उदाहरणीय विद्यालय

सम्पादक
माघ २३, २०७५

१. सामुदायिक विद्यालयको पढाईको स्तर खस्कँदै गएको अवस्था चिन्ताको विषय भएको छ। विद्यालयको पढाईको स्तर बढाउन धेरैले धेरै प्रयास गरेका छन्। त्यस्तो प्रयासबाट केही विद्यालयहरुको स्तर बढेको र त्यहाँ विद्यार्थी भर्ना गर्न अभिभावकहरु आकर्षित भएको पनि समाचारमा आउने गरेको छ।

२. त्यसरी प्रयास गर्ने विद्यालयहरुमध्ये मोरङ जिल्लाको जहदा गाउँपालिका–१ स्थित जनताबालआधारभूत विद्यालयको नाम पनि अग्रपंक्तिमा आएको छ। जनताबालआधारभूत विद्यायलले विद्यालयको सुधारका लागि आफैले धेरै नियमहरु बनाएर कार्यान्वयन गदैर्छ। उनीहरुले बनाएको नियममध्ये एउटा महत्वपूर्ण नियम हो– शिक्षक र विद्यार्थीहरु समयमै विद्यालय पुग्नु।

३. त्यस विद्यालयमा शिक्षक र विद्यार्थीहरु निर्धारित समयमा विद्यालय नपुग्ने भएबाट पढाई राम्ररी सुचारु गर्न सकिएको थिएन। अहिले निर्धारित समयमा पुग्नै पर्ने नियम बसालेपछि पढाइमा सुधार भएको छ। त्यहाँका विद्यार्थीहरुले घण्टी बजाएर पनि ढिलो स्कूल आउने शिक्षकहरुलाई आज तपाईँ ढिलो आउनुभयो, भोलिदेखि समयमा आउनु होला भनी स्कूल गेटबाटै फर्काएका छन्। यसले अनुशासन कायम राख्न पनि सघाउ पुगेको छ।

४. विद्यार्थीहरु गेटमा बसेर ढिलो स्कूल जाने शिक्षक शिक्षिकालाई गेटबाट फर्काएको कुरा वरपर चर्चाको विषय भएको छ र यो विषयले पत्रकारहरुको ध्यान पनि आकर्षित गरेको छ र पत्रिकाहरुले त्यसलाई प्रमुखता दिएर छाप्ने गरेका छन्। शिक्षक र विद्यार्थीहरु खाजा खान पनि बाहिर जान पाउँदैनन्। उनीहरुले स्कूल भित्रै खानुपर्ने प्रावधान बनाएका छन्।

५. विद्यालयमा पुस्तकालय पनि छन्। विद्यार्थीहरु पुस्तकालयमा भरिभराउ हुन्छन्। त्यसको साथै विद्यालयमा संग्रहालय पनि राखिएको छ। विद्यार्थीहरुलाई जानकारी दिन राखिएको संग्रहालयमा ढिकी, जाँतो, ओखल, कसौँडी , करुवा, दियो आदि राखिएका छन्। लोपोन्मुख ती कुराहरुले विद्यार्थीहरुलाई हाम्रो विगतको जनजीवन सम्बन्धी ज्ञान दिने गरेका छन्।

६. विद्यालयलाई सुधार गर्ने क्रममा यस्ता धेरै कुरा राखिएका छन्। जसले जिल्लामा त्यो विद्यालय एउटा उदाहरणीय भएको छ। छोटो समयमा नै विद्यालयको पढाइको स्तर पनि वृद्धि भएको छ र विद्यार्थीहरुको उपस्थिति बढ्दै गएको छ। अभिभावकहरु पनि खुशी भएका छन्।

७. सामुदायिक विद्यालयहरुलाई के कसरी सुधार गर्ने भनेर विचार विमर्श भएको बेला मोरङको जनता बाल आधारभूत विद्यालय एक उदाहरण भएको छ। चाहेमा स्वयंमा स्फूर्त किसिमले पनि विद्यालयको सुधार गर्न सकिन्छ भन्ने कुरा त्यस विद्यालयले देखाएको छ र यसलाई एक नमूनाको रुपमा लिएर अरु विद्यालयले पनि प्रयास गर्नु अहिलेको आवश्यकता हो।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width