई फोन गरेर वरिष्ठ नेता पौडेललाई तुरुन्त छोड्न आग्रह गरे । अन्य जिल्लाका काँग्रेस नेताहरु सलबलाए र केहीले तुरुन्त विज्ञप्ति निकालेर त्यो घटनाको भत्र्सना गरे ।

४. अकस्मात त्यस्तो घटना किन भयो, त्यो रहस्यमय छ । तनहुँका नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्ताहरु त्यो पुलको उद्घाटन आफ्नो पार्टीका सांसद कृष्णकुमार श्रेष्ठबाट गराउन चाहन्थे । सांसद श्रेष्ठले पनि त्यो इच्छा व्यक्त गरेको कुरा बाहिर आएका छन् । त्यसो भएर त्यहाँ राष्ट्रिय युवा संघले विरोध प्रदर्शन गरेको र त्यो प्रदर्शन भएको निहुँमा प्रशासनले निषेधाज्ञा जारी गरेका रहेछन् ।

५. सामन्यतया समारोह आदिको उद्घाटन गर्न, प्रमुख अतिथि या विशेष अतिथि बन्न उपभोक्ता समिति र आयोजक समितिले आग्रह आमन्त्रण गर्ने गर्दछन् । आमन्त्रण स्वीकारेर जानु सदासयता हो र त्यसरी गएर उद्घाटन गर्नु सामान्य कुरा हो ।

६. कांग्रेसका वरिष्ठ नेता पौडेलले त्यही सामान्य कुरा गर्न खोज्दा असामान्य स्थिति आइपरेको छ । उद्घाटन गर्न गएका नेता प्रहरीको हिरासतमा परेछन् । सायद उनको जीवनको लागि पनि आफ्नो किसिमको पहिलो घटना होला । त्यो दिनभरि दमौली बजार तनाव ग्रस्त भयो ।

७. विकास निर्माणका साना ठूला काम धेरै भएका छन् । ती कामको शिलान्यास र उद्घाटन पनि हुने गर्दछन् । त्यसरी धेरै उद्घाटन र शिलान्यास हुने भएकोले त्यसको लागि नेताहरु पनि धेरै चाहिन्छन् । एउटै काममा त्यसरी धेरैले आँखा लगाउनु आवश्यक पनि छैन जस्तो देखिन्छ । आपसी समझदारीमा सौहार्दपूवक यस्तो काम हुन सक्दछ । यस्तो राम्रो काममा निषेधाज्ञा जारी गर्नु उपयुक्त होइन । त्यस्तो स्थितिमा सम्यक किसिमले सोचेर सभ्य निर्णय गर्न सक्नु पर्दछ ।

Related News

सम्बन्धित समाचार

    • योग्य व्यक्तिको अवसान

      Avatar सम्पादक फागुन १६, २०७७
      नेपालका पहिलो चार्टर्ड एकाउन्टेन्ट (सिए) का रुपमा ख्याति कमाएका कुवेर शर्माको ८१ वर्षको उमेरमा हृदयघात भई काठमाडौंमा निधन भयो ।…
    • प्रधानमन्त्रीको आपत्तिजनक अभिव्यक्ति

      Avatar सम्पादक फागुन १०, २०७७
      राजनीतिक पार्टीका नेताहरुले एकआपसमा आलोचना गर्ने गरेको धेरै भयो । तिनीहरुले त्यसरी आलोचना गर्दागर्दै एकले अर्काेलाई व्यक्तिगत लाञ्छना पनि लगाए…
    • नागरिक आन्दोलनको घोषणापत्र

      Avatar सम्पादक फागुन ९, २०७७
      काठमाण्डौमा चलिरहेको बृहत् नागरिक आन्दोलनले प्रधानमन्त्री के.पी शर्मा ओलीमा सर्वसत्तावादी चिन्तन र व्यवहार हावी भएको ठहर गर्दै प्रजातान्त्रका दिन घोषणापत्र…
    • सम्भावनाका ढोका खोलेको दिन

      Avatar सम्पादक फागुन ७, २०७७
      आज प्रजातन्त्र दिवस । २००७ साल फागुन ७ अर्थात आजकै दिन नेपालमा एकतन्त्रीय राणा शासनको अन्त्य भएको दिन हो ।…
    • पर्यटकीय गन्तव्यको छनोट

      Avatar सम्पादक फागुन २, २०७७
      सरकारले पर्यटन प्रवद्र्धनका लागि नयाँ पर्यटकीय गन्तव्य पहिचान गरेर तिनीहरुको विकास र बिस्तार गरी पर्यटकलाई गाउँ–गाउँसम्म पुर्‍याउने लक्ष्य राखेको छ…

    hero news full width